काठमाडाैँ : अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समितिको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएकाे छ । दोस्रो पूर्ण बैठक संगठनका संयोजक डिबी शाहीको अध्यक्षतामा, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को प्रमुख आथित्यतामा, संगठनका पुर्वअध्यक्षद्धय सरद रसाइली र हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का सह-संयोजक विरेन्द्र शाह, कार्यालय सदस्यद्धय नवराज भट्ट र प्रभात भट्टराईको उपस्थितिमा एतिहासिक एवम् महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न गरेको हाे ।