
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली सुदर्शनले केपी ओली, प्रचण्ड र माधव नेपालहरु कम्युनिस्ट नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित प्रगतिशील रुपान्तरण अभियानले आयोजना गरेको वामपन्थी पुर्नजागरण विषयक अन्तक्रियामा बोल्दैं नेता सुदर्शनले प्रचण्ड, ओली र माधवहरु दलाल पुँजीवादको एजेन्ट बनेर नवउदारवादलाई सेवा पुर्याएको आरोप लगाए ।

कार्यक्रममा नेता सुदर्शनले ओली, प्रचण्ड र माधवहरुले कम्युनिस्ट चरित्र छाडेर दलाल पुँजीवादको बाटोमा गएकोले अब उनीहरु कम्युनिस्ट नभएको भन्दैं हालैं सम्पन्न चुनावमा कम्युनिस्टहरुले पराजय भोगेको नभएर नक्कली कम्युनिस्टहरुले पराजय भोगेको उनको आरोप थियो ।
त्यसैगरी नेकपा बहुमतका प्रवक्ता उदय चलाउने दीपकले पनि अहिलेको चुनावमा वामपन्थी कम्युनिस्टहरुले भोगेको पराजय कुनैं कम्युनिस्टको नभएर नक्कली कम्युनिस्टको खोल ओढेका वामहरुको भएको जिकिर गरे ।
कार्यक्रममा वामन्थी अभियन्ता अनिता पंडितलगायतले वाम आन्दोलनले भोगको पराजयबारे आफ्नो मन्तव्य राखेका थिए । हामीले याे समाचार जनपाटी डट नेटबाट साभार गरिएका हाैँ