समाचार

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् । यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी…
Read More
कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ । बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो ।…
Read More
काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ…
Read More
वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

काठमाडौं : दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो…
Read More
क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

पाेखरा : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।बिहिवार संगठनले पत्रकार सम्मेलन गर्दै ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेको हाे। संगठनले नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्स गरीने छ ।, विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघसं गरिने छ ।, विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्स गरिने छ ।, वित्तीय सस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित जनसंघर्स गरिने छ ।, करोडौको…
Read More
रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

रुसी विमान युक्रेनले खसाएकाे आरोप, ७४ जनाको मृत्यु

काठमाडौं : चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै ७४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । रुसी अधिकारीहरुका अनुसार विमानमा ६५ युक्रेनी बन्दी, ६ जना चालक दलका सदस्य र ३ जना एस्कर्ट (गार्ड) थिए । उक्त विमान युक्रेनले खसालेको आरोप रुसले लगाएको छ । खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त घटनालाई ‘आतंकवादी काम’…
Read More
राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

राष्ट्रिय सभा निर्वाचन हुँदै, निर्वाचनको नतिजा ३–४ घण्टाभित्र आजै सार्वजनिक गर्ने

काठमाडौं : राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा…
Read More
माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

माओवादीका पूर्वब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ

काठमाडौं : माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन् । उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो । रुकुम पूर्वको भुमे गाउँपालिका-१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो । तर पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन् । ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी…
Read More
सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याउन दिइयाे निर्देशन

काठमाडौं : सानादेखि ठूला आकारका सहकारी संस्थाले सर्वसाधारणको निक्षेप हुरेलधुरेल गरेर समस्या निम्त्याउने क्रम झनै उच्च हुन थालेपछि सरकार एक कदम अगाडि बढेको छ । त्यस्ता सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंक गुहारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा दर्जन ठूला सहकारी र अन्य तीन वित्तीय संस्थालाई राष्ट्र बैंकको ‘राडार’ मा ल्याउन औपचारिक पत्राचार गरेको छ । सहकारी विभागले त्यस्ता ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । विशेषज्ञ जनशक्ति नभए पनि विभागले तालुक मन्त्रालयमार्फत ६ ठूला सहकारी र तीन विषयगत संस्था अनुगमन र लेखा जाँच गर्न राष्ट्र…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
Read More