
संगठन र संगठन सञ्चालनको पद्धतिबारे
संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ। संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन। किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १.…