राष्ट्रिय

द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

द ग्रेजोनको खुलासा : बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात

काठमाडौं । अमेरिकी सञ्चारमाध्यम द ग्रेजोनले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू अमेरिकी सरकारको आर्थिक सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकास कार्यक्रमसँग जोडिएको दाबी गर्दै समाचार प्रकाशन गरेको छ। उनीहरूको राजनीतिक उदयमा सरकारविरोधी गतिविधि गराउने अमेरिकी लगानीका संस्थाको हात रहेको समाचारमा उल्लेख छ। उक्त सञ्चारमाध्यमले सेप्टेम्बर ९ तारिखमा प्रकाशित गरेको समाचारमा कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ (सिइपीपीएस)को रिपोर्टलाई आधार मानेको छ। लिक भएका दस्तावेजका आधारमा भन्दै प्रधानमन्त्री शाह, लामिछाने, गृहमन्त्री सुदन गुरुङ र सांसद सागर ढकाललगायत नेताहरूको नाम सिइपीपीएसको कार्यक्रमसँग जोडिदिएको छ। र उनीहरूको उदयमा यही संस्थाको हात रहेको देखाएको छ। सन्…
Read More
‘बढी प्रभावित क्षेत्र र नागरिकको दीर्घकालिन् व्यवस्थापनका लागि चीन र भारसँग क्षतिपूर्ति लिनुपर्छ’

‘बढी प्रभावित क्षेत्र र नागरिकको दीर्घकालिन् व्यवस्थापनका लागि चीन र भारसँग क्षतिपूर्ति लिनुपर्छ’

काठमाडौं : सरकारी उदाशिनताको कारण भोटेकोशी क्षेत्रमा हजारौंको संख्यामा मानवीय क्षति भएको सरोकारवालाले आरोप लगाएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले चीन र भारतसँग क्षतिपूर्ति माग्नु पर्ने धारणा राखेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले ‘भोटेकोशी बाढीः कारण र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । ओलीले राहत तथा उद्धार कार्यमा सरकारी उदशिनताको कारण अत्याधिक मानवीय क्षति भएको दाबी गरेका हुन् । उनले सरकारले प्रदेश, स्थानीय सरकार र जनतासँग समन्वय नगरी ‘हामी नेपाली’ भन्ने गैर–सरकारी सँस्थालाई अगाडि सार्नु र त्यसैलाई सर्वेसर्वा बनाएको आरोप लगाए ।ओलीले…
Read More
सरकारले अरबौंको रहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पारेको आरोप

सरकारले अरबौंको रहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पारेको आरोप

काठमाडौं : बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदाशिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षेति भएको जनाएका छन् । त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,“जनमातको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत…
Read More
Position of the Revolutionary Communist Party of Nepal (RCPN) on the Rasuwa–Bhote Kosi Flood

Position of the Revolutionary Communist Party of Nepal (RCPN) on the Rasuwa–Bhote Kosi Flood

On the morning of August 26, 2026, the country suffered a major disaster when floods swept through the Bhote Koshi River in Nepal’s Rasuwa District. Full details of the damage to lives, property, and physical infrastructure have not yet been received. Various questions have been raised about this disaster from different angles. Our fraternal and friendly parties and organizations around the world have expressed their condolences and inquired about the situation. In this context, our party extends its heartfelt thanks to all who have offered their sympathy regarding this natural disaster and presents its views as follows. The Himalayan mountain…
Read More
रसुवा–भोटेकोशी बाढीबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा

रसुवा–भोटेकोशी बाढीबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा

कठमाडौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भदौं १० मा गएको विनाशकारी भोटेकोशी बाढीको बारेमा धारणा सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको धारणा यसप्रकार छ : “गत २०८३ भदौ १० गते विहान नेपालको रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशले महाविपत्ति बेहोर्नु परेको छ । जन, धन र भौतिक संरचनाहरुको क्षतिको पुरा विवरण अहिलेसम्म आइसकेको छैन । यस विपत्तिबारे विभिन्न कोणबाट प्रश्नहरु उठेका छन् । विश्वभरका हाम्रा भाइचारा, मित्र पार्टी तथा सङ्गठनहरुले समवेदना सन्देश सहित यसबारे जिज्ञाशा राखेका छन् । यो स्थितिमा हाम्रो पार्टीले समवेदना व्यक्तगर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उक्त प्राकृतिक प्रकोपका सम्बन्धमा आफ्नो धारणा…
Read More
क्रान्तिकारी प्रेस संगठनद्वारा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

क्रान्तिकारी प्रेस संगठनद्वारा बेपत्ता पत्रकारको खोजी र कल्याणकारी विज्ञापन कटौती फिर्ता लिन माग

काठमाडौँ : क्रान्तिकारी प्रेस संगठन नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका पत्रकारहरूको तत्काल खोजी गर्न र सरकारले हालै लोककल्याणकारी विज्ञापनमा गरेको बजेट कटौती निर्णय सच्याउन जोडदार माग गरेको छ। संगठनका अध्यक्ष नारायण पंगेनीद्वारा भदौ २० गते जारी प्रेस विज्ञप्तिमा उक्त विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो। गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक तथा भयावह बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको जनाउँदै विज्ञप्तिमा बाढीपछि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, महासंघ भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना, महासंघ नुवाकोट जिल्ला शाखाका पूर्व सदस्य राजकुमार नेपाली, र शिलापत्र डटकमका प्रकाशक सुरेश सिम्खडा हालसम्म पनि सम्पर्कविहीन रहेको उल्लेख…
Read More
क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

क्रान्तिकारी युवा संघ नेपालद्वारा जलवायु न्यायको माग गर्दै प्रदर्शन

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपालको आयोजनामा जनवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा २० भदौ २०८३ मा प्रदर्शन गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । “हिमालको पीडा बुझौं, भोटेकोशीको चित्कार सुनौं, जलवायु न्याय लागू गरौं ।” भन्ने मूल नाराका साथ जलवायु संकट समाधानका लागि जनचेतना तथा सन्देश मूलक कार्यक्रम सम्पन्न गरिएको हो । प्रदर्शन मार्फत क्रान्तिकारी युवा संघ नेपालले जलवायु संकट विरुद्ध विश्वभरका युवा एकजुट हुन संसारभरका युवाहरुलाई आह्वान गरेको छ ।हिमाल बचाऔं, प्राकृतिक प्रकोप घटाऔं, जीवन बचाऔं, सेभ द अर्थ, जलवायुको क्षतिपूर्ति दे लगायतका नारासहित गरिएको प्रदर्शनमा सयौं युवाहरु…
Read More
जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

जलवायु संकट : प्रकृतिको प्रहार कि व्यवस्थाको असफलता ?

लेखक: फडिन्द्र कार्की आज नेपालले भोगिरहेको बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिलाई केवल प्रकृतिको क्रूरता भनेर बुझ्नु पर्याप्त हुँदैन। निश्चय नै विश्वव्यापी जलवायु परिवर्तनले यसको तीव्रता बढाएको छ, तर प्रश्न के हो भने एउटै वर्षा किन कतै सामान्य प्राकृतिक घटना हुन्छ र कतै मानवीय त्रासदीमा रूपान्तरण हुन्छ? यसको उत्तर प्रकृतिमा मात्र होइन, राज्य, राजनीति र विकासको चरित्रभित्र पनि खोज्नुपर्छ। विश्वका ठूला औद्योगिक शक्तिहरूले दुई शताब्दीदेखि नाफाकेन्द्रित उत्पादन प्रणालीमार्फत वातावरणमाथि निर्मम दोहन गरे। कार्बन उत्सर्जनको मुख्य जिम्मेवार उनीहरू हुन्, तर त्यसको मूल्य नेपालजस्ता कमजोर अर्थतन्त्र भएका मुलुकले चुकाइरहेका छन्। यो आफैंमा जलवायु अन्यायको उदाहरण हो। तर नेपालको सन्दर्भमा बाह्य कारण…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार दिपकबहादुर केसीप्रति श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति उक्त पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ श्रावण २५ गते एक प्रेस–वक्तव्य जारी गरी दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्तर्गत प्यूठान नगरपालिका—१० ,मरन्ठाना स्थित आफ्नै निवासमा निधन भएको थियो । वक्तव्य यस प्रकार छ – नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य दिपकबहादुर केसी कमरेड ‘मानसिंह’ को यही २०८३ श्रावण २४ गते साँझ ८ बजे प्यूठान जिल्ला अन्र्तगत प्यूठान नगरपालिका—१० स्थित…
Read More
क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

विगतका गतिविधिको समीक्षा गर्दै भावी योजना प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष सागर श्रेष्ठ/काठमाडौं : क्रान्तिकारी प्रेस संगठनको जुममार्फत भर्चुअल बैठक सम्पन्न भएको छ। संगठनका संयाेजक नारायण पंगेनीको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका गतिविधि, विगतमा सञ्चालन गरिएका कार्यक्रम तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। बैठकलाई संगठनका नेतृत्वदायी व्यक्तित्व हुकुम सिंह र इन्द्र राउतले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँहरूले संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकार तथा सञ्चारकर्मीका पेशागत तथा सांगठनिक विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा सहभागी विभिन्न पदाधिकारी तथा सदस्यहरूले संगठनले विगतमा सञ्चालन गरेका गतिविधिको समीक्षा गर्दै आफ्ना अनुभव, सुझाव र धारणा प्रस्तुत गरेका थिए।…
Read More