लिपुलेक विवादको सन्दर्भ
२०२५ अगष्ट १९ तारिखका दिन चिनीयाँ विदेश मन्त्री वाङ यीले भारत भ्रमणका क्रममा आफ्ना समकक्षी भारतीय विदेशमन्त्री यस जयशंकरसित गरिएको सम्झौतामा लिपुलेकको नाका भएर व्यापार गर्ने बताइएको छ । सो कुरा वाङ यी र यस जयशंकरका बीचमा भेट वार्ता पछि भारतीय सञ्चार माध्यमहरुले प्रकाशमा ल्याएका छन् ।सो कुरा प्रकाशमा आएपछि नेपाल सरकारले त्यो क्षेत्र आफ्नो भूमि भएको पुरानो अडान दोहो¥याएर प्रेस वक्तव्य जारी गरेको छ । त्यस वक्तव्यको प्रतिक्रियामा भारत सरकारले इतिहास सम्बद्ध नभएको र जायज पनि नभएको ,१९५४देखि नै भारत र चीनले त्यस नाकाबाट व्यापार गर्दै आएको प्रतिक्रिया जनाएको छ ।प्रतिक्रियामा उसले कुटनैतिक तवरबाट रचनात्मक ढंगले विवाद समाधानको पक्षमा…