राष्ट्रिय

प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना : राष्ट्रिय क्रान्तिकारी मोर्चा

प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना : राष्ट्रिय क्रान्तिकारी मोर्चा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य समेत रहेका सन्तबहादुर नेपालीको नेतृत्वमा रहेको राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ ।वक्तव्यमा भनिएको छ, प्रधानमन्त्री बालेन्द्र शाहले २०८३ जेठ १७ गते संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा “नेपालले पनि धेरै ठाउँमा भारतको जमिन मिचेको छू भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको ध्यान आकर्षण भएको छ ।नेपालले सीमा क्षेत्रमा भारतको जमिन मिचेको छ भनेर अहिलेसम्मका सर्वेक्षण, अध्ययन तथा वस्तुगत आधारबाट कही कतै पुष्टि भएको छैन । बरु सीमा क्षेत्रमा दश गजाहरु हटाउने र सार्ने काम भारतीय एसएसवीले कैयौं पटक गरेको…
Read More
क्रान्तिकारी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं : क्रान्तिकारी किसान महासंघको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । जेठ १८ र १९ मा सम्पन्न भएको भेलाले सीताराम तामांगको संयोजकत्वमा २९ सदस्सीय केन्द्रीय समिति चयन गरेको छ । भेलाले सहसंयोजकमा धनेश्वर पोखरेल, सचिवमा कृष्णभक्त महर्जन, सचिवालय सदस्यहरुमा बाबुराम सुवेदी, क्षेत्रबहादुर थापा, टंकप्रसाद कोइराला, बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिंह तामांग, रामनारायण सिंह, कर्ण थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिवाकर न्यौपाने, प्रकाशबाबु खनाल, कृष्णकुमार ढकाल, ढुण्डीराज न्यौपाने, कमल उप्रेती, प्रकाश ऐर, छत्रबहादुर आलेमगर, थलप्रसाद देवकोटा, लोकबहादुर विक, शशिराम बुढाथोकी, देवीराम आचार्य, रामबहादुर भाट, खडक कुँवर, सुर्यनारायण चौधरी, बहादुर सिंह चाँड, श्रवण विक, देवानन्द चौधरी, तेजनारायण यादव लगायत रहनु भएको…
Read More
नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

काठमाडौं : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्राडा जगदीश चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रियताविरोधी जघन्यअभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचना गरी तत्काल राजिनामा दिन आग्रह गर्नुभएको छ । उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता ,अखण्डता र स्वतन्त्रता विरुद्ध गत १७ गते संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति हाम्रो राष्ट्रिय प्राध्यापक सङ्गठन विरोध गर्दछ र खेद प्रकट गर्दछ । शाहको उक्त अभिव्यक्ति नेपाली जनताको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको भावना विपरीत रहेको छ । साम्राज्यवादी शक्तिको पिठ्ठु र विस्तारवादी शक्तिको चाकरका रुपमा देखिएका शाह राष्ट्रद्वेषी ,राष्ट्रद्रोही एवम् जनद्वेषी समेत हुन् भन्ने कुरा उनी र उनको सरकारले गर्दै…
Read More
घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नेत्र शाही विरोधी पार्टीमा प्रवेश गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न पार्टी क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्दछ ।’
Read More
सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

सुकुम्बासीका माग पुरा गराउन सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक

काठमाडौं : बस्न दे सरकार ! बाँच्न दे सरकार !! नाराका साथ ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा समितिले १५ बुँदे माग राख्दै पूरा नभएर सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको हो । समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको जानकारी दिए । जेठ ३ र ४ गते बुटवलमा भएको विशाल जन प्रदर्शन सहित राष्ट्रिय भेलामार्फत सघर्षका कार्यक्रम तय गरेको र आफूहरुले उठाएका १५ बुँदे माग पूरा नभए सोही अनुरुप संघर्ष चर्काउने…
Read More
आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

आजको मौसम कतै मेघगर्जनसहित वर्षा, कतै चल्नेछ तातो हावा

काठमाडौँ : हाल नेपालको मौसममा पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। यसकै असरका कारण देशका विभिन्न हिस्सामा मौसमको कडा रूप देखिने सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा अहिले साधारणतया बादल लागेको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र पनि बादलले ढाकिएका छन्।मधेस प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बादल लागेको छ भने बाँकी तराई भू-भागको मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा…
Read More
साम्राज्यवाद र फाँसीवादकाविरुद्ध क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न

साम्राज्यवाद र फाँसीवादकाविरुद्ध क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : डेमोक्रेटिक फ्रन्ट अफ फिलिपिन्सको संयोजनमा वैज्ञानिक समाजवादका लागि साम्राज्यवाद र फासिवादका विरुद्ध नेपालका वामपंथी पार्टीका साँस्कृतिक मोर्चाहरुले क्रान्तिकारी साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार साँझ सम्पन्न भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी र नेकपा (माओवादी) निकट सांस्कृतिक मोर्चाहरुमा आबद्ध जनकलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रक्तिम साँस्कृतिक परिवार र सामाना सांस्कृति परिवारका कालाकारहरुले संयुक्त रुपमा प्रस्तुति दिएका थिए । लेकै फुल्यो लाली गुराँस, सागर तर्ने, प्रतिबन्ध, सानो सानो, क्रान्ति सम्भव छ लगायत बोलको गीतमा सामना साँस्कृतिक परिवार र रक्तिम साँस्कृतिक परिवारका…
Read More
नेपालगन्जदेखि धनगढीसम्म अधिकतम तापक्रम बढ्ने, पहाडी भेगमा चट्याङसहित वर्षा हुने

नेपालगन्जदेखि धनगढीसम्म अधिकतम तापक्रम बढ्ने, पहाडी भेगमा चट्याङसहित वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार आज देशको मौसममा दुई फरक अवस्था देखिने भएको छ। देशको पश्चिमी भेगका तराई र पहाडी इलाकामा अत्यधिक गर्मी हुनेछ भने मध्य तथा पूर्वी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावाको लहर चल्ने सम्भावना रहेकाले त्यस क्षेत्रको जनजीवन प्रभावित हुने देखिन्छ। पश्चिम तराईका प्रमुख सहरहरूमा आज अत्यधिक गर्मी महसुस हुनेछ। मौसम पूर्वानुमानअनुसार दिपायल, धनगढी र नेपालगन्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। यी सहरहरूमा दिउँसो तातो हावाको लहर चल्नेछ भने वर्षाको सम्भावना शून्य प्रतिशत रहेको छ। त्यसैगरी,…
Read More
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल रही बाँकी भू(भागमा आंशिक बादल लागिरहेको छ । गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली…
Read More
आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो । आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ…
Read More