दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको संर्घष नरोकिने चेतावनी दिएको छ ।
पार्टीको सुनवल नगर संगठन समितिले शनिवार अस्नैयामा आयोजना गरेको २९ औं जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिइएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भष्ट्रचार तथा कमिसनखोरीका बिरुद्धको संर्घषलाई घनीभुत पार्ने बताउनुभयो । उहाँले दलाल सत्ता र संसदीय ब्यवस्थालाई जरैदेखि नफाले सम्म संर्घष जारी रहने चर्चा गर्नुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले आत्मसंर्घष, अन्तरसंर्घष र बर्गसंर्घष पार गर्दै आन्दोलन अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेश बहादुर ढकाललगायतले मन्तब्य राख्नुभएको थियो । उक्त पार्टी तथा पार्टी निकट जन संगठनहरुले देशैभर कालोमोसो अभियान तीब्र समेत बनाउदै आएका छन् ।