समाचार

मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढ्यो

मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढ्यो

काठमाडौं : जनकपुरबाट आसार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
Read More
गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

गणेश नेपालीको हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रतिबद्धता

काठमाडौं : बालेन सरकारको जनघाती, राष्ट्घाती र फासिवादी नीतिका कारण असार २६ गते गणेश नेपालीले आत्मदाह गरेको उल्लेख गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हत्यारो सरकारका विरुद्ध संघर्ष अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको एक प्रेस वक्तव्यमा यस्तो प्रतिबद्धता जाहेर गरिएको छ । वक्तव्यमा भनिएको छ, गत असार २५ गते दुर्गम मुगु जिल्लाबाट काठमाडौँ आई राइड–सेयरिङ सेवामा काम गरेर श्रीमती र छोरीको जीविका धानिरहेका एक २५ वर्षीय युवा गणेश नेपालीले त्रिपुरेश्वर राहदानी विभाग अगाडि आफ्नो जीविकाको साधन मोटरसाइकलमा नगर प्रहरीले ह्विललक गर्दा त्यसको प्रतिवाद गरे । त्यसको लगत्तै उनले आत्मदाहको लागि आफ्नो शरीरमा आगो सल्काए ।…
Read More
नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन बालेन सरकार मतियार बन्यो : सुदर्शन

काठमाडौं: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बालेन सरकार नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको गम्भीर आरोप लगाएको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा यही असार २३ गते अमेरिकी कठपुतली बालेन्द्र सरकारको स्वीकृतिमा सन् १९५९ मा चीनको स्वशासित प्रान्त तिब्बतबाट भागेर भारतमा शरण लिई आएका पृथकतावादी दलाइ लामाको ९१ औँ जन्मदिन काठमाडौँको स्वयम्भुस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा मनाइएको घटनालाई नेपालको घोषित एक चीन नीतिका विरुद्ध रहेको भन्दै राष्ट्रघाती बालेन सरकार नेपाल र चीनका बीचको मैत्रीपूर्ण दौत्य सम्बन्ध भड्काएर नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन मतियार बनेको दावी गरिएको छ ।वक्तव्यमा भनिएको छ, “नेपाललाई अमेरिकी साम्राज्यवादको सैन्य अखडा बनाउन…
Read More
श्रीनाथ अधिकारी (श्याम) को स्मृति सभा सम्पन्न

श्रीनाथ अधिकारी (श्याम) को स्मृति सभा सम्पन्न

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सात नम्बर क्षेत्रीय ब्युरोको आयोजनामा श्रीनाथ अधिकारी (क .श्याम) को सातौं स्मृति दिवसको कार्यक्रम पोखरामा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा सात नम्बर ब्यूरो सचिव श्याम केसिले कामरेड श्रीनाथ अधिकारी हाम्रो पार्टीका नेता मात्रै होइन हामी सबैको अभिभावक समेत हुनुहुन्थ्यो भन्नुभयो  । अहिले नेपाली कम्युनिस्ट आन्दोलनमा त्यागको राजनीति हराउँदै गएकाले कामरेड श्यामबाट शिक्षा लिनुपर्ने आबश्यकता प्रमुख अतिथि केसीले औंल्याउनुभयो । सचिव श्याम केसिले उहाँको पार्टी, क्रान्ति र परिवर्तन प्रतिको निष्ठा बारे चर्चा गर्नु भयो । त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका छ नम्बर ब्युरो इन्चार्ज तथा…
Read More
अखिल भारत नेपाली एकता समाज बालानगर एरिया समिति गठन

अखिल भारत नेपाली एकता समाज बालानगर एरिया समिति गठन

हैदरावाद ।अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति अन्तर्गत पर्ने उत्तर हैदरावाद नगर समितिद्वारा संचालित बालानगर एरिया समितिको गठन ५ जुलाई २०२६ का दिन बलराम नेपालीको पहलमा र कुमार बुढा मगर तथा डम्बर नेपालीको सकृयतामा गरेको छ। उक्त भेलामा समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा क्षेत्रिय अध्यक्ष कृष्ण पौडेल केन्द्रीय सचिवालय सदस्य राम प्रसाद पौडेलको विषेश उपस्थित रहेको थियो। भने राजेन्द्र धिमाल क्षेत्रिय समितीबाट र कुमार बुडा मगरले पनि नगर समितीबाट प्रतिनिधित्व गर्नु भएको थियो।उपस्थित नेपाली श्रमिक मजदुरहरुलाई समाजका अध्यक्ष कृष्ण पौडेलले प्रशिक्षण दिने क्रममा आज भारत प्रवासमा नेपालीहरु माथि आई पर्ने विभिन्न समस्याहरुको समाधान गर्न अविभावकिय संगठन अखिल…
Read More
सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्न तयार छ : महासचिव गौरव

सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्न तयार छ : महासचिव गौरव

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,सुकुम्बासीहरुको पक्षमा अन्तिम समयसम्म लड्न तयार रहेको बताउनु भएको छ । कीर्तिपुर होल्डिङ सेन्टरबाट गत असार १४ गते विना कारण गिरफ्तार पर्नु भएका डम्बरबहादुर तामाङको असार २२ गते भएको रिहाइ पछि कुपण्डोलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै महासचिवले सो कुरा बताउनु भएको हो । उहाँले डम्बर बहादुरलाई संघर्षलाई निरन्तरता दिन अनुरोध गर्दै तपाइँ र सुकुम्बासी, भूमिहीनहरुको साथमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल छ ,अविचलित भएर लाग्नुहोला भन्दै संघर्षको अन्तिम समयसम्म पार्टीले सुकुम्बासीलाई साथ दिने पार्टीको तर्फबाट प्रतिबद्धता जनाउनु भयो । उहाँले वर्तमान सरकार निरंकुश हुँदै गएको बताउनु भयो ।…
Read More
केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा होल्डिङ्सेन्टरको अनुगमन :सुकुम्वासीलाई स्थायी व्यवस्थापन गर्न जोडदार माग

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा होल्डिङ्सेन्टरको अनुगमन :सुकुम्वासीलाई स्थायी व्यवस्थापन गर्न जोडदार माग

काठमाण्डौ : सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न उर्दी जारी गरेको छ । सरकारले २०८३ असार ७ गते होल्डिङ सेन्टर खाली गर्न पाँच दिने अल्टिमेटम दिएको थियो । अहिले असार १२ गते पुनः ७ दिने अन्तिम म्याद दिएको छ । हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुलाई विना विकल्प होल्डिङ सेन्टरबाट हटाउन पाइँदैन भनेर संघर्ष गर्दै आएको केन्द्रीय संयुक्त संघर्ष समितिमा आबद्ध नेताहरुले २०८३ असार १६ गते काठमाण्डौका विभिन्न होल्डिङ सेन्टरहरुको अनुगमन गर्नुका साथै सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्न जोडदार माग गर्दै उनीहरुको संघर्ष प्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ । टोलीले विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुसँग भेटघाट सम्पन्न गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा सुकुम्बासीहरुमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरुाट विना विकल्प बलपूर्वक निकाल्ने बालेन्द्र सरकारको सूचनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै समुचित वैकल्पिक व्यवस्था नगरिकन सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरुमा डोजर लगाउने कार्यले सरकार फासिस्ट साबित हुँदै गएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “कठपुतली बालेन्द्र सरकारले थप सुकुम्बासी बस्तीहरूमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरूबाट सुकुम्बासी परिवारलाई पुनः बलपूर्वक लखेट्ने सुचनाले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण…
Read More
४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

४ कम्युनिष्ट पार्टीका नेताहरुले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले आयोजना गरेको सुकुम्बासी विस्थापनका विरुद्ध विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उल्लेखित चारवटै कम्युनिस्ट पार्टीका नेताहरुले विना स्थायी विकल्प जबर्जस्त होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई विस्थापित गरिए देशव्यापी रुपमा सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय नेता प्रकाश खतिवडा, नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता रेशम थापामगर र नेकपाका नेता कृष्णहरि भट्टले यस्तो चेतावनी दिएका हुन् । नेताहहरुले संसदीय व्यवस्था भनेकै सुकुम्बासीहरु उत्पादन गर्ने व्यवस्था भएको भन्दै नयाँ जनवादी व्यवस्था हुँदै…
Read More
प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली सुदर्शनले केपी ओली, प्रचण्ड र माधव नेपालहरु कम्युनिस्ट नभएको बताएका छन् । काठमाडौंमा आयोजित प्रगतिशील रुपान्तरण अभियानले आयोजना गरेको वामपन्थी पुर्नजागरण विषयक अन्तक्रियामा बोल्दैं नेता सुदर्शनले प्रचण्ड, ओली र माधवहरु दलाल पुँजीवादको एजेन्ट बनेर नवउदारवादलाई सेवा पुर्याएको आरोप लगाए । कार्यक्रममा नेता सुदर्शनले ओली, प्रचण्ड र माधवहरुले कम्युनिस्ट चरित्र छाडेर दलाल पुँजीवादको बाटोमा गएकोले अब उनीहरु कम्युनिस्ट नभएको भन्दैं हालैं सम्पन्न चुनावमा कम्युनिस्टहरुले पराजय भोगेको नभएर नक्कली कम्युनिस्टहरुले पराजय भोगेको उनको आरोप थियो । त्यसैगरी नेकपा बहुमतका प्रवक्ता उदय चलाउने दीपकले पनि अहिलेको चुनावमा वामपन्थी कम्युनिस्टहरुले भोगेको पराजय कुनैं कम्युनिस्टको नभएर नक्कली…
Read More