क्रान्तिकारी युवा संघ नेपालको भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी युवा संघ नेपाल राष्टिय सम्मेलन आयोजक समितिको आयोजनामा ललितपुर जिल्लाको कुपण्डोलस्थित पार्टी कार्यालयमा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली सुदर्शनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी युवाहरुको भूमिकामाथि परिचर्चा गर्नुभएको थियो ।

उहाँहरुले युवाहरु अहिले मुख्य रुपमा बेरोजगारीको समस्यासँग जुधिरहेको चर्चा गर्दै बेरोजारी समस्याको मुख्य रुपले जिम्मेबार राज्य र राज्यव्यवस्था रहेको बताउनु भयो । उहाँले युवाहरुले स्वदेशमै रोजगारी पाउन र देशलाई स्वाधीन तथा आत्मनिर्भर बनाउन बर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने र त्यसका लागि बेरोजगार युवाहरुलाई संगठित गरी नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने दिशामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

क्रान्तिकारी युवा संगठनका संयोजक दोर्जी शेर्पाको अध्यक्षता र असल वाइवाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी युवाहरु जितु मगर, विजय लामा, परशुराम राई लगायतले युवाहरुले युवाहरुलाई सही विचार, दृष्टिकोण र योजनाको खाँचो रहेको कुरा राख्दै युवाहरुको साहस र विवेकलाई सही ढंगले परिचालन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको थियो । कार्यक्रममा पार्टी तथा युवा संगठनका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?