काठमाडौं : अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) कि छात्रा विभाग प्रमुख तारा संन्ज्यालद्धारा विप्लवलाई प्रश्न गर्दै भनेकि छिन् संगठन सिलु र प्रकाशको मात्र हाे ? उनलेे आज समाजिक संजालमा एक स्टाटस् लेख्दै भनेकि छिन् प्रा.लि. कम्पनी लेख् अब लेटरहेड मा,! । नेताको खुट्टा मालिस गर्न सकिन, हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिन, सुटबुट किन्देर गोजि भर्न सकिन, बर्थ डे मा केक लिएर घर जान सकिन, रक्षा बन्धनमा राखी किनेर घरैमा गैइ बाध्न सकिन!, ठमेलका ठुला ठुला होटेलहरुमा लिएर राख्न सकिन!, आफ्नो खास नेता बनाउन सकिन, च्यानल भन्दा दायाँबायाँ गर्न सकिन! ,लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिन, दाइ दिदी मात्र बनाउन सकेकै कारण आँफुलाई पछि पारिएको समेत बताएकि छिन् । विप्लव विद्यार्थी संगठनकाे विवाद अहिले सतहमा प्रकट भएको छ । संगठनमा नेताहरुकाे प्यादा भएको कारण नेताअनुसारको ईच्छाले गर्दा विवाद चुलिएर सात सात जना सचिव बनाएको समेत एक विद्यार्थी नेताले बताएका छन् । अझै भन्ने हाे भुगाेल पनि पुरा नसमेटि पश्चिम जिल्लाहरुबाट मात्रै संगठनमा पदाधिकारी बनाएको भन्दै तिब्र असन्तुष्टि प्रकट गरिरहेका छन् ।
छात्रा विभाग कि प्रमुख तारा सन्ज्यालले लेखेको स्टाट्स जस्ताको त्यस्तै :
“साच्चै म स्वीकार्छु काम गर्नै सकिएन
नेताको खुट्टा मालिस गर्न सकिएन,
हदै सम्मको चाप्लुसी र चाकरी गर्न सकिएन,
सुटबुट किन्देर गोजि भर्न सकिएन
बर्थ डे मा केक लिएर घर जान सकिएन
रक्षा बन्धन मा राखी किनेर घरैमा गैइ बाध्न सकिएन!
ठमेल का ठुला ठुला होटेलहरु मा लिएर राख्न सकिएन!
आफ्नो खास नेता बनाउन सकिएन ,
च्यानल भन्दा दायाँबायाँ गर्न सकिएन!
लोकल मुर्गा र ब्रान्डेट रक्सी लियर दिन सकिएन,
दाइ दिदी मात्र बनाउन सकिएन,
बनाइयो त केवल संगठन बनाइयो ,
घर ब्याभार लथालिङ बनाइयो,
मधेस भने मधेस गैयो,तराई भने तराई गैयो,
mcc मा घाइते बनियो,भुटानी कान्डमा गिरफ्तार बनियो
दर्जनौ गिरफ्तार परियो ,सयौं दिन हिरासत बसियो,
बम बिस्पोर्ट लगायत दर्जनौं मुद्दा खेपियो,
अति भो अब त सकिदैन
आर्थिक हिसाबले कार्वाही परेका लाई नेता मान्न सकिदैन ,
सास्कृतिक बिचलन भएका,कार्वाही मा परि लामो समय निलम्बित भएका लाई नेता मान्न सकिदैन ,
सिन्को नभाच्ने बर्षौ घरमा बस्ने, एक इकाई सम्म नबनाएको लाई नेता मान्न सकिदैन !
अरे तिम्रा बाउ को बिर्ता हो यो पार्टी ??? हाम्रो पनि ठूलो देन छ लगानी छ जेल नेल भोगेको छौ, पुलिस का बुट खाएको छौ, यातना भोगेको छौ, कालो पट्टि हामिलाइ बाधेको हो पुलिस ले, नेता लाई भेट्न् नदिने ? महासचिव सिलु र प्रकाश शाहिको मात्र हुन ????? सिन्डिकेट लाउने ???, प्रा.लि. कम्पनी लेख् अब लेटरहेड मा,!
हुदाहुदा दुध को साची बिरालो राखिदिय!”