समाचार

पार्टी प्रवक्ता सुदर्शनद्वारा हरिबहादुर अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

पार्टी प्रवक्ता सुदर्शनद्वारा हरिबहादुर अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय समिति सदस्य सुरेश अधिकारीका बुबा हरि बहादुर अधिकारीको ८३ वर्षको उमेरमा यही जेठ १५ गते दुःखद निधन भएको छ । उहाँको निधनप्रति पार्टी प्रवक्ता सुदर्शनव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँलगायत सम्पूर्ण शोकाकूल परिवार, शोकसन्तप्त आफन्तजन तथा उहाँका साथीभाइहरुमा हार्दिक समवेदना व्यक्त गरिएका् छ : Press-Statement-2Download
Read More
गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

काठमाडौं: साहित्य सदनद्वारा स्थापित ‘गोपालप्रसाद रिमाल पुरस्कार’ यसवर्ष वरिष्ठ प्रगतिवादी समालोचक, सौन्दर्यचिन्तक एवम् कवि प्रा.डा.जगदीश चन्द्र भण्डारीलाई दिइने भएको छ । उक्त पुरस्कार भोली १७ गते साहित्य सदनको आफ्नै भवन रामहिटीमा आयोजित कार्यक्रममा प्रदान गरिने सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीले वताउनुभएको हो । चालीसको दशकदेखि साहित्य साधना तथा कम्युनिस्ट आन्दोलनमा क्रियाशील समालोचक भण्डारी प्रगतिवादी नेपाली कविता विधामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । माक्र्सवादी सौन्दर्यदर्शनलाई मानदण्ड बनाएर समालोचना, सौन्दर्यचिन्तन तथा कविता विधामा कलम चलाउँदै आउनुभएका भण्डारीका कविता सङ्ग्रह, समालोचना र संस्कृतिचिन्तन सम्वन्धी करिब एक दर्जन पुस्तक प्रकाशित छन् । त्यसैगरी सोही समारोहमा कथाकार माया ठकुरीलाई ‘पारिजात साहित्य सम्मान’द्वारा सम्मानित गरिने उपाध्यक्ष…
Read More
घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नेत्र शाही विरोधी पार्टीमा प्रवेश गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न पार्टी क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्दछ ।’
Read More
अखिल (क्रान्तिकारी)ले गर्यो उपाध्यक्षलगायतलाई  निष्कासन

अखिल (क्रान्तिकारी)ले गर्यो उपाध्यक्षलगायतलाई निष्कासन

काठमाडौं : अनेरास्ववियू (क्रान्तिकारी)ले संगठनको अनुशासनलाई उलंघन गर्दै संगठानिक अराजकता, गुटबन्दी, अनियमितता गरी संगठनको विधान बिपरितको कार्य गरेको आरोपमा संगठनका उपाध्यक्ष नेत्र बहादुर शाही (कालिकोट), सचिवहरु नमराज बिक(कालिकोट), नर बहादुर कुमाल (कालिकोट), कोषाध्यक्ष लक्ष्मण बिक (कालिकोट), केन्द्रीय सदस्यहरु लक्ष्मण बम (कालिकोट), निर्मला लुहार (कालिकोट), मोहनविर कुमाल (कालिकोट), देबेन्द्र शाही (कालिकोट) र प्रकाश वि.क. (अछा) लाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठले जारी गरेको वक्तव्यमा संगठनका सम्पुर्ण नेताकार्यकर्ता कमरेडहरु, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूलाई भ्रमित नहुन हार्दिक अनुरोध गर्नुभएको छ ।
Read More
नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

नेपालको नव-औपनिवेशिक बन्धनबाट मुक्तिको बाटो

[राष्ट्रिय जनतान्त्रिक मोर्चा फिलिपिन्स (एनडीएफ) द्वारा २२-२३ मे २०२६ मा काठमाण्डौंमा आयोजित २१औं शताब्दीमा नव-औपनिवेशहरुमा फासीवाद र साम्राज्यवाद सम्बन्धि छैठौं सैद्धान्तिक सम्मेलनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संक्षिप्त प्रस्तुति।] आररणीय अध्यक्ष, प्रिय कमरेडहरु तथा मित्रहरू! हामी आज यहां उपस्थित हुनुभएका तपाईंहरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छौं। हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट आफ्नो दृष्टिकोण प्रस्तुत गर्न पाउंदा हामी हर्षित छौं। साम्राज्यवादको नव–उपनिवेशवादमा परिवर्तन दोस्रो विश्वयुद्ध (सन् १९३९-१९४५) पश्चात साम्राज्यवाद प्रत्यक्ष उपनिवेशवादी शासनबाट अप्रत्यक्ष नियन्त्रण तर्फ अग्रसर भयो जसलाई प्रायः नव-उपनिवेशवादका रुपमा चित्रण गरिन्छ। दुईवटा विश्वयुद्धहरूको बीचमा बेलायतले साम्राज्यवादी व्यवस्थाको नेतृत्व गरेको थियो तर दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिका प्रमुख…
Read More
इच्छुक स्मृति दिवसमा कथाकार इस्मालीसहित तीनजना स्रष्टा पुरस्कृत तथा सम्मानित

इच्छुक स्मृति दिवसमा कथाकार इस्मालीसहित तीनजना स्रष्टा पुरस्कृत तथा सम्मानित

काठमाडौं : २५ औं इच्छुक स्मृति दिवस तथा सांस्कृति बलिदान दिवसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले कलाकार इस्मालीसहित तीनजना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । एक लाख राशीको पुरस्कारसहित इच्छुक स्मृति पुरस्कारबाट प्रगतिवादी फाटका स्थापित साहित्यकर तथा कथाकार इस्माली पुरस्कृत तथा सम्मानित हुनुभएको छ भने २५ हजारको इच्छुक प्रतिभा पुरस्कार (साहित्यतर्फ) कवि नारायण शर्मा विपिन र सोही राशीको इच्छुक प्रतिभा पुरस्कार (कलातर्फ) जनगायक अमिट योञ्जन पुरस्कृत तथा सम्मानित हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि चैतन्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले दोसल्ला ओढाएर प्रमाण पत्र र पुरस्कार राशीसहित सम्मानित गर्नुभएको थियो । पुरस्कृत तथा सम्मानित स्रष्टा कथाकार इस्मालीले कार्यक्रमलाई…
Read More
देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

काठमाडौं : २५ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस २०८३, पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै जनयुद्धका महान सहिद कृष्णसेन इच्छुककी जीवन संगिनी तक्मा केसीले जेनजी आन्दोलनताका इच्छुकको शालिक ढालिएको विषयलाई प्रमुखताका साथ उठाउँदै प्रश्न गर्नुभयो– देश र समाज परिवर्तनका निम्ति बलिदान गर्ने इच्छुकको शालिक किन ढालियो ?उहाँले भन्नुभयो, “आज हामी इच्छुकको २५ औं स्मृति दिवस मनाइरहेका छौं । यस २५ वर्षमा धेरै उथलपुथलहरु भइसके । पछिल्लो समय त अझ फरक ढंगले निकै असहजिलो परिस्थिति विकसित भएको छ । गएको भदौमा एक्कासी एउटा ठूलो परिघटना भयो । त्यस क्रममा इच्छुक लगायत अन्य प्रबुद्ध व्यक्तित्वहरु, जसले विगतका ठूल्ठूला राजनीतिक परिवर्तनमा…
Read More
क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव  सीपी गजुरेल

क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न नदिने बताउनु भएको छ । अहिले बत्तिमा तेल कम भएको भए पनि क्रान्तिको बत्ति कुनै पनि हातलमा निभ्न नदिने बताउनु भएको हो । महासचिव गौरवले बुधबार जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।उहाँले क्रान्तिको कार्यभार पूरा गरेर मात्रै इच्छुक लगायत जनयुद्धका हजारौं सहिदहरुको सपना साकार हुने र त्यो नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनु भयो ।उहाँले जेनजी परिघटना कुनै विद्रोह नभएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको यहाँका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु…
Read More
क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

काठमाडौं : स्वास्थ्यको प्रतिकूलताकाबिच नेपाली क्रान्तिकारी कम्युनिसट आन्दोलनका धरोहर मोहन वैद्य किरणले लामो समयपछि बुधबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उहाँले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक किरणले महान सहिदहरुका सपना साकार पार्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन हुँदै बालेन सरकारसम्म आइपुग्दा सबै चर्तिकला देखिसकिएको भन्दै कुनै पनि चिज स्थायी नहुने र माक्र्सवादले हरेक चिज बदलिन्छ भन्नेमा विश्वास…
Read More
सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौं : बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको विशाल जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने…
Read More