राष्ट्रिय

बहुविवाहलाई मान्यता दिने मस्यौदा खारेज गर-क्रान्तिकारी महिला संगठन

बहुविवाहलाई मान्यता दिने मस्यौदा खारेज गर-क्रान्तिकारी महिला संगठन

काठमाडौं : कांग्रेस–एमाले सरकारले बहुविवाहलाई मान्यता दिने गरी ल्याउन लागेको कानुनी मस्यौदाले महिला उत्पीडनलाई प्रश्रय दिने भन्दै क्रान्तिकारी महिला संगठनले उक्त मस्यौदा खारेज गर्न जोडदार माग गरेको छ । संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले जारी गरेको प्रेस वक्तव्यमा अन्यथा सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ । वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ, : “२०८२ श्रावण १६ गते कानुन मन्त्रालयका सचिवको भनाइ उदृत गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित /प्रसारित समाचारले हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। कानुन मन्त्रालयले मुलुकी फौजदारी कार्यबिधी संहिता संशोधन बिधेयकमा बहुबिबाहलाई छुट दिने, बाल बिबाहको उमेर हद र यौन…
Read More
भीमदत्त पन्तको ७२औँ स्मृति दिवस

भीमदत्त पन्तको ७२औँ स्मृति दिवस

काठमाडौं : आज श्रावण १७ गते भीमदत्त पन्तको ७२औँ स्मृति दिवस हो । भीमदत्त पन्तले समाज सुधार, जातीय विभेदको अन्त्य तथा किसान–मजदुर वर्गको मुक्ति र अधिकार स्थापनाका निम्ति गरेका संघर्ष, त्याग र बलिदानले नेपाली समाजमा क्रान्तिकारी परिवर्तनको निम्ति जग बसाल्ने काम गर्‍यो। सहिद पन्तको अमूल्य योगदानले सबै परिवर्तनकामीहरुलाई समतामूलक, न्यायपूर्ण समाज निर्माणको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गर्दछ । “ कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो ” भन्ने सहिद पन्तको मुख्य नारा थियो । भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा डडेलधुराको घटाल कारीगाउँमा (हाल अमरगढी न.पा.१०) मा वि.सं.१९८३ साल मंसिर १० गते…
Read More
क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

पोखरा : क्रान्तिकारी सुकुम्बासी संघ नेपालको २०८२ साउन १५ र १६ गते पोखरामा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ पोलिट्ब्युरो सदस्य सिताराम तामाङ्ग हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा पोलिट्ब्युरो सदस्य केश बहादुर परियार,केन्द्रिय समिति सल्लाहकार सदस्य द्वय रामजी थापा युवराज न्यौपाने,रक्तिम सांस्कृतिक परिवारका केन्द्रिय अध्यक्ष नारायण शर्मा ,पार्टीका केन्द्रिय सदस्यहरु बाबुराम सुबेदी,बिक्रम थापा,भिम श्रीस,सुशीला थापा ,दिपक गुरुङ,नेवा मुक्ति मोर्चाका केन्द्रिय सदस्य निल प्रसाद श्रेष्ठ,क्रान्तिकारी महिला संघकि केन्द्रिय सदस्य देवी थापा, जनसाँस्कृतिक महासंघ बाट अग्निराज पौडेल ,अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य दिनेश जोशी,अग्राधार टि भिका सञ्चालक राम घले परियार,अखिल नेपाल तमु राष्ट्रिय मुक्ति…
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका…
Read More
क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुँने

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुँने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुँने  भएको छ । राष्ट्रिय भेला आयोजक समितिको संयोजक भीम चापागाइँले हाँकलाई बताए अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङले गर्नु हुनेछ । भेलामा देशभरिबाट सुकुम्बासीका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
Read More
याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी निकटको क्रान्तिकारी युवा संघ नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनाले राज्यले युवा,विद्यार्थीहरुलाई विदेश पलायन गराइरहेको बताउनु भएको छ । संघले वुर्जुवा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवादको खुडिकलो पार गर्दै वैज्ञानिक समाजवादको लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको भ्रष्टाचार,कुशासन,बेथिति, अन्याय अत्याचार विरुद्धको खबरदारी ¥यालीको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । उहाँले राज्यले युवाहरुलाई विदेश पलायन गराउने, विदेश जान बैंकहरुले ऋणको व्यवस्था गर्ने र युवाहरुलाई विदेशको गल्ली गल्लीमा भौंतारिन बाध्य पार्ने दलालपूँजीवादी संसदीय व्यवस्थाले गर्दा हो भन्दै यसको विरुद्ध युवाहरुले विद्रोह गर्नुपर्ने बताउनु भयो ।…
Read More
आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

काठमाडौ । क्रान्तिकारी युवा सङ्घ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन बेथिति र अन्याय अत्याचारको विरुद्ध मोटरसाइकल र्‍याली गर्ने भएको छ । खबरदारी र्‍याली नाम दिइएको उक्त कार्यक्रमको साउन ८ गते दिनको १२ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा उद्घाटन गरिने युवा संघ नेपालले जनाएकोछ । कुपण्डोल , जाउलाखेल, लगनखेल, सात दोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कुलेश्वर, कालिमाटी,डल्लु,स्वयम्भु, वनस्थली, बालाजु, नयाँ बसपार्क, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, धुम्बाराही, सुकेधारा, चाबहिल, मित्रपार्क हुँदै सिफल चौरमा आएर उक्त मोटरसाइकल र्‍यालीको समापन गरिने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोका सचिव एवं पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले जानकारी गराउनुभएको…
Read More
भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन वेथिति र अन्याय अत्याचार विरुद्धको खबरदारी र्‍याली प्रदर्शन गर्ने भएकाे छ । माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे उक्त साहायक संगठनले भाेली साउन ८ गते मध्यान्न १२ बजे कुपण्डोल पार्टी सम्पर्क कार्यालयमा पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेल गाैरवले उद्घाटन गर्ने भएकाे जानकारी संगठनका केन्द्रीय संयाेजक सुर्य तिमल्सिनाले दिए ।
Read More
आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
देशका केही भूभागमा भारी वर्षाको सम्भावना

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई…
Read More