समाचार

१० विद्यार्थी सङ्गठनद्वारा समसामयिक विषयमा सरकार र सम्बन्धित निकायहरुको ध्यान आकर्षण

१० विद्यार्थी सङ्गठनद्वारा समसामयिक विषयमा सरकार र सम्बन्धित निकायहरुको ध्यान आकर्षण

काठमाडौँ : १० विद्यार्थी सङ्गठनले समसामयिक विषयमा सरकार र सम्बन्धित निकायहरुको ध्यान आकर्षण गराएका छन् ।२०८२ चैत ४ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले सो ध्यान आकर्षण गराएका हुन् । प्रेसवक्तव्यमा अमेरिका –इजरायलद्वारा इरानमाथि लादिएको युद्ध तत्काल बन्द गर्न माग गर्दै नेपाल सरकारले खाडी क्षेत्रका नेपाली श्रमिकको उद्दार गर्न माग पनि गरेका छन् । इनिसा विक बलात्कार तथा हत्या प्रकरणमा तत्कालै दोषी पत्ता लगाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
Read More
इरानको न्यायपूर्ण प्रतिरोधप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता

इरानको न्यायपूर्ण प्रतिरोधप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता

काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरिरहेको क्रुर हमलालाई राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता गरिरहेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्य सम्पादन समितिको २०८२ चैत्र २ गते बसेको बैठकपछि मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा जारी प्रेस वक्तव्यमा सो ऐक्यबद्धता प्रकट गरिएको हो गत फेब्रुअरी २८ (माघ १६ गते) अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईलाई हत्या गरे सँगै यो युद्ध सुरु भएको थियो ।वक्तव्यमा इरान–अमेरिका युद्धको प्रभावमा परेका देशमा रहेका नेपालीहरुको उद्धार र पुनस्र्थापनामा जोड दिइएको छ । नेपालमा राष्ट्रिय स्वाधीनता खतरामा पर्दै गएकाले देशभक्त, जनतान्त्रिक, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुको एकतामा जोड दिइएको छ । वक्तव्यमा…
Read More
आज सांस्कृतिक प्रतिरोध दिवस मनाइने

आज सांस्कृतिक प्रतिरोध दिवस मनाइने

काठमाडौं : विगतजस्तै यसपटक चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाइने भएको छ । अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय समितिको आयोजनामा काभ्रेको अनेकोटमा उक्त कार्यक्रम गरिने महासंघका संयोजक हिरामणि दु खीले बताउनुु भयो । काठमाडौबाट अनेकोट जानेहरु चैत्र ५ गते विहान ६बजे कोटेश्वरमा जम्मा भइसक्नुपर्ने आयोजकहरुले बताएका छन् । काभ्रेको अनेकोटमा २०५५ साल चैत्र ५ गते निशस्त्र जनताका कलाकर्मीहरुलाई शाही सेनाले घर घेराउ गरी हत्या गरेको थियो । च्याङवा लामा, (तिमाल, काभ्रे), चिनिमाया लामा,(होक्से काभ्रे) , गुम्वासिंह तामाङ (काभ्रे), निर्मला देवकोटा (अमले, सिन्धुली), डम्बर श्रेष्ठ (सिन्धुपाल्चोक), शुभद्र सापकोटा (सिन्धुपाल्चोक) र मञ्जु कुँवर (महादेवस्थान, सिन्धुली) लाई घरमा आगो लगाएर पाशविक ढंगले…
Read More
क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा

क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा

नवलपरासीमा मतदान घट्योनवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय पाँच दिनको हिरासत पछि रिहा भएका छन् । संयुक्त संघर्ष समिति नवलपरासीको संयोजक समेत रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिरा बहादुर थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बर्दघाट सहितको टोलीले पसलबाट अपहरणको शैलीमा गिरफ्तार गरिएको थियो । फागुन १८ गते साँझ ६:३० बजे बर्दघाट न.पा. वडा नम्बर ४, शान्तिनगर स्थित आफ्नै पसलबाट तरकारी बेचिरहेका उनलाई उनका छोराछोरी, पसलमा आएका दर्जन बढी ग्राहक र स्थानीय बासिन्दाको भिडबाट प्रहरीले बीच बिना पक्राउ पुर्जी गिरफ्तार गरिएपछि स्थानीयले बिरोध समेत जनाएका थिए । सो क्रममा…
Read More
निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

प्रवक्ताः हेमन्त प्रकाश ओली 'सुदर्शन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हार्दिक अभिवादन तथा धन्यवाद व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८२ फागुन २२ मा एक प्रेस वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई अभिवादन तथा धन्यवाद व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ – “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको छ । यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न…
Read More
सोलुमा टाँगियो निर्वाचन बहिस्कारको ब्यानर

सोलुमा टाँगियो निर्वाचन बहिस्कारको ब्यानर

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल जिल्ला संगठन समिति सोलुले नेचा सल्यान ५ गैरीबजारमा निर्वाचन बहिस्कारको कालो ब्यानर टाँगेको छ । ब्यानरमा साम्राज्यवादद्वारा प्रायोजित २०८२ फागुन २१ को निर्वाचन बहिस्कार गरौं, स्वाधीन संयुक्त सरकार गठन गरौं भन्ने पार्टीको मूल नारा लेखिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले ७७ वटै जिल्लामा निर्वाचन बहिस्कारका कार्यक्रमलाई विभिन्न रुपमा जनताको बिचमा पुर्याउने काम भइरहेको छ ।
Read More
प्रहरी लगाएर बहिष्कारका पोस्टरहरू उप्काएर फालियो : सचिव सुमन

प्रहरी लगाएर बहिष्कारका पोस्टरहरू उप्काएर फालियो : सचिव सुमन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोरङ जिल्लाका विभिन्न बजार ,सडक चोकहरुमा बहिष्कारका पोस्टरहरु टाँसेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सचिव सुमन पराजुलीको बताए अनुसार 'बहिष्कार सम्बन्धी पोस्टरहरुलाई प्रहरी लगाएर सुशिला कार्कीको सरकारले उप्काएर फालेको छ ।'
Read More
अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो : प्रवक्ता सुदर्शन

अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो : प्रवक्ता सुदर्शन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले इरानमाथिको अमेरिकी आक्रमण अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा भएको बताएको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुशर्दनले फागुन १७ एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल यस प्रकारको दादागिरी र विश्वभरिका जनतामाथि थोपरिएको आतंकको तीव्र विरोध गर्दै इरानको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा संघर्षरत इरानी जनतासँग ऐक्यबद्धता जाहेर गर्ने बताइएको छ । इजरायली तथा अमेरिकी आक्रमणको इरानले प्रतिरोध गर्ने क्रममा मध्यपूर्वमा मजदुरी गर्न गएका १९ लाख भन्दा बढी नेपालीहरुको जीवन खतरामा परेको कुराले पार्टीलाई गम्भीर बनाएको समेत जनाइएको छ र नेपालीहरुको सुरक्षाकालागि आवश्यक कदम चाल्न…
Read More
रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला

रौतहटको राजपुरमा शंकास्पद वस्तु फेला

रौतहट : रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेको समाचार प्राप्त भएकाे छ । वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ । घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापले गर्याे सबैकाे उम्मेदवारी फिर्ता लिन पत्राचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापले गर्याे सबैकाे उम्मेदवारी फिर्ता लिन पत्राचार

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी लाङघालीद्वारा हस्ताक्षेरित पत्रमा उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र शिर्षक दिएर लेखिएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ, ” वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका…
Read More