जन बिहानी

1497 Posts

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका मधेस प्रदेशका संयोजक कृष्णदेव सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै विनाकारण गिरफ्तार गरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका मधेस प्रदेश सदस्य तिर्थ नारायण यादवलाई तत्काल रिहाई गर्न जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “महोत्तरी जिल्ला बर्दिवास नगरपालिका वार्ड नं. १० निवासी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मधेस प्रदेश कमिटीका सदस्य क. तिर्थ नारायण यादवलाई पार्टी काममा जाँदै गर्दा २०८१ जेठ २७ गते साँझ ६ बजे अनाहकमा सिभिल प्रहरीले अमानवीय तवरबाट गिरफ्तारी यातना दिदै प्रहरी कष्टडीमा राखेको र कसैलाई भेटघाट गर्न समेत नदिएर एउटा राजनीतिक कार्यकर्तालाई अमानवीय व्यवहार गरिनु अत्यन्तै खेदजनक कार्य हो । हाम्रो पार्टी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच सुनवलमा एकता घोषणा कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच सुनवलमा एकता घोषणा कार्यक्रम सम्पन्न

सुनवल, नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुनवल नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुनवल नगर समिति बीच सुनवल ५ बनकट्टीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्षलाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उद्घघोष गर्नुभयो । कार्यक्रम नगर संयोजक रवि पुनको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच सुस्ता गाउँको एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच सुस्ता गाउँको एकता

 नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुस्ता गाउँ समिति बीच सुस्ता –१ फेचुहामा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी जिल्ला सहसंयोजकद्व्य गणेश बहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने समय आएको बताउनुभयो । कार्यक्रम सुस्ता पालिका संयोजक गोबिन्द बहादुर साठिघरे…
Read More
मधुवन नगर भेला सम्पन्न

मधुवन नगर भेला सम्पन्न

गुलरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्लाको मधुवन नगरपालिकाको भेला सम्पन्न भएको छ । उक्त भेला पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज शक्ति प्रमुख आथित्यतामा सम्पन्न भएको भेलामा ,पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सह ईन्चार्ज विशाल ,पार्टीका प्रदेश कमिटी सदस्य बर्दिया जिल्ला संयोजक दिलमान पार्टी सह संयोजक चक्र ,प्रदेश सल्लाहकार समिति का सदस्य भीष्म लगायतका नेताहरुको उपस्थित रहेको थियो । उक्त भेलाले कमरेड बिमला बि क को नेतृत्त्वमा २१ सदस्य नगर कमिटी गठन गरेको छ ।
Read More
फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ

फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ

भैरहवा :फार्मेसीमा बसेर अनधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानिगाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसीमा बसरे औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसीमा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । आयशा रामनरेश प्रसाद मल्लाह र विनायक तारा भण्डारीको नाममा दर्ता रहेका फार्मेसी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका ५ नं. प्रदेशका संयोजक अटललाई पर्याे पत्नीशाेक, किरणले दिए भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीका ५ नं. प्रदेशका संयोजक अटललाई पर्याे पत्नीशाेक, किरणले दिए भावपूर्ण श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा प्रदेश ५ का संयोजक श्यामबहादुर बोहराकी जीवनसंगिनी चन्द्रकला बोहरा (चुनौती)को असामयिक निधन भएको छ । मृतक चन्द्रकला बोहरा चुनौतीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका संयोजक किरणले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै कमरेड चुनौतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र कमरेड श्यामबहादुर बोहरा अटल लगायत शोकसन्तप्त परिवारजनमा हार्दिम समवेदना व्यक्त गर्नुभएको छ । श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “त्रिवेणी गाउँपालिका वडा नं. २ रुकुम (पश्चिम) निवासी चन्द्रकला बोहरा (क. चुनौती)को २०८१ जेठ २३ गते राती ८ः५५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्मा उपचारको…
Read More
भारतीय आम चुनावको सन्देश हिन्दु अतिवादको अन्त्य आवश्यक

भारतीय आम चुनावको सन्देश हिन्दु अतिवादको अन्त्य आवश्यक

लेखक : कृष्णराज पौडेलभर्खरै भारतमा आम चुनाव सकिएको छ । हिन्दु अतिवादीको रूपमा परिचित सत्तासीन भारतीय जनता पार्टी (भाजपा) ले नेतृत्व गरेको गठबन्धनले चुनावमा बहुमत प्राप्त गर्यो । एकल बहुमत समेत प्राप्त गर्न सकेन । दुई तिहाई बहुमत ल्याउने र भारतमा व्यापक हिन्दुकरण गर्ने भाजपाको तीब्र आकांक्षालाई भारतीय जनताले असफल तुल्याइदिएका छन् । यो चुनावले भारतमा हिन्दु अतिवाद आबश्यक छैन भन्ने सन्देश दिएको छ । राज्यको उत्पत्ति भएपछि शोषक वर्गले आफ्नो सत्ता टिकाउने हतियार धर्मलाई बनाएको थियो । शोषक वर्गले धर्मले मात्र काम गर्न छोडेपछि जाति र जातको राजनीतिलाई प्रयोग गर्दछन । धर्म, जात, जातिको राजनीतिले काम गर्न छोडे पछि…
Read More
मुख्य बाेट

मुख्य बाेट

लेखक : कृष्णभक्त महजर्जन एक वोटको बाह्र हागाहरु एक बल्ट्याङ दुई बल्ट्याङ होइन चार चार बल्ट्याङ खाएको हागाहरुमा झुम्रे किरा झाङिन थाल्यो रगत बिना मुतु हुदैन प्राण बिना शरीर हुदैन फुल बिना वसन्त हुदैन गृष्म ऋतुमा पालुवा पलाउदा विरुवामा चिरा चिरा पर्न थाल्यो समग्र इतिहासका एक आँखा गुडाउदा अर्को आँखा कुडाउदा हागाहरुले तन्त्र मन्त्र जन्त्र जपि दु-धन थुपार्ने घटना परिघटनाहरुको वेस कहाँ हो थाहा छैन जराको केन्द्र देखि विरुवाको टुप्पोसम्मले र्याल चुहाउन पशुवल निकाली रहन्छ जरा राम्रो छैन बिरुवा हागा कहाँ राम्रो हुन्छ जराको केन्द्र देखि वोटको टुप्पोसम्मले र्याल चुहाउने बानी परेपछि साउजुमाथि काउजुको हेर्ने दृष्टिकोण फरक भइ हाल्छ चर्चा…
Read More
माैसम पूर्वानुमान : यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

माैसम पूर्वानुमान : यी स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

काठमाडौँ : नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा…
Read More
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

काठमाडौँ : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।
Read More