काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसारलाई तीव्रता दिएको छ ।
महाधिवेशनको प्रचारको क्रममा जिल्लाकाे नाका र पालिकाकाे नाकाहरुमा होडिङ बोर्डहरु झुण्ड्याइएका छन् भने सडकमा भित्ताहरुमा महाधिवेशनका मूल नाराहरुसहित वाल पेन्टिङ गरिएको छ ।
यसैक्रममा ३ नं. प्रदेश अन्तरगत काभ्रे जिल्लामा वालपेन्टिङ र होडिङ बोर्ड झुण्ड्याउने कार्यलाई तीव्र दिएको जिल्ला सेक्रेटरी ढाेगप्रसाद अधिकारीले जन बिहानीलाई बताउनु भएकाे छ ।
“राष्ट्रिय एकता महाधिवेशन भव्य रुपमा सफल पारौं, नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं !” भन्ने मूल नारालाई होडिङ बोर्ड तथा भित्ते लेखनमा उल्लेख गरिएको छ ।
यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै साँझ ७ बजे जुममार्फत् महाधिवेशन प्रचार प्रसार समितिको भर्चुअल बैठकको आयोजना गरेको छ ।