ग्यान्जा लामा/काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला तेमाल गाउँपालिको आज मिति २०८१/४/३० गते भेला सम्पन्न गरेको छ ।
उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको जिल्ला संयोजक ढोगप्रसाद अधिकारीले गर्नु भएको थियोे भने बैठकको अध्यक्षता जेष्ठ नागरिक काभ्रे जिल्ला कमिटी सदस्य भिम राज तामाङले गर्नु भएको थियो । बैठकमा प्रदेश कमिटी सदस्य ग्यान्जा लामा क. भौतिक र जिल्ला कमिटी सदस्य रबिन चौलागाईं रहनु भएको थियो ।
उक्त भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउँ पालिकाको सेक्रेटरीमा क.सुर्यमान मोक्तान निर्बाचित हुनु भएको छ भने उहाँको अध्यक्षतामा नौं सदस्यीय नयाँ कमिटी चयन भएको छ। सदस्यहरुमा भिमराज तामाङ, लालमान तामाङ, (क) लालमान लामा (ख ) इन्द्रमान तामाङ, साइला तामाङ, टेक बा तामाङ रहेको छ भने बाकि तिन सदस्यीय थप गर्न मिल्ने गरि निर्णय गरिए छ ।
बैठकमा दश बर्से माहान जनयुद्ध हुँदै जनाआन्दोलन र विभिन्न आन्दोलनमा सहदत प्राप्त गर्नु हुने महान सहिदहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै बैठक सुचारु गरिएको थियो भने तेमाल गाउँ पालिका नब निर्बाचित सेक्रेटरी क . सुर्यमान मोक्तान लगायत सम्पुर्ण नब निर्बाचित कमिटीका सदयहरुलाइ बधाई तथा कार्यकालको सफल शुभकामना सहितको मन्तव्य क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदेश कमिटी सदस्य ग्यन्जा लामा क. भौतिकले राख्नु भयो भने प्रमुख अतिथिमा रहनु भएका पार्टीको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक ढोगप्रसाद अधिकारीले सम्पूर्ण कमरेडहरुको जिज्ञासा माथि को भाव संप्रेषण साथै पार्टी अबधाराणा राख्नु भयो ।
बैठकबाट जिल्ला सम्मेलन को तयारी साथै अगामि हुने भनिएको केन्द्रीय महाधिवेशन को प्रतिनिधि छोनोट र परिप्रेक्षक छनोट गर्ने निर्णय गरियो ।
अन्तमा आजको क्रान्तिकारी कम्युनिस्ट नेपाल को तेमाल गाउँ पालिका भेला सौहर्द पुर्बक सम्पन्न भएको घोषणा गर्दै नब निर्बाचित सदस्य हरु लाइ बधाई तथा शुभकामना व्यक्त गर्दै आज को भेलाका सभा अध्यक्ष क भिमराज तामाङले भेला को समापन गर्नु भएको थियो ।