राष्ट्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको २०८२ चैत्र १७ देखि १९ सम्म दाङ, घोराहीमा सम्पन्न भएको पांचौं बैठकमा प्रस्तुत तथा पारित समसामयिक प्रस्तावहरु ।(क) अन्तर्राष्ट्रिय विषयहरुः१. डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पतोन्मुख अवस्थामा रहेको अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व कायम राख्न आक्रामक नीतिहरु अवलम्बन गर्दै आएकाछन्। सो प्रकृयामा अमेरिकी साम्राज्यवादले २०८२ पौष १९ मा दक्षिण अमेरिकी देश भेनेजुयला माथि विशेष सैन्य कार्रवाई गरि त्यहांका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई लागू औषधको अवैध व्यापारमा संलग्न रहेको कथित आरोप लगाएर गिरफ्तार गरेर निकोलस दम्पत्तिलाई अमेरिकाको न्युयोर्क शहर स्थित बन्दिगृहमा थुनुवा अवस्थामा राखेको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवाद…
Read More
इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते ( मध्यरात) देखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९.५० पुगेको छ भने…
Read More
‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं : हालै काठमाडौँको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेकोसमेत भएको बताएका छन् । खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्बासीमाथि…
Read More
फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ वृद्धि गरेको एक सूचना मार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १ सय ८६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ८७ रुपैयाँ पुगेको छ । यस्तै डिजेल/मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १ सय ४९ रुपैयाँ ५० पैसाबाट बढेर १ सय ६४ रुपैयाँ ५० पैसा पुग्दा दोस्रो वर्गका लागि १ सय ६६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६७…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा निर्वाचन बहिष्कार कार्यक्रमको समीक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा निर्वाचन बहिष्कार कार्यक्रमको समीक्षा

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले निर्वाचन बहिष्कार अभियान सापेक्ष रुपमा सफल भएको निस्कर्ष निकालेको छ । आइतबार बर्दघाटमा भएको जिल्ला कार्यालयको बिस्तारित बैठकले निर्वाचन बहिष्कारको क्रममा प्रहरीले पटक पटक धरपकड गर्नुले निर्वाचन बहिष्कार कार्यक्रम सफल भएको दाबी गरेको हो । “निर्वाचन बहिष्कार कार्यक्रमको शुरूवातबाट नै प्रहरी प्रसाशनले शान्तिपूर्ण कार्यक्रममा धरकपड गर्नु, जिल्ला सेक्रेटरी रवि पाण्डेयलाई बहिष्कार आन्दोलन संचालन गरेको भन्दै फागुन १ गते र १८ देखि २२ गते सम्म दुइपटक हिरासतमा राख्नु , साथै जिल्लाब्यापी रुपमा घरदैलो, कोणसभा , बहिस्कार र्याली, कालो ब्यानर टाग्ने लगायतको कार्यक्रम सफल हुनुले पनि बहिष्कार आन्दोलन सफल भएको छ”-पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला…
Read More
क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको  संयुक्त बैठक सम्पन्न

क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको संयुक्त बैठक सम्पन्न

काठमाडौं : मार्च २१ को दिन अन्तरराष्ट्रिय नस्लभेद तथा जातिभेद विरोधी दिवसको अवसरमा नेपाल र भारतका क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको एक महत्वपूर्ण अनलाइन संयुक्त बैठक आयोजना गरिएको थियो । बैठक पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल र जाति उन्मूलन आन्दोलन CAM भारत व गुरु घासीदास सेवादार संघ GSS भारत , यी चार संगठनहरुद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । प्रेस विज्ञप्तिमा क्रूर मनुस्मृति आधारित हिन्दुराष्ट्र को सोचको विरोध गर्दै , अमानवीय जात व्यवस्थाको उन्मूलन , साम्राज्यवाद ,प्रतिक्रियावाद तथा संघी मनुवादी फासीवादी शक्तिको विरुद्ध नेपाल र भारतका मेहनतकश र दलित, उत्पीड़ित जनताको संयुक्त…
Read More
निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

प्रवक्ताः हेमन्त प्रकाश ओली 'सुदर्शन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हार्दिक अभिवादन तथा धन्यवाद व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८२ फागुन २२ मा एक प्रेस वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई अभिवादन तथा धन्यवाद व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ – “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको छ । यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेद्वारा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवारीहरुलाई पत्राचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रेद्वारा उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै उम्मेदवारीहरुलाई पत्राचार

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी परिवर्तनव्दारा हस्ताक्षेरित पत्रमा उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र शिर्षक दिएर लेखिएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ, ” वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका…
Read More
संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाद्वारा प्रधानमन्त्री कार्कीको पुत्ला दहन

संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाद्वारा प्रधानमन्त्री कार्कीको पुत्ला दहन

काठमाडौं : संयुक्त संघर्ष समिति, काठमाडाैँ उपत्यकाले प्रधानमन्त्री सुशिला कार्कीको पुत्ला दहन गरेको छ । समितिका नेताकार्यकर्ताहरुले बुधबार दिउसो डिल्ली बजारको पिपलबोट चोकमा प्रधानमन्त्री कार्कीको पुत्ला दहन गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेताकार्यकर्ताहरुको अगुवाइमा भएको विरोध प्रदर्शनमा सुशिला कार्की नेतृत्वको सरकारलाई कठ्पुलती सरकार–मूर्दावाद, संयुक्त संघर्ष समिति जिन्दावाद, गिरफ्तार गरिएका नेताकार्यकर्ताहरुलाई अविलम्ब रिहा गर, संविधान प्रदत्त विचार अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, फागुन २१ को प्रयोजित निर्वाचन बहिस्कार गरौं, देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गरौं, साम्राज्यवादी दलालहरु होशियार लगायतका चर्को नाराबाजी समेत गरिएको थियो । विरोध प्रदर्शन तथा प्रधानमन्त्री सुशिला कार्कीको पुत्ला दहन कार्यक्रम…
Read More
कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्नेलाई पहिचान गरी कारवाही गर : सुदर्शन

कृत्रिम अभाव र कालोबजारी सिर्जना गर्नेलाई पहिचान गरी कारवाही गर : सुदर्शन

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशमा हाल बजारमा क्रृत्रिम अभाव कालोबजारी सिर्जना गर्नेलाई पहचिान गरी कारवाही गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले फागुन १२ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ,खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीको अवस्था देखिनु अत्यन्त गम्भीर विषय बताइएको छ र तिनीहरुलाई पहिचान गरी कारबाही गर्न माग गरिएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ – नेपालमा एकातिर संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनतामाझ झुट्ठा आश्वासनहरु बाँड्दै प्रचार–प्रसारमा दौडिरहेका छन् भने अर्कोतिर जनताका दैनिक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव…
Read More