
आख्यान विधा अन्तर्गत उपन्यास विधा पछिल्लो समयमा निकै चर्चित वन्दै गएको छ । आख्यानमा गद्य विधाको वृहत रुप उपन्यास हो । जगत् र जीवनका समग्र पक्षहरुलाई आख्यानात्मक विस्तार गर्नु उपन्यासको मुख्य विशेषता हो (नेपाल,२०७८) । लेखन आँफैमा जटिल कार्य हो त्यसमा पनि समाजको समग्र पक्षहरुलाई समावेश गरी अक्षरको सहायताले उपन्यास जस्तो वृहत कृति तयार पार्नु कठिन कार्य हो । यस्तो कठिन कार्य गर्ने साहस गर्नुभएको छ युवा साहित्यकार राजकुमार श्रेष्ठले । राजकुमार श्रेष्ठ करीव एक दशक अघि जागिरको सिलसिलामा दैलेख आउँदा उहाँसंग मेरो चिनजान भएको थियो । छोटो समयमै हामीविचको मित्रता घनिष्ट वनेको थियो । जागिर सरुवा भएपछि उहाँ दैलेखबाट काठमाडांै गए पनि हाम्रो मित्रता भने झन प्रगाढ वन्दैथियो । आँफ्नो जागिरे जीवनको व्यस्त समयलाई पनिव्यवस्थापनगर्दै साहित्यिक क्षेत्रमाउहाँको लेखनी निरन्तर रहेको प्रमाण उहाँँको मुहार पुस्तिकाको भित्तामा निरन्तर आइरहने साहित्यिक रचनालाई लिन सकिन्छ यसै क्रममा“रोयल चारघरेनामकउपन्यास तयार पारी दैलेख पठाएकोछु भनी उहाँले पठाएको सन्देशले म हषीर्त बनेँ । पुस्तक प्राप्त गर्न आतुर भएर वसेको म देउती पुस्तक पसल दैलेखका प्रोप्राइटर मित्र हस्त शाहीले फोन मार्फत दैलेखमा रोयल चारघरेको आगम नभएको जानकारी गराए पश्चात् पुस्तक प्राप्त गरी अध्ययन गर्ने अवसर पाएँ ।
१. परिचय :
रोयल चारघरे साहित्यकार राजकुमार श्रेष्ठद्वारा रचित एक उपन्यास हो । जन बिहानी राष्ट्रिय मासिकले प्रकाशन गरी बजारमा ल्याएको यो उपन्यासमा २१ परिच्छेद रहेका छन् । सवै परिच्छेदमा उल्लेख गरिएका शब्द र कथा वस्तु उपन्यासको शीर्षकलाई न्यायदिन सफल छन् । उपन्यासको आवरणमा चित्रात्मक रुपमा चारघरेका गाउँवस्ती देखि काठमाण्डौ शहरसम्मको परिवेशलाई चित्रण गरेको पाइन्छ । आवरणबाट पनि प्रष्ट हुन्छ की यो उपन्यासमा धनकुटाको चारघरेदेखि काठमाण्डौ शहरसम्मको परिवेशमाभए गरेका यथार्थ घटना र परिवेशलाई समेटिएको छ । यसरी हेर्दा यो उपन्यास गाउँघरका, कुनाकन्दरादेखि शहर वजारसम्मका विभिन्न कथा वस्तुको प्रतिनिधि उपन्यास हो । डा. रामकृष्ण आचार्यले सम्पादन गरी यस उपन्यासलाई थपओजिलो वनाउनु भएको छ । उपन्यासकारले उपन्यासको सुरुवातीमा आफूलाई जन्मदिने आमालाई यस युगकीक्रान्तीकारी नारीको संज्ञा दिँदै आमाको चरणमा यो उपन्यास समर्पित गरेका छन । उपन्यासकारको यो कदमले पनि यस उपन्यास भित्र आमाले आमाहुन र मातृत्वको जिम्मेवारी वहन गर्न लड्नुभएको युद्धरत जिन्दगीको यथार्थ कथा छ भनीअनुमान गर्न पाठकालाई कुनै गारो छैन । यस उपन्यासको प्रथमअध्यायमा चारघरेको सामाजिक आर्थिक तथा प्राकृतिक पक्षलाई एकदमै सुन्दर तरिकाले वर्णन गरिएको छ । प्रकृतिले मौसम अनुसार ल्याउने परिवर्तन संगै चारघरेलाई घुम्टो ओढाएरत्यहाँका मेला पखेराहरुले चारघरेको रंग फेरिदिने र त्यही वदलिँदो मौसम र परिवेशसंगै उपन्यासकारले आँफूले विताएका वाल्यकालका दिनहरुको वर्णन गरेका छन । यसरिनै क्रमशःअन्य अध्यायहरुमा २, अरुण र हाट, ३. अनाम, ४.इतिहास ढलेको दिन, ५. हुम्बुङे बलि, ६.मित साइनो, ७. राजाको सवारी, ८. कोइला, कन्तुर र सपना, ९. घुमाउरा संयोग, १०. ओइ उ….., ११. जति देउरालीउतिपाती, १२. जीवन शुन्य हो , १३. बिदाबाचल चित्र, १४.गेट पार गरेपछि, १५. रोयल पाटन, १६. स्पर्श, १७. विद्रोह, १८. रोयल विलाशपुर , १९. प्रिय रारा, २०. सेलरोटी फन्को, २१, अन्तिम पृष्ठ रहेका छन । यस उपन्यासमा रहेका सवै अध्यायहरुलाई हेर्दा विभिन्न घुम्तिहरुमा घटनाहरुको संयोजन र कथावस्तुहरु एक आपसमा अन्तरसम्बन्धित रहेका छन जुन रोयल चारघरेको सुन्दर पक्षहो । माथि उल्लेखित अध्यायहरुमा उपन्यासकारले आफ्नो वालापन देखि वर्तमानसम्म देखे भोगेका कुराहरुलाइ वढो कलात्मक तरिकाले व्यक्त गरेका छन । चारघरेको सेरोफेरो, घर धान्न आमाले गरेको संघर्ष, हजुरबाको विरासत र दौतरीको सम्वन्ध लगायतको सामाजिक यथार्थतालाई समेटिएको छ यस उपन्यासमा ।

कथा वस्तु :
रोयल चारघरे उपन्यासमा उपन्यासकारले कुनै काल्पनिक कथा वस्तुलाइ जवरजस्त रुपमा समावेश गरेका छैनन् । उपन्यासकारले आँफ्नो जन्मभूमि चारघरेदेखि नेपालको राजधानी काठमाडाैँलाई बडो सुन्दर तरिकाले संयोजन गरेका छन् । यस उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण गरिएको छ । गाउँघरमा मेला अर्म पर्म गरी जीविकोपार्जन गर्ने, मेलापाखामा उकाली ओराली गर्दै जीवनयात्रा तय गरेका नेपाली आमाहरुको कथा छ। त्यस्तै घरव्यवहार धान्न घरिनाहरुलाइ घरको जिम्मा लगाएर पु्रुषहरु घर वाहिरको काममा तल्लिन हुनुपर्ने, हाट वजार तथा अन्यश्रम गर्दै घरको अस्तित्वलाई वचाइराख्न महिला र पुरुषविचको आपसी समझदारी तथा सहकार्यको कथालाई यस उपन्यासले चित्रण गरेको छ । त्यस्तै घर मुलीको नाताले बा,हजुरबाहरुले घरको मुलखाँवोको रुपमा भूमिका निर्वाह गर्र्र्दै अनेकन दुखः कष्ट सहदै अाँफ्नो जिम्मेवारी वोध गर्न गरेका अलिखित संघर्षको कथालाई पनि यस उपन्यासले चित्रण गरेको छ । आमा साँच्चै महान शब्द हो छोरा छोरीको खुशीको लागि आफ्ना सारा खुशीहरुलाई तिलाञ्जली दिन सक्छन आमाहरु । यस उपन्यासमापनिआमाले घर व्यवहार चलाउन गरेको दुखः कष्टलाई वर्णन गरिएको छ । पाँच सन्तानको लालन पालनका लागि आमाले गरेको दुख र संघर्षलाई सम्पूर्ण आमाहरुको प्रतिनिधिपात्रका रुपमा व्याख्या गरेकाछन। आफ्नो सन्तानलाई सफल र सक्षम वनाउनका लागि आमाले कति सम्म संघर्ष गर्दछन र आफ्ना भावि सन्ततिप्रति आमाको कति उत्तरदायी भूमिका हुँदो रहेछ भन्ने कुरालाई उपन्यासले प्रष्ट पारेको छ ।

नेपाली समाजवर्गका आधारमाविभाजित छ । अझै पनि समाजमा पछाडि पारिएकावर्ग तथा समुदायका मानिसहरु अनामवनेर वाँच्न विवश छन । समाजमा रहेको त्यस्तो पक्षलाई उपन्यासकारले उपन्यासको अध्याय ३ मा लाटीलाई प्रतिनिधि पात्र वनाएर उक्त सामाजिक परिवेशको व्याख्या गरेका छन । मानिस वाध्यताको भुमरीमा परेपछि जस्तोसुकै पीडा पनि सहन सक्छ भन्ने उदाहरणका रुपमायस उपन्यासमा आमाको विवशतालाई हेन सकिन्छ । जुनीभर संगै जिउने कसम खाएर विवाह वन्धनमा वाधिएका श्रीमानले अरुनै कसैलाई शिरमा राखेर हिडेपछि नाबालक छोराछोरीको पालनपोषण र शिक्षादीक्षाका लागि यस उपन्यासकी पात्र आमाले गरेको संघर्षको कथा मन छुने खालको छ । श्रीमानले घृणाको पात्र वनाउँदा पनि साहस दिने बुबा सरीका ससुराबाको निधनपछि विक्षिप्त वनेकी म पात्रकी आमाको कथाले समाजमा हिंसाको सिकार वनेका सम्पूर्ण महिला दिदीबहिनीहरुको पिडालाई उजागर गरेको छ । नेपाली समाजमाप्रायःगरी निम्नवर्गीय मानिसहरु छन । उनीहरुको जीवनशैली पीडादायक र संघर्षशीलहुने गर्दछ । मेलापाखा, अर्मपर्म गरेर जीवन यापन गरेका हुन्छन । निम्नवर्गीय समाजको यथार्थ चित्रण गरिएको छ यस उपन्यासमा। गाउँमा शिक्षाको अवसर प्राप्त नहुँदा माध्यमिकतह सम्मको शिक्षा हाँसिल गर्नका लागि पनि गाउँ छाडेर शहर जानु पर्ने वाध्यता अझै पनि कायमै छ । यस कथाको प्रमुखपात्रका रुपमा रहेको मपात्रले आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि गाउँ घर छाडेर शहरमाअर्काको घरमाकामगर्दै अध्ययनलाई निरन्तर गराउन गरेको संघर्ष कम पीडादायक छैन । उपन्यासकारले यस उपन्यासमा नेपालमा अझै पनि गाउँ वस्तीसम्म शिक्षाको पहुँच नपुगेको र धैरै बालबालिकाहरु शिक्षाको सहज पहुँचमा पुग्न नसकेको र चाहे अनुरुपको शिक्षा ग्रहण गर्न नसकेको तथागाउँदेखि अध्ययनको लागि शहरमा जाने विद्यार्थीहरुले अर्थिक अभावका कारण झेल्नु परेको दुःख र संघर्षलाई पनि प्रष्टरुपमा उल्लेख गरेका छन ।

पछिल्लो समय नेपालीयुवाहरु विदेसिने क्रम वढ्दो छ । देशका ग्रामिण तथाशहरी क्षेत्रकायवाहरु विदेशमा रोजगारीका लागि भौतारिएका छन । युवा शक्ती विदेशिदा तत्कालीनअवस्थामा रेमिट्यान्स मार्फत देशले केही अवर्थिक लाभ लिने भए पनि यसको दीर्घकालीन असर निकै भयावहहुने देखिन्छ । यसरी देशको श्रमशक्ति र प्रतिभा बाहिरिने क्रम वढ्दै जाँदा पनि सरकारी तवरबाट स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाशक्तिलाई स्वदेशमै वस्ने वातावरण सृजना गर्ने उपयुक्त नीतिनिर्माण गर्ने कुरामा केही प्रगति भएको छैन । परिवारको भविष्य उज्ज्वल वनाउने सपना बोकेर विदेशिएका नेपालीहरुका पीडा सुनीन सक्नुका छन । लेखकले विदेशिएका आफन्तहरु लाशवनेर वाकसमा आउदा परिवारका सदस्यहरुको हालत कस्तो हुन्छ भन्ने कुरालाई माइली कमिनीको कथाको आधारमा उल्लेख गरेका छन । साथै गाउँले परिवेशमा हुर्किएको एउटा वालकले शिक्षा हासिल गर्नका लागि गरेको संघर्ष र मानिसको इच्छाशक्ति भयो भने जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्छ भन्ने कुरा पनि यस उपन्यासमा उल्लेख गरिएको छ ।
पात्रहरु : पात्रलाई उपन्यासको प्रमुखतत्वका रुपमा हेरिन्छ । कुनै पनि उपन्यासमा कथावस्तुलाई अगाडि वढाउने क्रममा विभिन्न पात्रहरुको माध्यमबाट लेखकको सन्देश व्यक्त गर्ने र पाठकहरु संग भावनात्मक सम्वन्ध स्थापना गर्ने कार्यमा पात्रहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उपन्यासमा भएका पात्रहरुले कथालाई गति दिनुका साथै पात्रहरुविचको आपसी सम्वन्ध, सम्वाद र कार्य शैलीले उपन्यासलाई उत्कृष्टता प्रदानगर्दछ । यस उपन्यासमा भएका पात्रहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
प्रमुखपात्र :
यस उपन्यासमा प्रमुख पात्रका रुपमाम पात्र रहेको छ भने म पात्रलाई सफल वनाउन सहयोग गर्ने पात्रहरु आमा, र हजुरबालाई पनि प्रमुख पात्रकै रुपमा उल्लेख गर्न सकिन्छ ।
सहायक पात्र :
बुबा , दाजु,
गौणपात्र :
लाटी, लाटीको छोरो, कुमार सिरेस्ट, सृष्टि मिस, काउले कान्छो, पाजु, रामे, लाली, लालीकीआमा , विर्खे, मामा, रोचक, दिदी, अभिमान, माइली, पष्पा, समिरा, काया, रबिन, सुनिल, आयाम, गिरविर, मितिनीआमा, मितबुबा, ऊर्मिला, निर्मली, उर्मा, विरनन्द।
अनुकूलपात्र :
आमा, हजुरबा, दाजु, विर्खे, मामा, मितदाइ
प्रतिकूलपात्र :
बुबा , सानिमा,
लिङ्गकाआधारमापात्रः
पुलिङ्गीपात्र : म, बुबा, हजुरबा, लाटीको छोरो, कुमार सिरेष्ट, काउले कान्छो, पाजु, रामे विर्खे, मामा, रोचक, अभिान, रविन, सुनिल, आयाम, गिरविर, विरनन्द, मितबुबा
स्त्रीलिङ्गीपात्र :
आमा,लाली, लाटी, सृष्टि मिस, लालीकीआमा, दिदी, माइलि, पुष्पा, समिरा, काया, मितिनीआमा, उर्मीला, उर्मा
सैद्धान्तिक कसिमाउपन्यास :
विषयवस्तुका आधारमा उपन्यासलाई विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ । सामान्यतया कथा वस्तुका आधाारमा हेर्दा उपन्यासलाई सामाजिक, साँस्कृतिक, जीवनीमूलक, जासुस , मिथकीय लगायत विभिन्न भागमा वर्गीकरण गरिन्छ (वराल,२०५८)। सैद्धान्तिक कसिबाट हेर्दा रोयल चारघरे उपन्यास सामाजिक यथार्थवादीधाराको उपन्यासको रुपमा हेर्न सकिन्छ । उपन्यासकारले यस उपन्यासमा नेपाली समाजको यथार्थतालाई समेटेर कथाको रुपमा प्रस्तुत गरेका छन । खास गरी नेपाली समाजमाआम मानिसहरुले जीवनयापनका लागि गर्ने संघर्ष, ग्रामीण समुदायका मानिसहरुको जीवनशैली, ग्रामिण क्षेत्रमा वसोवास गर्ने समुदायले शिक्षा, स्वास्थय सेवा लगायतका सेवा सुविधाहरुबाट वञ्चित हुँदा भोग्नु परेका समस्याहरुलाइ उपन्यासकारले यस उपन्यासमा समेटेका छन । उपन्यासमा उल्लेख गरिएको कथा र यस उपन्यासमा भएका पात्रहरुको प्रस्तुतिलाई नियाल्दा यो उपन्यास सामाजिक यथार्थवादी धारामा लेखिएको उपन्यास हो भन्न सकिन्छ । त्यस्तै समाजमाभए गरेका यथार्थ घटनाहरुलाइ कथाको रुपमा व्यक्त गरिएकोले यसमा अति यथार्थवादी धारामाआधारित पनि मान्न सकिन्छ ।
निष्कर्ष
रोयल चारघरे उपन्यासनेपाली समाजको यथार्थतालाई चित्रण गर्न सफलउपन्यास हो । उपन्यासकारले यस उपन्यासमा कुनै कपोलकल्पित घटनालाई कथावस्तुको रुपमा समावेश नगरी समाजमाभए गरेका विभिन्न समसामयिक घटना क्रमलाई कथावस्तुको रुपमा उल्लेख गरेका छन् ।उपन्यासकारले उपन्यासको प्रमुखपात्रका रुपमा रहेको म पात्रलाई आधार मानीउसको वाल्यकाल देखि जागिरे अवस्था सम्मका विभिन्न घटनाक्रम र संघर्षहरुलाई वडो सुन्दर रुपमा शब्दमा लामा उनेका छन । यहाँ उपन्यासकारले उपन्यासमा प्रस्तुत गरेको कथा प्रतिनिधि कथा हो । नेपाली समाजमा कथाको म पात्र जस्ता धेरै पात्रहरु छन जसले आफूलाई सफलवनाउनअनेकन संघंषका पहाडहरु चढ्नु परेको छ । विशेष गरी नेपालको ग्रामीण क्षेत्रका मानिसहरुले आफ्ना सन्तानलाई भनेजस्तो शिक्षा दीक्षा प्रदान गर्न नसकेको अवस्थालाई उल्लेख गरिएको छ । सामान्य शिक्षा ग्रहण गर्नका लागि गाउँघरदेखि टाढा जानुपर्ने वाध्यतालाई उपन्यास माउल्लेख गरिएको छ । भनिन्छ संघर्षबाट खारिएको मान्छेले आफ्नो जीवनको वास्तविक लक्ष्य प्राप्त गर्न सक्दछ । लगनशीलता, धैर्यता र निरन्तरताले मानिसलाई सफलवनाउन सक्छ भन्ने भाव यस उपन्यासमा पाइन्छ । उपन्यासकारले उपन्यास लेख्दा सकेसम्म उपन्यासको सैद्धान्तिक पक्षलाई ध्यान दिएको पाइन्छ । विभिन्न आयामका घटनाक्रमहरुलाई कलात्मक रुपमा व्याख्या गर्दै रुचिपूर्ण वनाउने कुरामा रचनाकारले धेरै मेहनत गरेको पाइन्छ । उपन्यासमा प्रयुक्त भाषाशैली पनि सरल सहज रहेको छ । उपन्यासकारले आँफनो समाजमा वोलीचालीको क्रममा प्रयोग गर्ने ठेट भाषालाई कथा लेखनको क्रममाप्रयोग गरेकाले अन्य समाजमा वसोवास गर्ने आम पाठकहरुलाई केही शव्दावलीहरु असामान्य पनि लाग्न सक्दछ ।यद्यपि रचनाकारले उपन्यास तयार पार्ने क्रममा उपन्यास भित्र समावेश गरेका पात्र र कथावस्तुले उपन्यासलाई न्यायदिएको छ । आफ्नो भोगाइ र सामाजिक परिवेशलाइ अवलोकन गरी कलात्मक रुपमा व्याख्या गर्दै एउटा उपन्यास तयार पार्ने आट गर्नु पनि चान चुने कुरा होइन । रोयल चार घरे उपन्यासले आम पाठकको मन जित्न सकोस् रचनाकारको लेखनीनिरन्तर रुपमा चलिरहोस् शुभकामना ।
#राजकुमार श्रेष्ठ #रोयल चारघरे #कृष्ण प्रसाद देवकोटा