क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे भावपूर्ण श्रद्धाञ्जली तथा समवदेना
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण बहादुर खडकाकी जीवन संगिनी सावित्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले एक प्रेस वक्तव्यमार्फत् कमरेड पूर्ण बहादुर खडकासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “तामाकोशी गाउँपालिका, वडा नं. ४ मालु दोलखा निवासी कमरेड सावित्री खड्काको आज विहान ३ः१५ बजे भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँ विगत ३ वर्षदेखि रक्त क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । लामो समयदेखि पार्टी सदस्य रहेर उहाँले देश र जनताको मुक्तिका लागि निसर्त योगदान दिंदै…