अन्तर्राष्ट्रिय

आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

आज सत्तामा कम्युनिस्टहरु छैनन्, त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो : अध्यक्ष किरण

संशाेधनवादी र अवसरवादीहरुले मालेमाकाे नाम जपेर संसदवाद र प्रतिक्रियावादकाे खेती गरिरहेका छन् : माेहन वैद्य किरण काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य किरणले कम्युनिष्ट आन्दोलनको एउटा धारा, दक्षिणपन्थी अवसरवादी, आत्मसर्मपणवादी धार रहेकाे उल्लेख गर्दै उनीहरुले आफूलाई कम्युनिष्टको नाम राखेर, कम्युनिष्टको झण्डा चोरेर, माक्र्सवाद, माओवाद, लेनिनवादको नाम जपेर संसदवादको र प्रतिक्रियावादको खेती गरिरहेकाे टिप्पणी गर्नुभयाे । उहाँले भन्नुभयाे, “आज सत्तामा कम्युनिष्टहरु छैनन् । तर, प्रतिक्रियावादीहरुले सत्तामा कम्युनिष्ट छ, सरकारमा कम्युनिष्ट छ, केही पनि गर्न सकेको छैन भनेर बदनाम गरेका छन् । हाम्रो भनाई के हो भने ति कम्युनिष्ट होइनन् । त्यो धार दक्षिणपन्थी अवसरवाद धार हो ।”आज १५५…
Read More
चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

काठमाडौं : रुसी क्रान्तिका नेता तथा सर्वहारा वर्गका गुरु लेनिनको १५५औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस क्रान्तिकारी कम्युनिस्ट पार्टी, चितवन जिल्ला समितिले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपालका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक बिकासले गर्नु भएको थियो । कार्यक्रममा चितवन जिल्ला इन्चार्ज ध्रुब, सहिद परिवारका तर्फबाट सहिद अनिस कुवरका बुवा खड्ग बहादुर कुवर, केन्द्रीय सल्लाहकारहरु दिवाकर न्यौपाने , बाबुराम प्यासी परियार , जिल्ला सल्लाहकार समितिको अध्यक्ष इश्वरी ओझा सहितका नेता कार्यकर्ता सहभागी कार्यक्रममा लेनिनका योगदानहरुको चर्चा गरिएको…
Read More
क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।” यस्तो छ वक्तव्यको पूर्णपाठ :“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा…
Read More
‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती…
Read More
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनु:दुताबास

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्किनु:दुताबास

काठमाडौँ : इरानले इजरायलमाथि आक्रमण शुरु गरेपछि तेलअभिभस्थित नेपाली दुताबासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दुताबासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत अनुरोध गरेको छ । साथै दुताबासले आवश्यक परेमा दुताबासमा सम्पर्क गर्न सकिने भन्दै सम्पर्क नम्बर समेत दिएको छ । दूताबासले कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिवलाई ०५२८२८९३०० मा र संजय कुमार साह, सहचारीलाई ०५४-५५८२०७७ मा सम्पर्क गर्न…
Read More
वाणिज्य दूतावासमा आक्रमणपछि इरानले इजरायलमा हान्यो सयौँ ड्रोन र क्षेप्यास्त्र

वाणिज्य दूतावासमा आक्रमणपछि इरानले इजरायलमा हान्यो सयौँ ड्रोन र क्षेप्यास्त्र

काठमाडौं : इरानले इजरायलमा ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेर ठूलो मात्रामा आक्रमण गरेको छ। यो सिरियामा रहेको उनको वाणिज्य दूतावासमा भएको आक्रमणपछिको बदला भएको बताइएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) ले यो हमला विशेष लक्ष्यलाई लक्षित गरी गरिएको बताएको छ। इजरायली सेनाका स्रोतहरूले सयभन्दा बढी ड्रोनहरू छोडेको बताएका छन्। सीबीएस न्यूजका अनुसार अमेरिकाले केही ड्रोन खसालेको छ । इजरायली प्रधानमन्त्रीले आकष्मिक क्याबिनेट बैठक बोलाएका छन् । आक्रमण पछि, इजरायलमा साइरनको आवाज सुनिएको छ र जेरुसेलममा ठूलो विस्फोट सुनिएको छ किनभने इजरायलको वायु रक्षा प्रणालीले शहरमा धेरै चीजहरू खसालेको छ। अहिलेसम्म कुनै ड्रोन इजरायल पुगेको छ वा छैन…
Read More
बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

बदलास्वरूप इरानले इजरायलमा मिसाइल आक्रमण

काठमाडौँ : इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । इजरायली सेनाका अनुसार इरानले अहिलेसम्म १७० ड्रोन, ३० क्रुज मिसाइल, १२० ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको र ९९ प्रतिशतलाई आफ्नो एन्टी मिसाइल सिस्टमले आकासमै ध्वस्त बनाएको जानकारी दिएको छ । इरानले इजरायलमा आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतले इरानको आक्रमणको निन्दा गरेका छन् ।
Read More
नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

नयाँ जनवादी क्रान्तिका विरोधी र मित्र शक्तिहरू

दस्तावेज लेख हाम्रो समाजमा आज विभिन्न अन्तर्विरोधहरू छन् । जस्तै सामन्त र किसानबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र सामन्ती वर्गबिचको अन्तरविरोध, पुँजीपतिवर्ग र मजदुर–किसान वर्गबिचको अन्तर्विरोध, धनी किसान र मध्यमवर्गीय किसानबिचको अन्तरविरोध आदि । तर यी सम्पूर्ण अन्तरविरोधहरू समान किसिमका छैनन् । खास ऐतिहासिक स्थितिमा विभिन्नखालका अन्तर्विरोधहरूमध्ये कुनै एकले मूल अन्तरर्विरोधको रूप लिएको हुन्छ र यसले गर्दा समाजमा देखिने अन्य अन्तरर्विरोधहरू सामान्य अर्थात् गौण भएर गएका हुन्छन् । नेपालमा आज देखा परेको वर्गस्थिति र यिनीहरूको पारस्परिक सम्बन्धलाई हेर्दा २००७ सालअघि रहेको मूल अन्तरविरोध नै आजको नेपालमा पनि देखिन्छ । २००७ सालको क्रान्तिले सामन्तवाद, विदेशी एकाधिकार पुँजीवाद तथा साम्राज्यवाद र आम जनसमुदायको अन्तरद्वन्द्वमा…
Read More

जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई माथि उठाऊँ

महान् जनयुद्ध अलपत्रमा पारिएको १८ वर्ष भइसकेको छ । नेपाली जनताले लडेको महान् जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई अझै माथि उठाउने कार्यभार आज मालेमावादी क्रान्तिकारीको काँधमा छ । देश र श्रमिक वर्गको मुक्तिका लागि अब कुनै पनि बहानामा अलमल गर्ने छूट क्रान्तिकारीहरूलाई छैन । असली क्रान्तिकारीहरूले अब जमेको हिउँ फोर्ने समय आएको छ । आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्वाद, साम्राज्यवाद,…
Read More
ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते

ताइपेई : ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ । भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले…
Read More