Blog

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न  अबदेखि पाउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न अबदेखि पाउने

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘सवारी चालक अनुमति पत्रको…
Read More
नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

नेकपा विप्लव कञ्चनपुरका ९ नेताकार्याकर्ताले किन त्यागे पार्टी

कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी (विप्लव) कञ्चनपुरका ९ नेता कार्यकर्ताहरूले पाटी परित्याग घोषणा गरेका छन । शनिबार संयुक्त एक प्रेस विज्ञप्ती निकालेर उनीहरू सामुहिक रूपमा पाटी घोषणा गरेको जनाएका छन । नेकपा विप्लवका केन्द्रीय प्रतिनिधी राजेन्द्र विष्ट(परिर्वतन),जिल्ला सचिवालय सदस्य मनमोहन जोशी(एमएनसी), बिरेन्द्र जोशी(बिएनसी), जिल्ला सदस्य अमिर कुँवर(अमिर सी), गोबिन्द धामी(गोबिन्द सी),नरेश विष्ट(नरेश सी),बिरेन्द्र विष्ट(बिरेन्द्र सी), सुरेश नेपाली र जय बहादुर ऐर(जया सी)ले हस्ताक्षर गर्दै पाटीबाट अलग रहेको घोषणा गरेका छन । ९वटै नेता कार्यकर्ताहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तीमा नेपालका राजनीतिक दलहरूले समाजवादको नाराको जतिसुकै फलाके पनि उनीहरू आन्तरिक जिवनमा समाज र राष्ट्र लक्षित स्वयमसेवी भावनाको विकासका लागि आजका दिनसम्म…
Read More
क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेशको चेतावनी

क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेशको चेतावनी

कञ्चनपुर : क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले भ्रष्टाचारी, कमिसनखोरीदेखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कार्बाहीको चेतावनी दिएको छ ।क्रान्तिकारी कम्युनिष्ट पाटी निकट युवा संगठन नेपाल सुप प्रदेशले प्रदेशमा रहेका सरकारी निकामा हुने अनियमितता, भ्रष्टाचारदेखि घुसखोरी बिरुद्धमा एक्सनमा उत्रिने चेतावनी दिएको हो । सोमबार युवा संगठन नेपाल सुप प्रदेश कमिटिले धनगढीमा पत्रकार सम्मेलन गर्दै बेथिति बिरुद्धमा संघर्षमा उत्रिने चेतावनी दिएको छ । युवा संगठन नेपाल सुप प्रदेश कमिटिका संयोजक दिपेन्द्र सिह ऐरले बेथिति बिरुद्धमा संगठनले एक्सनमा उत्रिने बताए । संयोजक ऐरका अनुसार सुप प्रदेश सरकारलाई सरकारी उद्योग, कलकारखाना उद्योग संचालनका लागि दवाव दिने, सीमा क्षेत्रमा भारतीय पक्षर््ाबाट हस्तक्षेप भईरहका…
Read More
कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग

कोदो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान दङ्ग

माघ ८ गते  । कोदोले पछिल्लो समयमा धान र मकैभन्दा झन्डै दोब्बर मूल्य पाउन थालेपछि सिन्धुली जिल्लाका किसान दङ्ग छन। सिन्धुली जिल्लामा केही वर्ष पहिलेसम्म हेपाइको बालीमा पर्ने कोदो खेतीबाट पछिल्लो समयमा अन्य बाली धान, मकै र गहुँको तुलामा झन्डै दोब्बरले आम्दानी हुन थालेपछि किसान कोदो खेतीप्रति आकर्षित बनेका हुन् । अहिले जति कोदो फलाए पनि व्यापारीले घरमै आएर राम्रो मूल्य दिएर खरिद गरी लैजाने गरेका छन । घरेलु मदिरा र ढिँडोका लागि कोदोको माग बढी हुन थालेपछि किसान उक्त खेतीप्रति आकर्षित हुन थालेका हुन् । व्यापारीले घरेलु मदिरा बनाउन र बिपी राजमार्गमा खुलेका होटलले ढिँडो बनाई बिक्री गर्न कोदो लैजाने गरेको उहाँले…
Read More
जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

माघ ८ गते । जाजरकाेटमा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भइ घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।  स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार…
Read More
पछिल्लो जलस्रोत सम्झौता र त्यसमा अन्तरनिहित राष्ट्रघात

पछिल्लो जलस्रोत सम्झौता र त्यसमा अन्तरनिहित राष्ट्रघात

लेखक : धर्मेन्द्र बास्तोला ‘कञ्चन’ गत पुस १९, २०८० का दिन नेपाल सरकार र भारत सरकारबीच चारबुँदे सहमति भयो । यो सहमति केवल सहमति मात्र नभएर नेपालका लागि दूरगामी असर पार्ने सम्झौता थियोे । सहमतिका बुँदाहरूमध्ये द्ररगामी असर पार्ने तीन प्रकारका छन् जसमा प्रथम, आगामी २५ वर्षका लागि भारतसँगको ऊर्जा व्यापार सम्झौता जसमा आगामी १० वर्षमा १० हजार मेघावाट विद्युत् निर्यात गर्ने रहेको छ । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा आगामी २५ वर्षका लागि ऊर्जा व्यापार सम्झौता गरियो । भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत् लैजाने विद्युत् निर्यातसम्बन्धी द्विपक्षीय…
Read More
तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ : तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् ।…
Read More
बाँझो बगर यसरी बन्याे करेसाबारी

बाँझो बगर यसरी बन्याे करेसाबारी

म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रूपान्तरण गरेका छन् । मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधि र कर्मचारीले श्रमदान गरेर तरकारी खेती गरेर हराभरा बनाएका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले व्यायामका लागि फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले करेसाबारीमा श्रमदान गर्ने गरेको बताए । “कृषि र प्राविधिक शाखाका कर्मचारीको आवास भवन परिसरको यो बगर पहिले झाडी थियो । झाडी फाँडेर खनजोत गरी करेसाबारी बनाएका हौँ”, उनले भने, “करिब दुई रोपनी क्षेत्रफल बाँझो जमिनमा मौसमी र बेमौसमी तरकारी खेती गरेका छौँ ।” शारीरिक व्यायाम, फुर्सदको समय सदुपयोग, उत्पादन वृद्धि र घरायसी…
Read More
अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघको एकता भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा सम्पन्न भएको एकता भेलाले बालकृष्ण सिटौला संयोजक र रामशरण तिमिल्सिना सहसंयोजक रहेको ४१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सहसंयोजक ईश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता भेलामा महासंघका सहसंयोजकद्वय बसन्त बोगटी, बिनोद थापाको आतिथ्यता रहेको थियो । एकता भेलामा प्रमुख अतिथि ईश्वर तिमिल्सिना, अतिथिहरु बसन्त बोगटी र विनोद थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो । बालकृष्ण सिटौलाको अध्यक्षता र रामशरण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न एकता भेलामा बालकृष्ण…
Read More
जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

जापान बन्यो चन्द्रमामा पुग्ने पाँचौं देश

जापानको स्लिम मून मिसनको यान सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेको छ । योसँगै जापान आफ्नो यानलाई चन्द्रमाको सतहमा सफ्ट ल्यांडिङ गराउन सफल विश्वको पाँचौं देश बनेको छ । यसअघि अमेरिका, रुस, चीन र भारतले यसमा सफलता प्राप्त गरिसकेका छन् । जापानको Smart Lander for Investigating Moon चन्द्रमाको सतहमा अवतरण गरेको हो । जापानी अन्तरिक्ष एजेन्सी जाक्साका अनुसार अवतरणका लागि उसले ६ सय गुणा ४ हजार किलोमिटरको क्षेत्र खोजी गरेको थियो र यान सोही निर्धारित इलाकामा सटिक ढंगले अवतरण गरेको छ । त्यो क्षेत्र चन्द्रमाको ध्रुवीय क्षेत्रमा रहेको छ । निर्धारित अवतरण स्थलको १०० मिटरको दायरभित्र यान अवतरण गराउने जाक्साको योजना…
Read More