सन्त बहादुर नेपाली

पार्टी एकता समयको माग र आवस्यकता

पार्टी एकता समयको माग र आवस्यकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) बीच पार्टी एकता सम्पन्न भएको छ ।यो एकताप्रती विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक दुबै प्रकारका टीका टिप्पणी बाहिर आएका छन । ती सबै टिप्पणीप्रती यहाँ चर्चा गर्न खोजिएको छैन , बरु यो एकता किन आवश्यक छ र यसले नेपालको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनमा कस्तो प्रभाव पार्न सक्दछ भन्ने बिषयमा नै मुख्य चर्चा गरिने छ । एकताको मूल आधार बिचार , राजनीतिलाई केन्द्रमा राखेर दुबै पक्ष ले छलफल गर्दै आएको र आधारभुत बिषयमा समान धारणा रहेकोले पार्टी एकता सम्भव रहेको कुरा जगजाहेर नै छ । र ,कतिपय बिषयमा मतभेद रहेको कुरा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बीच पार्टी एकता मे दिवसमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल) बीच पार्टी एकता मे दिवसमा हुने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का महासचिव सन्त बहादुर नेपालीले आज एक संयुक्त प्रेस–वक्तव्यमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बीचको पार्टी एकता गर्ने लामो समयदेखि पार्टी एकताका लागि चलिरहेको वार्ता प्रक्रियालाई अव यही २०८१ वैशाख १९ गते ऐतिहासिक मे दिवसका अवसरमा पार्टी एकताको घोषणा गर्ने निर्णयमा पुगेको जानकारी दिइएको छ । वक्रव्यमा यो अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै साथै अन्य क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपीलसमेत गरिएको छ ।संयुक्त प्रेस–वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :
Read More