धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपति प्रह्लाद कार्कीलाई कालाेमाेसाे दलेर कारबाही गर्ने युवा र विद्यार्थी नेताहरू निशान कटुवाल, सुदिप सिर्पाली र खेम थापालाई १७ दिनपछि आज बिहीबार जिल्ला अदालत सुनसरीले रिहाई गरेको छ ।
लेखक : सुनिता बुढाथाेकी प्रिय छोरी ! क्रान्ति भनेको लयमा हेर्नु, गाउनु र अघि बढ्नु हो प्रेमले हात मिलाउनु र मुस्कुराउनु हो । जीवन र बलिदान सँगै रोज्नु हो ! प्रिय छोरी क्रान्ति नव चेतना हो नव संष्लेषण, नव सृजना हो ! नव खोज, अनुसन्धान, आविष्कार हो । यो धरालाइ कसैले नव जीवन दिन्छ भने, त्यो आश्चर्य होईन, त्यो क्रान्ति हो ! वस्तु, ब्रह्माण्ड र चेतना जस्तै फैलिरहेको त्यो के हो !? - त्यो क्रान्ति हो । तिम्रो पढ्ने समय छ -पढ्नु, पढ्नु र पढ्नु ! अंक, अक्षर, समय पढ्नु । गति, मार्ग र दृष्टि पढ्नु ! एउटा मान्छे र…
बुटवल : पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुष्टि गरे । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ । काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ…
फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको बताउनु भएकाे छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताउनुभएको छ । Prime Minister Pushpa Kamal Dahal interacts with the high-officials of Federation of Nepali Journalists at his official residence in Baluwatar, on Tuesday, August 09, 2016. Photo: RSS जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई…
आज देशैभर जनयुद्ध दिवस मनाउँदै हुनुहुन्छ, जनयुद्धको एकजना पहलकर्ताको हैसियतले यसको आवश्यकता, महत्व र औचित्यमाथि प्रकाश पारिदिनुस् न । –सर्वप्रथम त यहाँहरुलाई जनयुद्धको शुभकामना छ । यही मिडियामार्फत् सबै कमरेडहरु, शुभेच्छुकहरु र आम जनतामा जनयुद्ध दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।जनयुद्ध नेपालमा सामन्तवाद, विस्तारवाद र साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनका विरुद्ध देशलाई अर्धसामन्ती, अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको उदात्त आदर्श प्राप्तिका लागि हामीले जनयुद्धको थालनी गरेका थियौं । यसको औचित्य के छ भन्ने जहाँसम्म प्रश्न छ– वास्तवमा शोषित पीडित तथा सर्वहारा वर्ग, किसान, मजदुर, महिला, दलित, मधेसी, आदिवासी जनजाति, मुस्लिम, उत्पीडित क्षेत्रका जनता लगायत राष्ट्रिय पुँजीपतिवर्गसम्मको मुक्तिको…
नेपाली समाजको आमूल परिवर्तनको निम्ति आजभन्दा करीव ३ दशक अघि जनयुद्ध थालिएको २८ वर्ष पुरा हुँदैछ । नेपाली इतिहासकै सवैभन्दा व्यवस्थित योजनाबद्ध विद्रोह थियो जनयुद्ध जसको लक्ष्यले पूर्णता नपाउँदै पराजयको सामना गर्नपुग्यो । जनयुद्ध थालनीयता ३ काल स् जनताको विजय र उत्साहकाल ९२०५२–२०६२०, शान्तिसम्झौता काल ९२०६२–२०७२० र प्रतिक्रान्ति काल ९२०७२–२०८०० राजनीति, समाज, राष्ट्रिय स्वाधीनताको दृष्टिले नेपाली समाजले गुजारिसकेको छ । आफ्नो महान् थालनीमा ‘‘ प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ ।’’, ‘‘राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरौँ ।’’ भन्ने नाराका साथ आम जनसमुदायलाई विद्रोहको अधिकार प्रयोग गर्न आदेश गर्ने मूल नेतृत्व (प्रचण्ड–बाबुराम) ले जुन…
कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तु जिल्ला संगठन समितिले जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । बाणगंगा – ३ राजापानीमा एक कार्यक्रम आयोजना गरेर पार्टीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार पिताम्बर आचार्यले जनयुद्धको औचित्य माथि प्रकाश पार्नुभएको जिल्ला ईचार्ज शेरमानले जानकारी गराउनुभयो ।पार्टीका जिल्ला संयोजक कमल उप्रेतीको अध्यक्षता र संर्घषको संचालनमा कार्यक्रम भएको थियो ।
रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले जनयुद्ध दिवस मनाउने क्रममा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले दुई स्थानमा सडक यात्रुलाई लक्षित गरेर जेब्रा क्रसिङ निर्माण गरेको पार्टीले जनाएको छ । त्यसैगरी आरसीपी, नेपाल रुपन्देहीको आयोजनामा जनयुद्ध दिवस बिशेष कार्यक्रम बुटवलमा गरिएको छ । कार्यक्रममा प्रमुख बक्ता पार्टी केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी , सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुन , सल्लाहकार संजिवकुमार , केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज निमकला पुन, अर्घाखाँची संयोजक टकमान राउत, बामपन्थी अगुवा एंव माक्र्सवादी विचार मञ्चका सचिव विन बहादुर कुंवरलगायतले जनयुद्धको औचित्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय…
ईश्वरी प्रसाद गैरे/दाङ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ्ग जिल्लाको आयोजनामा दाङ्गको घोराहीमा २९ औ जनयुद्ध दिवस मनायको छ! घोराहीको ट्राफिक चोकबाट ~र्याली सहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रम गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत भयको थियो! सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिबालय सदस्य तथा पाँच नम्बर प्रदेश संयोजक अटलले २०५२ फाल्गुन १ गते एकात्मक सामान्ति राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरि नयाँ जनबादको स्थापना सहित बैज्ञानिक समाजबादको लक्षमा नपुग्दै मुख्य नेतृत्वले गलत बाटो अबलम्बन गर्न पुगेकाले सांसदिय भासमा फसेको,सत्ता र कुर्चीका लागि बैदेशिक शक्ति केन्द्रहरुको चाकडी गरेर बिभिन्न राष्ट्रघाती सम्झौता सदनबाट पास गराउन भूमिका खेलेका कारणले…
गाइघाट,उदयपुर /२९ औं जनयुद्ध दिबसको अबसरमा क्रान्तिकारी माओबादी नेपाल ,उदयपुरले आज सांझ सदरमुकाम गाइघाटमा दिप प्रज्वलन गरेको छ । उक्त दिप प्रज्वलनको अबसरमा गरिएको कोणसभामा पार्टिका केन्द्रिय सदस्य तथा प्रदेश समितीका स्कुल बिभागका प्रमुख अम्मर परियारले दलाल संसदिय ब्यबस्थाको अन्त्यको निम्ति फेरि पनि आंधिबेहेरी सृजना गर्नु पर्ने बताउंदै अब अन्तिम युद्धको तयारिमा जुट्नु पर्ने बताउनु भयो। जनयुद्धको भावना बिपरित धोकेबाज प्रचण्डले देशलाइ बर्बादितिर लागेको र उनिहरुले शहिदका सपनालाइ लत्यायर दक्षिणपन्थी भाषतिर जाकियको ठोकुवा गर्दै अब उनिहरुबाट देश र जनताको मुक्ती नहुने ठोकुवा गर्नु भयो ।