क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवको संघर्षपूर्ण राजनीतिक यात्रा
सीपी गजुरेल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो बैठकले नेता सीपी गजुरेललाई पार्टी महासचिवमा चयन गरेको छ । पार्टीका निवर्तमान महासचिव मोहन वैद्य किरणले स्वास्थ्य अवस्थाका कारण राजिनामा दिएपछि केन्द्रीय समितिले उहाँलाई महासचिवमा चयन गरेको हो । गत माघ महिनादेखि उहाँले कार्यवाहक महासचिवको जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आउनु भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सीपी गजुरेल गौरवको निकै लामो योगदान रहेको छ। सीपी गजुरेलको पुरा नाम चन्द्रप्रसाद गजुरेल हो। पार्टी जीवनमा गजुरेलले विभिन्न उपनामबाट काम गर्नुभएको छ । गौरव, विजय, सञ्जीव, रणधिर जस्ता उपनाम (टेक नाम) बाट उहाँले काम गर्नुभएको हो। रामेश्वर गजुरेल र टेक कुमारी गजुरेलको कोखबाट २००४…