क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय अमीर महर्जन ‘आकाश’ र शारदा महत ‘सरु’लाई मातृशोक परेको छ । अमिर महर्जनकी आमा तथा शारदा महतकी सासुआमा धनमाया महर्जनको आज विहान ६ बजे असामयिक निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित धनमाया महर्जनलाई स्वास्थ्य अवस्था जटिल भएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार उहाँको निधन क्यान्सरका कारण नभएर निमोनियाका कारण भएको हो । काठमाडौं कीर्तिपुर पाँगा निवासी महजर्नको जन्म ललितपुर थैवमा २०१४ साल श्रावण १५ गते भएको थियो । उहाँका श्रीमान पानबहादुर महर्जन, दुई छोरा बुहारीहरु समीर महर्जन–संगीता महर्जन, अमिर महर्जन–शारदा महर्जन रहनु भएको छ ।मृतक धनमाया महर्जनको…