रगतले लेखिएको इतिहास जारी छ : सुदर्शन
मैले एकजना कम्युनिस्ट यो्द्धा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्यो प्यारो १, दृढ र हेिसलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रुपमा हामीसँग छैनौ । इतिहासको अग्रगामी धारामा वैरीहरुसँग लड्दालड्दै मैदानमा खसेको रातो झोला हामीले काँधमा उठाएर अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गर्दै महान् यात्रा पूरा गर्ने कसम खाएका छौँ । तिमी सिस्ने र जलजला पहाड भएर उभिएका छौ । दुस्मन मृत्यु शैय्यामा छट्पटाइरहेको छ ।’ सहिद र वेपत्ता…