क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र
काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…