समाचार

‘धादिङ बस दुर्घटनाका मृतकहरुका परिवारलाई क्षतिपूर्ति  र घाइतेहरुको उपचारको व्यवस्था गर’

‘धादिङ बस दुर्घटनाका मृतकहरुका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचारको व्यवस्था गर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धादिङ बस दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । २०८२ फागुन ११ गते पार्टिका प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस–वक्तव्यमा भनिएको छ –“आज राति १ बजे पोखराबाट काठमाडौं आइरहेको ग २ ख १४२१ नम्बरको बस धादिङ जिल्लाको रोराङ ५ भैसे गौडाबाट त्रिशूली नदीमा खसेर दुर्घटनाग्रस्त भएको घटनाले हाम्रो पार्टी स्तब्ध भएको छ । उक्त बसमा सवार ३५ जनामध्ये १९ जनाको मृत्यु भइसकेको छ भने बाँकी गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मृतकहरुका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरुको…
Read More
अखिल भारत नेपाली एकता समाजकाे चेन्नैमा १०औँ संयुक्त सम्मेलनको प्रचार प्रसार तीब्र

अखिल भारत नेपाली एकता समाजकाे चेन्नैमा १०औँ संयुक्त सम्मेलनको प्रचार प्रसार तीब्र

चेन्नई, भारत : अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिले आगामी ७ र ८ मार्च २०२६ मा चेन्नईमा हुने नगरको १७ औ र दक्षिण भारत क्षेत्रीय समितिको १० औ संयुक्त सम्मेलनको प्रचार प्रसार, आर्थिक व्यवस्थापनका साथै नगरको बैठक क्रुमपेटमा सम्पन्न गरेको छ।
Read More
नवलपरासीमा पर्चा वितरण तीब्र

नवलपरासीमा पर्चा वितरण तीब्र

बहिष्कार आन्दोलनले गति लिदैनवलपरासी : जनयुद्धका शहिदलाई सम्झने दिन शहिद सप्ताह शुरु हुनै लाग्दा जिल्लामा बहिष्कार आन्दोलनले गति लिएको छ । संयुक्त संघर्ष समिति नवलपरासी सम्बद्व पार्टीले गाउ गाउँमा बहिष्कारको अपिल वितरण तीब्र पारेका हुन । जस अनुसार बर्दघाट-२ चिसापानी र सरावल -४ का बिभिन्न स्थानमा पर्चा वितरण गरिएको र त्यसमा जनताको साथ रहेको समितिका जिल्ला संयोजक समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी गराए ।
Read More
किसान–मजदूर संगठनको पञ्जाबमा व्यापक प्रदर्शन

किसान–मजदूर संगठनको पञ्जाबमा व्यापक प्रदर्शन

फेब्रुअरी २२, तापा मंडी , बर्नाला पञ्जाब , तुहिन रेड : संयुक्त किसान मोर्चाको नेतृत्वमा विभिन्न किसान–मजदूर संगठनहरू, पेन्सनधारकहरू, करार कामदारहरू र विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले आप सरकारका वर्तमान विधायक लव सिंह उग्गोकेको निवास घेरेको थियो र प्रदर्शनको क्रममा मोदी सरकार र पञ्जाब सरकार विरुद्ध नारा लगाइएको थियो । मजदूर नेताहरूले भने कि मोदी सरकारले विदेशी कर्पोरेट घरानाको हितमा ४४ वटा श्रम ऐन खारेज गरी श्रम विरोधी चार श्रम संहिता लागू गरी आठ घण्टाको सट्टा दिन बाह्र घण्टा लागू गरेको छ । भारतका प्रधानमन्त्री मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको नयाँ व्यापार सम्झौता पनि भारतका किसान र मेहनती जनताको विरुद्धमा…
Read More
धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडाैँ : नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले २०८२ फागुन ११ गते सो आदेश जारी भएको हो । आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनु नपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारण सहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न प्रत्यर्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ । म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न आदेश आदेश दिइएको छ ।निवेदक सावित्री कुमारी वलीको तर्फबाट उपस्थित विद्वान…
Read More
सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

काठमाडाैँ : नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले फागुन १० गते कारण देखाउ आदेश जारी गरेको छ । माननीय न्यायधीश टेकप्रसाद ढुङ्गानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो सोको कानुन बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत २०८२ फागुन १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारी भएको हो । सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी ,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फर्णिन्द्र कार्की लगायतको बहस रहेको थियो ।नेकपा अध्यक्ष ऋषि कट्टेल फागुन ६ गते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट…
Read More
नेकपा अध्यक्ष ऋषि कट्टेलकाे रिहाइकाे माग राख्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

नेकपा अध्यक्ष ऋषि कट्टेलकाे रिहाइकाे माग राख्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडाैँ : नेकपाका अध्यक्ष ऋषि कट्टेललाई सरकारले पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएकोमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । ऋषि कट्टेलको छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो । कट्टेललाई फागुन ६ गते नेकपाको केन्द्रीय कार्यालय कीर्तिपुर अफिसबाट विनाकारण पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा राखिएको छ कट्टेललाई गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा र जिल्ला प्रशासन कार्यालय काठमाण्डौ जिल्ला प्रहरी परिसर काठमाण्डौको समेत आदेशमा पक्राउ गरिएको हो । सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनको बहिस्कार गर्ने निर्णय गरेको थाहा पाएर पक्राउ गरिएको निवेदनमा उल्लेख छ । निवेदनमा अध्यक्ष…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सचिव अर्घाखाँचीका जिल्ला सचिव राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव राजेन्द्र नेपालीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । अर्घाखाँची सन्धिखर्कमा निर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा पर्चा सहित पक्राउ गरिएको डिएसपीको भनाइ रहेको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएकोमा आजै रिहा गरिएको जानकार प्राप्त भएको छ ।
Read More
प्रधानमन्त्री सुशीला कार्कीकाे नवलपरासीमा पुत्ला दहन

प्रधानमन्त्री सुशीला कार्कीकाे नवलपरासीमा पुत्ला दहन

प्रधानमन्त्रीको राजिनामा माग नवलपरासी १० फागुन : ‘कठपुतली’ सरकारको प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन बहिष्कार गर्ने दलहरु प्रति गरेको गैरराजनीतिक टिप्पणी प्रति आपत्ति जनाउदै उनको पुत्ला दहन गरिएको छ । संयुक्त संघर्ष समिति नवलपरासीले जेनजी आन्दोलनको दमनकर्ता र दुरुपयोगकर्ता दलालहरु लाई जिताउन आन्दोलनको जनभावना बिपरित साम्राज्यवादको प्रायोजनमा गरिएको जनाएको छ । संसदीय निर्वाचनको सशक्त बहिष्कार एवं कठपुतली प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै नवलपरासीको -१२ जमुनिया चोकमा संयुक्त संघर्ष समिति नवलपरासीले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। प्रधानमन्त्री कार्कीले सुरक्षा समितिको बैठकमा बहिष्कार गर्ने दलहरुको संगठन  र जनमत नभएकोले चुनाव बहिष्कार गरेको टिप्पणी गरेका थिए । संयुक्त संघर्ष समिति नवलपरासीमा बहिष्कारवादी चारदल आबद्व…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

काठमाडाैँ : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्दीय समितिद्वारा निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक सार्वजनिक गरेकाे छ । बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकाे पाेष्टरमा 'संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ !, मार्क्सवाद-लेनिनवाद-माओवाद - जिन्दावाद !, नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद ! साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ !, स्वाधीन संयुक्त सरकार गठन गरौँ !' भन्ने नारा उल्लेख गरिएकाे छ । पाेस्टर यस प्रकार रहेकाे छ
Read More