-सन्तबहादुर नेपालीजेनजी “विद्रोह” को एक वर्ष पुगेकोछ । सरकारले भाद्र २३गते जेनजी शहिद दिवसको घोषणा गरेर सार्वजनिक विदा पनि गरेको छ । यो एक वर्षको अवधिमा जेनजी “विद्रोह” र त्यसले ल्याएको परिणाम र आगामी दिनहरु देश र जनताको निम्ति के कस्तो हुनेछ ? भन्ने बारेमा समीक्षा गर्नुपर्ने छ । त्यसले आगामी दिनमा जनतालाई सरकारप्रतिको दृष्टिकोण अपनाउन मद्दत पुग्नेछ । त्यसका लागि सबैभन्दा पहिले त जेनजी “विद्रोह” नै के थियो ? कसले संचालन गरेको थियो ?उनीहरुको “विद्रोह” को उद्देश्य के थियो ? त्यो बुझ्न जरुरी हुन्छ । जेनजी “विद्रोह” बारे एक पटक समीक्षा गरेर पुग्दैन। यसको सत्य तथ्यबारे गहिराईसम्म पुग्न लामो…
अम्बिका चन्द ‘सुदृष्टि’ जन्म र मृत्युको समयात्रामा आफ्नो जीवनलाई जसले महान् उद्देश्यसँग जोड्न सक्छन्, उनीहरू भौतिक मृत्युपछि पनि अर्थपूर्ण रूपले बाँचिरहेका हुन्छन् । उनीहरूको भौतिक जीवनको कर्म समयको स्मृतिमा बाँच्छ । त्यो समाजका लागि अमर योगदानका रूपमा दर्ता हुन्छ । जो आफ्नो निजी जीवनका खुसीहरू एवम् आफ्ना निजी सपनाको परिधिभन्दा अघि बढेर सामूहिक जीवनका लागि बाँचेका हुन्छन्, मृत्युपछि पनि ती अमर बन्छन् । मर्नु भौतिक जीवन समाप्त हुनु होइन, विचार र आशा समाप्त हुनु हो । मरेर पनि बाँचिरहेकाहरूलाई समाजले सम्झन्छ । सम्झने मात्रै होइन, उनीहरूको पथ अनुसरण गर्दछ । भौतिक शरीर खरानी बन्छ, आवाज मौन हुन्छ तर त्यसपछि नयाँ…
काठमाडौं : राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो । आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए । यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका…
काठमाडौं : बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदाशिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षेति भएको जनाएका छन् । त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,“जनमातको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत…
काठमाडौं : कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंकाे नयाँ बानेश्वर स्थित एभ्रेस्ट हाेटेलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसालसहित राजनीतिज्ञ तथा विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तिहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । २०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामा २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो । नेपालका कम्युनिष्ट आन्दोलनमा उनले पुर्याएको योगदान अविष्मरणीय र अनुकरणीय रहेको कार्यक्रमका…
“घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” काठमाडौँ : संयुक्त विद्यार्थी सङ्गठनले खाना पकाउने ग्यासको अभाव भएपछि शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेकाे छ। विद्यार्थी नेताहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन गरेका हुन्। उनीहरूले “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए।
काठमाडौं :जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। संगठनले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ। जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा बेनमाथि कल बाइपाससम्बन्धी गम्भीर आरोप तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्कको आरोप रहेको उल्लेख गर्दै तत्काल अनुसन्धानको माग गरिएको छ। संगठनले गम्भीर आरोपमा प्रश्न उठेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राखिनु कानुनी शासन र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय भएको जनाएको छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ। वक्तव्यमा कुमार बेनलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको विषयमा समेत प्रश्न उठाइएको छ। उनको शैक्षिक योग्यता र प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्तिको आधारबारे सरकारले स्पष्ट पार्नुपर्ने जेनजी मुभमेन्टको माग छ। त्यसैगरी, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति–केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको प्रसंगसमेत वक्तव्यमा उल्लेख गरिएको छ। सोही समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट र सम्पर्कको आरोप उठ्नु अत्यन्त संवेदनशील विषय भएको संगठनले जनाएको छ। प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण तथा राष्ट्रिय सार्वभौमिकताको विषय उठाइरहेको अवस्थामा उनका प्रमुख सल्लाहकारमाथि सम्बन्धित छिमेकी मुलुकका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्नुले सरकारको नियतमाथि समेत प्रश्न उठाउने जेनजी मुभमेन्टको दाबी छ। संगठनले कुमार बेनलाई तत्काल पक्राउ गरी कल बाइपाससम्बन्धी आरोपमा आपराधिक अनुसन्धान अघि बढाउन, विदेशी जासुसी संयन्त्रसँग भएको भनिएको भेटघाट तथा सम्पर्कबारे सुरक्षा र कानुनी निकायबाट गम्भीर अनुसन्धान गर्न माग गरेको छ। त्यस्तै, अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्न र राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। राष्ट्रिय सुरक्षा र संवैधानिक संस्थासँग सम्बन्धित विषय भन्दै जेनजी मुभमेन्ट नेपालले उक्त प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको हो। संगठनले राज्यका सम्बन्धित सुरक्षा तथा संवैधानिक निकायले पनि उठाइएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ। जेनजी मुभमेन्ट नेपालले सत्ताको आडमा कुनै पनि व्यक्तिलाई कानुनी अनुसन्धानबाट उन्मुक्ति दिने प्रयासको विरोध गर्दै “तत्काल पक्राउ गर, निष्पक्ष छानबिन गर, सत्य सार्वजनिक गर र दोषी भए कठोर कारबाही गर” भन्ने माग दोहोर्याएको छ। प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्य २०८३ भदौ २६ गते सार्वजनिक गरिएको हो।
काठमाडाैँ : गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क सुचारु कार्य सम्पन भएको छ। बाढीले रसुवागढी र बेत्रावतीमा १/१ वटा गरी २ वटा OLT, रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ वटा गरी ५ वटा FDC का साथै करिब १२८ किलोमिटर Aerial Optical Fiber Cable बगाएपछि त्यस क्षेत्रका कुल १,५४४ FTTH लाइन पूर्ण रूपमा प्रभावित भएका थिए । विपद्लगत्तै प्राविधिक जनशक्ति तथा स्रोत-साधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको र हालसम्म प्रभावितमध्ये १०९३ वटा लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन भएको…
काठमाडौं: नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो । चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक…
काठमाडौं : काठमाडौंका २४ वर्षीय विशाल खनालले आफूलाई हुँदै नभएको लेनदेनको कागज र ३२ लाखको चेकबाट एक गिरोहले ६ करोड बराबरको सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् । पीडित खनालले मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरीता केसी र रामकुमार केसी दाजू–बहिनी र सूर्यबहादुर विष्टसहितको गिरोहले अदालतका केही कर्मचारीसँग सेटिङ् गरी लिलाम प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–८ निवासी खनालले आफूलाई निर्दोश सावित गर्ने प्रशस्त आधार तथा प्रमाण हुँदाहुँदै पनि आफ्नै पक्षमा लडेका वकील नै विपक्षसँग मिली काठमाडौं जिल्ला अदालत र उच्च अदालतबाट हार्नु परेको दाबी गरे । “वकिलले जानाजान बहस छाड्ने, प्रमाण पेश नगर्ने…