जन बिहानी

1502 Posts

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगर ‘क’को नगर सम्मेलन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडाैँ महानगरको ‘क’ को सम्मेलन २०८१ /४ महिना २२ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सागर , प्रमुख अतिथि जिल्ला इन्चार्ज पुस्कर श्रेष्ठ रहेका थिए । भने अतिथिहरुमा जिल्ला संयोजक प्रकाश ,महिला संगठन जिल्ला अध्यक्ष सपना राजथला रहेका थिए ।ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौनधारण पछि शूरु भएको कार्यक्रममा स्वागत माधव तिवारीको रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।अतिथि तथा अन्य अतिथिहरुले पार्टी महाधिवेशन लगायत सम्मेलनको सफलताको शुभकामना मन्तव्यपछि पहिलो सेसनको समापन भएको थियो । हेमन्त , जय दाहाल र एच एश लामा तीनजनाको अध्यक्षमण्डल गठन भएपछि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीको राजनैतिक वैचारिक प्रशिक्षण सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरुले क्रान्तिकारी शक्तिहरुको एकता आवश्यक रहेको बताएका छन् ।बुधवार पार्टीको जिल्ला संगठन समिति नवलपरासीले पार्टी सदस्य सम्मका लागि बर्दघाटमा आयोजना गरेको राजनैतिक बैचारिक प्रशिक्षणमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेलले धर्मेन्द्र समुहले अप्रत्याशित रुपले पार्टीबाट बर्हिगमन गर्नु राजनैतिक इमानदारी नभएको औल्याउनुभयो । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोराले नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा क्रान्तिकारी कम्युनिस्ट पार्टीमै रहेकोले धैर्यतापुर्वक क्रान्तिकारी हेडक्वार्टरमा…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

“लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल रुसको केही भू–भाग गुमाएर…
Read More
यी भूभागमा आज अति भारी वर्षाको सम्भावना

यी भूभागमा आज अति भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक बैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक बैचारिक प्रशिक्षण

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण शुरु गरेको छ । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक रुपले प्रस्ट पार्ने योजना अनुसार जिल्ला पार्टीकोे बैठक प्रशिक्षणात्मक रुपले सम्पन्न गरिएको केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम जिल्ला संगठन समितिका सदस्य तथा सल्लाहकारहरुलाई मंगलवार प्रशिक्षित गरिएको उहाँले बताउनुभयो । बर्दघाटमा भएको बैठकमा पार्टी केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज कृष्णराज पौडेल, सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसी, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर…
Read More
चितवन विपि कयान्सर अस्पत्तालको आपरवाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

चितवन विपि कयान्सर अस्पत्तालको आपरवाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

चितवन : विपि कोइराला कयान्सर अस्पत्तालको आपरवाहीका कारण लम्जुङ जिल्ला दोर्दीका ५० बर्षिय भक्तराज गुरुङगको निधन भएको छ । उक्त अस्पत्तालमा यस्ता लापरवाहीका कारण विगतमा कैयौको मृत्यु भएका छन् । अस्पत्तालको यस्तै लापरवाहीका विरुद्ध र अस्पत्ताल भित्रका अन्य अनेकौ वेथितीका आवाज उठाएर गत भाद्र महिनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन जिल्ला समितिले अस्पत्ताल प्रशासनलाई खवरदारी पनि गरेको थियोे । भरखरै पनि त्यहाँ भित्रका भ्रष्टाचार र आर्थिक अपचलनका अनेकौ घटनाहरु बाहिर आएका छन् । यी यावत समस्याहरुलाई सच्याउन र जनताको नजरमा ढुक्कसँग उपचारको सुनिश्चितता गरियोस अन्यथा भविश्यमा हुने यस्ता घटनाबाट आउने परिणामको जिम्मेवार स्वयम अस्पत्ताल प्रशासन हुनु पर्ने छ भन्दै निम्न…
Read More
बंगलादेशमा प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण

बंगलादेशमा प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण

ढाका : बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ । देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर गरेको छ । बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, 'देशले कानुन बनाउँछ र हामी लागू मात्र गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध।' शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले…
Read More
युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

दुवई,युएई : युएई नेपाली एकता समाजको पाँचौ भेला ४ अगस्त २०२४ का दिन दुवईको सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्दनी रेग्मीले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाई शब्दबाट उपेन्द्र नेपाली र संगितबाट रक्तिम साँस्कृतिक अभियानद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका प्रतिनिधि तथा आयोजक समितिका संयोजक बाबुराम रेग्मीले मैनबत्ती प्रज्वलन गरेर तालीको गडगडाहटमा पाँचौ केन्द्रीय भेलाको उद्घाटन गर्नु भएको थियो। उहाँले भेलाको औचित्यताबारे प्रस्ट पार्दै उपल्लो समितिमा रहेका केही अराजक, अनुशासन विहीन तत्वहरुले आफ्नो दक्षिणपंथी अभिष्ट पुरा गर्नको लागि विभिन्न बहानामा विधान विपरीत…
Read More
जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

काठमाडाैँ : गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।…
Read More
बेंगलोरमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन

बेंगलोरमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन

बेंगलोर : अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोरको पूर्वी भागमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन भएको छ । नेपाली मजदूरहरूकोबीचमा ४ अगस्त २०२४ का दिन राजेश विष्ट र तिलसरा विष्टको पहल तथा समाजका केन्द्रीय सचिव राम सिंह विक र सदस्य शेरसिह विकको विशेष उपस्थितमा भेला सम्पन्न भई समिति गठन भएको हो । समितिमा अध्यक्ष नारायण देवकोटा रहेको ३१ सदस्यीय बेंगलोर पूर्व नगर समितिको निर्माण भएको छ । जसमा , उपाध्यक्ष चन्द्र पाण्डे, सचिव कृष्ण बटला, सह सचिव रतनपूरा हमाल, कोषाध्यक्ष जानकि न्यौपाने, सदस्यहरु राजेश बिस्ट, तिल्सरा बिस्ट, नरेस न्यौपाने, बन्सत जोसि,…
Read More