नव वर्ष २०८१ साल “८४” काे मिसनमा

लेखक : जितेन्द्र महर्जन

यता न उता भएकाे छ
न बाउ राेज्न सक्याै
न आमा नै राेज्न सक्याै
बस जीन्दगी छउन्जेल
बस र उठमा लागि रह्याै

    कुरा त ठूलै गर्छ्याै
    व्यवहार मा त शून्य नै
    पुच्छर र सिङ पलाई सक्याे
    समाज अगाडि बहुलाई सक्यो 
    ईमान जमान सब सिध्याई सक्याे

बाकी अब के नै छ र
हरियो बाँस र सेतो कात्रो बाहेक
तै पनि अभिलाषा कत्रो
मुख भरि र्याल चुहाउँदै
छविलाल र तुक्के बा सँग शिर निहुराउँदै

    ढलेकाे सिंकाे उठायाैं भन्दै
    कयाैंकाे सिउँदाे उजार पारियाै
    कयाैंकाे लालाबाला टुहुरा बनाई
    झुट्ठा सपना बाँडियाैं
    क्रान्तिका ज्वारभाता यताउता पारियाैं ।

न आफुतिर तान्न सकियाे
न आत्मसमर्पण नै हाे याे भन्न सकियाे
बिलय भै सक्दा पनि किन हाे किन
नाटक र नाैटंकी पछिका भिन्नै पात्र
महापतन २ बनि निस्कियाे, महापतन २ बनि निस्कियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?