जन बिहानी

1495 Posts
चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर, बसका चालक फरार

चितवन : चितवनमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं. बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले जानकारी दिए ।
Read More
न्याय सेवा आयोगले माग्याे ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन

न्याय सेवा आयोगले माग्याे ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन

काठमाडौं : न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी÷जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले…
Read More
उच्च अहोदामा रहेका रष्ट्रपतिसम्मलाई मुद्धा हाल्ने तयारीमा रहेको अधिवक्ता श्रेष्ठको खुलासा

उच्च अहोदामा रहेका रष्ट्रपतिसम्मलाई मुद्धा हाल्ने तयारीमा रहेको अधिवक्ता श्रेष्ठको खुलासा

काठमाडौं : ‘सत्य र न्यायको खोजी अभियान’का संयोजक वरिष्ट अधिवक्ता धुर्बलाल श्रेष्ठले आफूहरु उच्च अहोदामा रहेका रष्ट्रपतिसम्मलाई मुद्धा हाल्ने तयारीमा रहेको खुलासा गरेका छ हालै राजधानीको संवाद डबलीमा ‘स्वरोजगार मजदुर चालक स्वतन्त्र सघर्ष समिति’ले आयोजना गरेको कार्यक्रमा बोल्दै नेपलामा ट्याक्सी व्यवसायमा जस्तै हरेक क्षेत्रमा बिचौलिया र भ्रष्टहरुले देशलाई कंगाल बनाउन लागेकाले आफूहरुले सत्य र न्यायको खोजि अभियान चालाएको जानकारी दिए । व्याप्त भ्रष्टाचारलाई न्युनिकरण गर्न आफूहरुको अभियानले जेहाद छेड्ने र सामान्यदेखि देशको सर्बोच्च पदासिन राष्ट्रपतिलाईसमेत मुद्दा हाल्ने चेतावनी दिएका छन् । मुद्दाको तयारीमा जुटिरहेको जानकारी दिदै श्रेष्ठले भने,“हामीले एकआद महिनामा भ्रष्टाचारका ठूल्ठूला मुद्धा दर्ता गर्दैछौं, जसमा राष्ट्रपतिदेखि तलसम्म धेरै उदेक…
Read More
आज सोनाम ल्होसार मनाइँदै

आज सोनाम ल्होसार मनाइँदै

काठमाडौं : आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । तामाङ समुदायको आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार ल्होसार पर्व मनाउने गरिन्छ । तामाङ जातिको बाहुल्य रहेको बागमती…
Read More
सहकारी भित्रको सुशासन

सहकारी भित्रको सुशासन

युरोपमा १७औँ शताब्दीसम्म चलेको मर्कन्टाइल व्यापार नीतिले १८ औँ शताब्दीको सुरुवातदेखि नै औद्योगिक क्रान्तिको सुरुवात गर्यो। औद्योगिक क्रान्ति लाई १७७६ पछिको उदारवाद र व्यक्तिगत स्वतन्त्रताको दर्शनले दरिलो बनाएकै थियो। तर बजारमा माग र आपूर्तिको सम्बन्धले सामाजिक न्याय दिन सक्दैन भन्ने कुरा १९३० को आर्थिक मन्दी अगाडि उदारवादी अर्थशास्त्रीहरुले खासै ध्यान दिएनन् । र यसको असर विश्व व्यापी रूपमा पर्यो। तर समाजवादी अर्थनीति भएका देशहरूलाई मन्दीले असर गरेन। र विश्व अर्थनीति क्रमश समाजिक अर्थतन्त्रतिर लहसियो। तर मर्कनटाइल व्यापारको स्वतन्त्र नाफा र किन्सिएन अर्थशास्त्रको व्यक्तिगत नाफामा रमाएको उदारवाद हार्ने पक्षमा थिएन । त्यसपछि एउटा हाइब्रिड अर्थनीतिको परिकल्पना गरियो। जसलाई रबिन्सन लगायत समाजवादी…
Read More
कोशी प्रदेशमा मन्त्रीमण्डल अहिलेसम्मकै ठुलो

कोशी प्रदेशमा मन्त्रीमण्डल अहिलेसम्मकै ठुलो

विराटनगर : दोस्रो प्रदेशसभाको निर्वाचनपछि पहिलो पटक कोशी प्रदेश सरकारका सबैजसो मन्त्रालयले राजनीतिक नेतृत्व (मन्त्री) पाएका छन् । वर्षैभरि अस्थिर बनेको प्रदेशका सबै मन्त्रालयले मन्त्री पाएपछि प्रदेश सरकारका काम कारबाहीले गति लिने विश्वास लिइएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार (आज) मन्त्रीमण्डलको संख्या १० पुर्याएका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले बल्ल सरकारलाई पूर्णता दिएका हुन् । जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा…
Read More
बिवादित जग्गा किनबेच बन्द सम्बन्धी सूचना

बिवादित जग्गा किनबेच बन्द सम्बन्धी सूचना

पोखरा महानगरपालिका वडा नं. ८ फिर्के नजिक रहेको शिवलाल तिमिल्सनाको घर नं. ११० को घर-जग्गा मिटरव्याज र ढुकुटी लेनदेनको कारण प्रमाण नभएको अनावश्यक हिसाव देखाई हडप्ने नियतले रेवत बज्राचार्यले आफ्नो छोरा समन्त बज्राचार्यको नाममा लेनदेन मिलेपछि फर्काउने शर्तमा पास गरी लिएको हुँदा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले पटक-पटक लेनदेन मिलाउन छलफल र सुझाव दिदा समेत नमिलाई थप विवाद सृजना हुने गरी घर-जग्गा विक्री गर्नको लागि रेवत बज्राचार्य लागि परेको जानकारी प्राप्त भएको हुँदा लेनदेन नमिलाउँदा सम्म उक्त घर-जग्गा किनबेच र कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्न नगराउन अनुरोध गर्दछौ ।नोट :- अन्यथा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी भू-माफीया,…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी,कास्कीले चलायाे विवादित जग्गामा डोजर

क्रान्तिकारी कम्युनिस्ट पार्टी,कास्कीले चलायाे विवादित जग्गामा डोजर

पाेखरा : पाेखराकाे विवादित जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी,कास्कीले डोजर चलाएको छ । विवादित अनिल र प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले डोजर चलाउएकाे हाे । पोखरा न्यूरोडमा रहेको ५ रोपनी ६ आना ३ दाम जग्गा हरिबहादुर थापा र ज्ञान बहादुर थापाको संयुक्त नाममा रहेको जग्गालाई जालसाक्षी, किर्ते गरी हरिबहादुर थापाको श्रीमती रामकुमारी थापा हुनपर्नेमा भुण्टीदेवी थापा नाम राखी किर्ते सही छाप गरी जग्गा पास गरेको भन्दै अाज बिहान डाेजर चलाएको बताएको छ । उक्त पार्टीले चलाएको डाेजरबारे ब्यानर समेत राखेर सार्वजनिक जानकारी गराएको छ । उक्त ब्यानरमा लेखिएको जस्ताको त्यस्तै र केही फाेटाहरु “विवादित अनिल/प्रकाश (खोप्लाङ्ग) जग्गामा क्रान्तिकारी कम्युनिष्ट…
Read More
विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय

विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय

माघ २६ गते । सुनसरीकाे इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७०  विद्यालय भएकाे इटहरीमा आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको हाे । अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जानेछन । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ । विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको उपमहानर प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र…
Read More
नेपाल प्रहरीमा तीन सय ६५ जना प्र.स.नि.माग

नेपाल प्रहरीमा तीन सय ६५ जना प्र.स.नि.माग

माघ २६ गते । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।  शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो । 
Read More