पोखरा : क्रान्तिकारी युवा संघ, नेपाल ४ नम्बर प्रदेशको भेला पोखरामा शनिबार सम्पन्न भएको छ । भेलाले उत्तम थापाको सम्योजनमा १५ सदस्यीय ४ नम्बर प्रदेश क्रान्तिकारी युवा संघ नेपाल निर्माण गरेको छ । अन्य सदस्यहरुमा राजकुमार सुनार(कास्की), उज्ववल अधिकारी(कास्की) हिमाल आले(कास्की), सुशील रानाभाट(नवलपुर), बिनोद बिस्ट(कास्की),योगेन्द्र पौडेल(नवलपुर), हिरा पुन(बागलुङ),
कुमार थापा(बागलुङ), लेख बहादुर आले(तनहुँ), कर्ण गुरुङ(स्याङ्जा), प्रेम बहादुर पुन(बागलुङ), गीता कुवर(कास्की ), डम्बर छन्त्याल(बागलुङ) र दान बहादुर श्रीस(कास्की) रहेका छन ।
भेलामा पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश सम्योजक कामरेड चिन्तामणि पौडेलको प्रमुख आथित्यता रहेको थियो । भेलालाइ पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसम्योजक कामरेड केश बहादुर परियार, पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा प्रदेश कार्यालय सचिब कामरेड आकाश गौतम,पार्टीका केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्य तथा सास्कृतिक मोर्चाका प्रदेश इन्चार्ज कामरेड बिक्रम थापा, अखिल क्रान्तिकारीका ४ नम्बर प्रदेश सम्योजक कामरेड लक्ष्मण बिक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कास्की जिल्ला सहसम्योजक कामरेड भिम बहादुर श्रीशले भेला सफलताको शुभकामना दिएका थिए ।
भेलामा केन्द्रिय महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसम्योजक कामरेड केश बहादुर परियारबाट क्रान्तिकारी युवा संघ नेपाल ४ नम्बर प्रदेश समितिको प्यानल प्रस्तुत भएको थियो ।
ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनेट मौनधारण संगै शुरु भएको भेलामा कामरेड राजेन्द्र पाठकको स्वागत, दिपक गुरुङको सन्चालन र अध्यक्षता कामरेड उत्तम थापाले गर्नु भएको थियो ।