जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको छ : संयोजक मोहन वैद्य ‘किरण’
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले आसन्न महाधिवेशनबाट क्रान्तिको नयाँ खाका कोर्ने बताउनु भएको छ । वर्गदृष्टि र मूलबाटो डटकमलाई अन्तर्वार्ता दिंदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा राजनीतिक संकट चुलिएको, देशमा जनअसन्तुष्टी चुलिएको र जनताले क्रान्तिकारी विकल्पको खोजी गरिरहेको विश्लेषण गर्दै उहाँले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नै नेपाली राजनीतिको एकमात्र क्रान्तिकारी विकल्प रहेको पनि दावी गर्नुभयो । उहाँले मंसिर १३ देखि २३ सम्म काठमाडौंमा हुने महाधिवेशनबाट नेपालमा विद्यमान राजनीतिक संकट समाधानका लागि आवश्यक पर्ने राजनीतिक क्रान्तिको कार्यभार पूरा गर्ने गरी राजनीतिक कार्यदिशाको विकास गर्ने जानकारी दिनुभयो । उहाँले पार्टीभित्र ‘माओवाद र माओविचारधारा’, जनयुद्धको मूल्यांकन,…