जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण
जुम्ला : मोहन बैध्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले सरकारी सवारी साधनहरुको दुरुपयोग लाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडिहरु नियन्त्रमा लिएको समाचार प्राप्त भएकाे छ। नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२…