समाचार

उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

उजुरी परेपछि १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द ।

माघ २३ गते । साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान  रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो तर मिलेमतो भएर टेण्डर रद्द नगरिएको उहाँ बताउनुहुन्छ। उहाँका अनुसार टेण्डर परेका  कम्पनीले  पेश गरेका  कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको हाे ।  मूल्याङकन समितले दिएको प्रतिवेदनका आधारमा ठेक्का रद्द गरिएको उहाँ बताउनुहुन्छ। दुई कम्पनीले मात्र टेण्डर भरेका…
Read More
शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो ।

शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो ।

माघ २३ गते । कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुँदे अभियोगसहित सङ्गठनले सोमबार न्यौपानेलाई कालोमोसो दलेको हो । न्यौपाने माथि ४७ जना शिक्षक नियुक्तिमा जनही १ देखि ३ लाख रुपैयाँसम्म कमिशन लिएको, नगरस्तरीय खेलकुद र सामाग्री खरिद एवम् विद्यालयको भौतिक निर्माणमा भष्ट्राचार गरेको, बिभिन्न सरोकारवालाहरूलाई धम्की दिने गरेको, विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अभद्र ब्यवहार गरेको, सरकारी सवारी साधन बिदाको दिन दुरुपयोग गरेको लगायतका आरोप सङ्गठनले लगाएको छ ।
Read More
क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

क्रान्तिकारी युवा संगठनले दियो भ्रष्टाचारीलाई जनकारवाही गर्ने चेतावनी

रुपन्देही : क्रान्तिकारी युवा संगठन नेपालले भष्ट्रचारी बिरुद्ध जनकारबाहीमा उत्रिने चेतावनी दिएको छ । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले भ्रष्टाचार बिरूद्व संघर्षमा उत्रिने चेतावनी दिदै आवश्यक परे जनकारवाही गर्ने बताएको हो । संगठनले देशमा बिभिन्न स्थानमा भष्ट्राचारका बिरुद्ध आन्दोलन गर्दै भष्ट्राचारमा संलग्न उपर ‘कालोमोसो दल्दै ‘ आएको छ । क्रान्तिकारी युवा संगठन नेपाल लुम्बिनी (५ नम्बर ) प्रदेश समितिले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्ना ३९ बुँदे माग समेत सार्वजनिक गरेको छ ।संगठनले देशका तमाम समस्या समाधानका लागि यसअघि प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापनपत्र बुझाएको जनाएको छ । ती मागहरू सम्बोधन हुने…
Read More
सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

सरकारले नै विद्युतीय ट्याक्सीमा बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप

काठमाडौँ : ट्याक्सी व्यवसायीहरूले आफूहरूले खरिद गर्ने विद्युतीय ट्याक्सीमा सरकारले नै बिचौलिया खडा गरेर ७ लाखको भ्रष्टाचार गर्ने गरेको आरोप लगाएका छन् । राजधानीको संवाद डबलीमा स्वरोजगार मजदुर चालक स्वतन्त्र संघर्ष समितिले कार्यक्रमको आयोजना गरी आफूहरूलाई व्यवसाय गर्न नदिएर देशबाट विस्थापित गर्न खोजेको आरोपसमेत लगाएका छन् । सो अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले विद्युतीय साधन व्यक्तिले निजी प्रयोजनका लागि किन्दा र ट्याक्सी व्यवसायीले किन्दा ७ लाखको अन्तर आउनु सरासर कानुनविपरीत भएको बताए । सत्य र न्यायको खोजी अभियानका संयोजकसमेत रहेका श्रेष्ठले उच्च अदालतले त्यस किसिमको अन्यायलाई नियमन गर्न भनेर सरकारलाई आदेश दिँदा पनि उसले नसुन्न दुखद रहेको चिन्ता व्यक्त…
Read More
क्रान्तिकारी महिला संगठन, रामेछापको जिल्ला भेला सम्पन्न, संयोजकमा सीता गौतम

क्रान्तिकारी महिला संगठन, रामेछापको जिल्ला भेला सम्पन्न, संयोजकमा सीता गौतम

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठनको रामेछाप जिल्ला समितिको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ । भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ । भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । संगठनकी केन्द्रीय सहसंयोजक सारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रिय आयोजक समिति सदस्य लाङघालि मगर, जिल्ला संयोजक तथा केन्द्रिय समिति सदस्य कृष्ण सेवा, ३ नम्बर प्रदेस कार्यलय सचिब झनक श्रेष्ठ लगायत सहिद परिवारको समेत उपस्थिति रहेको थियो ।
Read More
बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

बजेट र नीति तथा कार्यक्रम : संघीय मामिलाले के–के गर्‍यो ?

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा समावेश गरेका अधिकांश कार्यक्रमहरू सम्पन्न गरेको बताए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । मन्त्रालयले तीन वटा विधेयक र प्रशासन सुधार आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । जसअनुसार पूर्वाधार विकासका लागि आवश्यक पर्ने नदीजन्य एवं खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा जस्ता वस्तुहरूको अनियन्त्रित दोहन रोक्न र जथाभाबी उत्खननबाट नदीजन्य किनाराका भौतिक संरचना तथा मानव बस्तीमा परेको जोखिम न्यूनीकरण गर्न मन्त्रालयले ‘ढुङ्गा, गिट्टी, बालुवा जस्ता निर्माणजन्य सामग्रीको उपयोग, संरक्षण, उत्खनन, बिक्री र व्यवस्थापन सम्बन्धी विधेयक तयार गरेर मन्त्रिपरिषद्मा पठाइएको हो । यस्तै सार्वजनिक प्रशासनलाई…
Read More
एक नेपाली शान्ति सैनिकको लेबनानमा मृत्यु

एक नेपाली शान्ति सैनिकको लेबनानमा मृत्यु

काठमाडौं : संयुक्त राष्ट्र संघ अन्तरगत शान्ति मिसनमा गएका एक नेपाली सैनिक जवानको मृत्यु भएको छ । लेबनानमा तैनाथ श्री पुरानो गोरख गणको ६४ औं डफ्फामा कार्यरत् सिपाही सुवास थापाको १८ माघमा मृत्यु भएको नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । दोलखा स्थायी घर भएका सिपाही थापा उक्त गणको हेक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेको सेनाले जनाएको छ । ‘घाइते अवस्थामा फेला पारेर युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको निधन भएको हो’, सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ । उनको शवलाई नेपाल ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।
Read More
जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

जग्गा घोटाला प्रकरण:बाँसबारीको १० रोपनी जग्गाको विवाद के हो ?

काठमाडौँ : काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । उनी पश्चिम नवलपरासी–१ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीका कान्छो भाइ हुन् ।सरकारको नामबाट हडपेर लगेको भनिएको १० रोपनी जग्गामा अहिले चौधरी ग्रुपले ‘चाँदबाग स्कुल’ सञ्चालन गरिरहेको छ । पुरानो बाँसबारी छालाजुत्ता कारखानाको नामको सो जग्गा अहिले चाँदबाग रेसिडेन्सी प्रालिमा लगिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी (सीआईबी) प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । २०७५ मा जग्गा चाँदबाग रेसिडेन्सी प्रा.लिमा रुपान्तरण भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चाँदबाग रेसिडेन्सी प्रा.लिका अध्यक्ष संजय ठाकुर हुन् । महोत्तरी घर भएका…
Read More
भाकपा माओवादीका गुरिल्लाले यसरी गर्याे ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

भाकपा माओवादीका गुरिल्लाले यसरी गर्याे ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया

दण्डकारण्य (भारत) : भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार गुरिल्लाले क्रान्तिकारीमाथि दमन गर्न आएका ३५ भन्दा बढी सरकारी प्रहरीको सफाया गरिदिएका छन् । भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय क्षेत्रीय ब्युरोका प्रवक्ता प्रतापले विज्ञप्ति जारी गरी आततायी मोदी सरकारका प्रहरीहरूको दमन योजना असफल पारी सफाया गर्न सफल राता योद्धाहरूको साहसिक आक्रमणप्रति लालसलाम प्रकट गरेका छन् । कारबाहीमा तीन योद्धाले वीरगति प्राप्त गरेको प्रवक्ता प्रतापको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘सीपीआई (माओवादी) को केन्द्रीय क्षेत्रीय ब्यूरोले केन्द्रीय सशस्त्र बलमाथि पीएलजीएको अभूतपूर्व वीर आक्रमणको प्रशंसा गर्दछ ।’ विज्ञप्तिमा छत्तीसगढको बिजापुर जिल्लाको पामेद क्षेत्रमा प्रहरी बल दर्मावरम क्याम्प स्थापना गरिएको उल्लेख छ…
Read More
सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै बिगेसोद्वारा आन्दोलनको घोषणा

काठमाडौँ : ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै बिगेसोले आन्दोलनको घोषणा गरेको हो । बिगेसोले आगामी २४ माघमा शान्ति बाटिकामा जनप्रदर्शन र जनसभा कार्यक्रम गर्ने जनाएको छ । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बू र सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तीमगरले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई ताकेता पत्र पठाउँदा पनि आदेश कार्यान्वयन नगरेकाले आन्दोलनमा…
Read More