खेलकुद

सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा

विराटनगर : आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली साङ्ग्रिला मोरङ एफएबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राति सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासगको उपाधि भिडन्त पक्का गरेको हो ।अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औँ मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए…
Read More
आईपीएल जितेका टोलीहरू, दुई टोलीले समान पाँच ट्रफी जिते

आईपीएल जितेका टोलीहरू, दुई टोलीले समान पाँच ट्रफी जिते

काठमाडौं : चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) का सर्वाधिक सफल टोली हुन् । यी दुई टोलीले समान पाँच ट्रफी जितेका छन् । चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा उपाधि जितेको थियो । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा रोहित शर्माको कप्तानीमा उपाधि जितेको थियो । चेन्नाई फाइनलमा पाँच र मुम्बई एक पटक पराजित भएका थिए । चेन्नाईले हारेका पाँचमध्ये तीन फाइनल मुम्बइसँग थियो । बाँकी दुई कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्ससँग थियो । कोलकाताले दुई, सनराइजर्स हैदरावाद, गुजरात टाइटन्स, राजस्थान र डेक्कन चाजर्सले १-१ आईपीएल ट्रफी…
Read More
त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

त्रिकोणात्मक टी–२० आई सिरिज फिनिसिङमा चुकेको नेपाल

काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल बुधबार नेदरल्यान्ड्ससँग मात्रै दुई रनले पराजित भयो । जितको लागि १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनायो । एक समय नेपाल १७ ओभरमा १३७–६ को दयनीय अवस्थामा थियो । जितको लागि नेपाललाई १८ बलमा ४८ रन चाहिएको थियो । क्रिजमा दीपेन्द्र सिंह ऐरी २८ रन र करण केसी ३ रनमा थिए । नेदरल्यान्ड्सले स्पिनर आर्यन दत्तलाई बलिङमा लगायो । दत्तको पहिलो बललाई दीपेन्द्रले पुल सट हान्दै विशाल छक्कामा परिणत गरे । दोस्रो र पाँचौ बलमा दीपेन्द्रले नै चौका हानेपछि यो ओभरमा १८…
Read More
त्रिकोणात्मक शृङ्खला टी-२० : विश्वकप तयारीको सुरुआत

त्रिकोणात्मक शृङ्खला टी-२० : विश्वकप तयारीको सुरुआत

काठमाडौं : नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ । खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ । विश्वकपका सानदार प्रदर्शन गर्ने सोच राखेको नेपालले तयारीमा कुनै कमी गर्नेछैन । नेपालले विश्वकपअघि ३०-३५ टी-२० खेल खेल्ने सम्भावना छ । १५ खेलको तालिका सार्वजनिक गरिसकेको छ । विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । आईसीसी विश्वकप लिग २ पछि…
Read More
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले शीर्ष ग्रेडका खेलाडीहरुलाई मासिक एक लाख रुपैयाँ तलब दिने भएको छ । क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्दै नयाँ तलबमान तोकेको छ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल पछिल्लो एक वर्षमा गरेको प्रदर्शन, प्रशिक्षक तथा टिम म्यानेजरको मूल्यांकन लगायतका आधारमा खेलाडीहरुको ग्रेडिङ गरिएको क्यानले बताएको छ । ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् । ग्रेड बीमा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आसिफ शेख र अविनाश बोहोरा छन् । हालै मात्र बनेको नेपाल एका कप्तान…
Read More
क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

क्यानडालाई हराउँदा नेपालको बनेको ३ कीर्तिमान

काठमाडौं : नेपालले दोस्रो ओडीआई खेलमा क्यानडालाई ४ विकेटले हराउँदा तीन कीर्तिमान बनाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । क्यानडाका आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिएका थिए । जितको लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा रोहित पौडेलले ८७, देव खनालले ७६ र अनिलकुमार साहले ५० रन बनाए । यो जितमा सर्वाधिक छिटो अर्धशतक, तेस्रो विकेटका लागि उच्च साझेदारी र उच्च योगफलको कीर्तिमान बनेको छ । ओडीआईमा सर्वाधिक…
Read More
आज नेपाल र क्यानडा भिड्दै

आज नेपाल र क्यानडा भिड्दै

माघ २५ गते । आजबाट नेपाल र क्यानडाबिच तीन दिने एक दिवसीय शृङ्खला सुरु हुँदै छ । खेल आज बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
Read More
यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

यू-१९ विश्वकपमा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए । यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका…
Read More
भारत र बंगलादेश दुवैलाई हराए नेपालले

भारत र बंगलादेश दुवैलाई हराए नेपालले

काठमाडाैँ : दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले यी दुवै खेलमा जिते पनि शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना कठिन देखिन्छ । समूह चरणमा आफूले हराएको टोली सुपर सिक्समा पुगेको खेलको मात्रै अंक गणना हुन्छ । तर नेपालले हराएको अफगानिस्तान समूह चरणबाटै बाहिरिएको थियो । त्यसैको कारण सुपर सिक्समा नेपालको…
Read More
प्रधानमन्त्री कपको फाइनल खेल्न कुन टोलीलाई के आवश्यक ?

प्रधानमन्त्री कपको फाइनल खेल्न कुन टोलीलाई के आवश्यक ?

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ लिग काठमाडौंमा जारी छ । लिगका ४५ मध्य ३७ खेल सकिएका छन् । १० टोली सहभागी प्रतियोगितामा पाँच टोलीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना सकिएको छ । हालसम्म फाइनलमा कुनै पनि टोली पुगेका छैनन् । पाँच टोली शीर्ष दुईको दौडमा छन् । अपराजित पुलिस फाइनल खेल्ने लगभग पक्का छ । अर्को दोस्रो टोलीमा चार टोलीको समीकरण बाँकी छ । हालसम्म बागमती र मधेशले मात्रै लिगमा आफ्ना सबै खेल सकाएका छन् । मधेश, कोशी, गण्डकी, कर्णाली र लुम्बिनी शीर्ष दुई दौडबाट आधिकारिक रुपमै बाहिरिएका छन् । शीर्ष २ मा रहँदै फाइनल पुग्न…
Read More