समाचार

सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

काठमाडौँ : जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार गरे, चरणबद्ध आन्दोलन गरे तर राज्य पीडितलाई न्याय दिलाउन होइन, पीडकहरुकै संरक्षणमा उत्रिएको छ । यतिबेला पीडकमध्येका एक मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री छन्, उनैको संरक्षण सरकार लागेको छ । सहकारी पीडितहरु महिनौदेखि सडक संघर्षमा छन्, तर सरकार उनीहरुको आवाज सुन्दैन । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरिदिएको छ । सत्तास्वार्थका लागि एमाले, माके…
Read More
अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह रिहा

अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह रिहा

काठमाडाैँ : अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाइ टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ । उनीहरूलाइ स्वागत गर्न संगठनकाे नेताकार्यकर्ताहरू खादा लगाएर सम्मान गरेकाे जनाएकाे छ। संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह दुबै जनालाइ मंगलबार दिउसाे प्रहरीले अखिल (क्रान्तिकारी)काे केन्द्रीय कार्यालय बागबजारबाट बिनाकारण गिरफ्तार गरेकाे जानकारी सह-संयोजक पेशल दाहालले प्रेस वक्तव्य मार्फत् दिएका छन् । उनले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, 'क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले अहिले देशभर "Mission Everyday" अभियान संचालन गरिरहेको छ । जसअन्तर्गत शिक्षा क्षेत्रमा भएका तमाम विकृति, विसंगति र वेथितिका विरूद्ध निर्मम संघर्ष गर्ने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

क्रान्तिकारी कम्युनिस्ट पार्टी ७ नं. प्रदेशका संयाेजक महानले दिए लेखकलाई श्रद्धाञ्जी

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिले दार्चुला जिल्ला शैलयशिखर नगरपालिका वडा नम्बर ९ भोलिया निवासी पार्टीका ७ नम्बर प्रदेश सदस्य तथा दार्चुलाका संयोजक विष्णुराज लेखक (बिजुभाई) का बुबा देवदत्त लेखकको मिति २०८० चैत २५ गते दिउँसो आफ्‌नै निवासमा ७३ वर्षको उमेरमा निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जी व्यक्त गरेकाे छ । २०८० चैत २६ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानले शोक वक्तव्य जारी गर्दै दुखत अवस्थामा आदर्णीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जी व्यक्त गर्दै बिजुलगायत सिंगो परिवारमा गहिरो समवेदना पनि दिएका थिए । ७ नम्बर प्रदेश सङ्गठन समितिका संयाेजक महानद्वारा जारी…
Read More
हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

हङकङलाई ८ विकेटले हराउँदै नेपालको लगातार तेस्रो जीत

काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत निकालेको हो । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । अर्का ओपनर कुशल भुर्तेल १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यस्तै रोहित पौडेल २० बलमा ३ चौकासहित…
Read More
प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ : सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन…
Read More
पहाडी भूभागमा आज वर्षासहित हावाहुरीको सम्भावना

पहाडी भूभागमा आज वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर-पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।…
Read More
सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । तेस्रो…
Read More
गृहमन्त्री रवि लामिछानेका नाममा १ करोड ८० लाख आएको थियो सुप्रिम सहकारीबाट

गृहमन्त्री रवि लामिछानेका नाममा १ करोड ८० लाख आएको थियो सुप्रिम सहकारीबाट

काठमाडौं : बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया ग्रुपमार्फत हालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा आएको देखिएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोजनमा लामिछानेको नाम नै उल्लेख गरेर गोर्खा मिडिया ग्रुपको नाममा पठाउँदा लामिछानको नाम उल्लेख गरिएको छ । २८ जना प्रतिवादी बनाइएको मुद्दामा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न मागदाबी गरिएको छ ।
Read More

भटौलीमा टिपर दुर्घटनाबाट चालकको मृत्यु, सह-चालक घाइते

रामेछाप : रामेछापमा सोमबार बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । गम्भीर घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पुर्‍याउन साथ चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले बताए । बालुवा बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौली पोडेदह स्थित मन्थली–मुगिटार–खाँडादेवी सडक मुगिटारबाट मन्थली तर्फ आउँदै गरेको टिपर दुर्घटनामा सह–चालक दोलखा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका छन् । उनको मन्थली…
Read More
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनु:दुताबास

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनु:दुताबास

काठमाडौँ : इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ । साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न…
Read More