धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति
संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।वक्तव्यमा सुशीला कार्की नेतृत्वको…