समाचार

अखिल भारत नेपाली एकता समाजले उपचारमा गरायो ठूलो मात्रामा छुट

अखिल भारत नेपाली एकता समाजले उपचारमा गरायो ठूलो मात्रामा छुट

चेन्नई : अखिल भारत नेपाली एकता समाजले कृष्णपुर नगरपालिका वार्ड नंबर ४ मालुवेला, जिल्ला कञ्चनपुर निवासी लाल बहादुर ओडका ५५ वर्षीय छोरा अर्जुन ओडको उपचारमा अस्पतालसँग समन्वय गरी ठूलो मात्रामा छुट गराउन सफल भएको छ । हाल चेन्नईको पुलियान्तोप एरियामा अवस्थित एक फ्लैटमा कार्यरत ओड अचानक विरामी भएको हुँदा नजिकैको प्राइड हस्पिटलमा भर्ना गरिएको थियो। चेक जाच गर्दै जाने क्रममा निजको किड्नीमा ट्यूमर भएको र ट्युमरको अपरेशन गर्नुका साथी किड्नीको डायलिसिस पनि गर्न पर्ने देखीयो। उक्त विषय अखिल भारत नेपाली एकता समाजलाइ जानकारी भए पछि केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी र महासचिव महेन्द्र वस्याल हस्पिटलमा पुगेर…
Read More
निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं : नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व ने गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहाले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् । महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने,“सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।”महासचिव दाहालले प्रधानमन्त्री कार्यालयबाट जारि भएको पत्रको निर्णय प्रक्रिया र वैधानिकतामाथि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ५औँ पूर्ण बैठकले पारित गरेकाे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको २०८२ चैत्र १७ देखि १९ सम्म दाङ, घोराहीमा सम्पन्न भएको पांचौं बैठकमा प्रस्तुत तथा पारित समसामयिक प्रस्तावहरु ।(क) अन्तर्राष्ट्रिय विषयहरुः१. डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पतोन्मुख अवस्थामा रहेको अमेरिकी साम्राज्यवादको विश्वव्यापी प्रभुत्व कायम राख्न आक्रामक नीतिहरु अवलम्बन गर्दै आएकाछन्। सो प्रकृयामा अमेरिकी साम्राज्यवादले २०८२ पौष १९ मा दक्षिण अमेरिकी देश भेनेजुयला माथि विशेष सैन्य कार्रवाई गरि त्यहांका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई लागू औषधको अवैध व्यापारमा संलग्न रहेको कथित आरोप लगाएर गिरफ्तार गरेर निकोलस दम्पत्तिलाई अमेरिकाको न्युयोर्क शहर स्थित बन्दिगृहमा थुनुवा अवस्थामा राखेको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवाद…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्ष गर्ने काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत्र १७ देखि १९ सम्म दाङ्को घोराहीमा सम्पन्न भएको बैठकले गरेका निर्णयहरुलाई प्रेस वक्तव्य तथा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्तक्षरमा जारी प्रेस वक्तव्यमा भनिएको छ,“१ विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूको स्मरण र घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान प्रकट गर्दै बैठकको सुरुवात गरियो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पत्रकार सम्मेलन गर्दै

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले दाङमा पत्रकार सम्मेलन गर्दैछ । दाङको घोराहीमा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा आज मिति २०८२ चैत २० गते बिहान ८ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको २०८२/१२/१७ देखि १९ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय तथा बर्तमान समसामयिक तथा राजनीतिक बिषयमा पार्टीको दृष्टिकोण तथा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखिएको उक्त पार्टीले जनाएको छ ।पार्टीले सम्पूर्ण पत्रकार, ब्यापारी, उद्योगी, किसान, मजदुर लगायत सबैलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
Read More
इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो :डिजेल १८२ र पेट्रोल २०२ रुपैयाँ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते ( मध्यरात) देखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९.५० पुगेको छ भने…
Read More
कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्रीको प्रक्रिया नपु¥याइ गरिएको गिरफ्तारी सरकारको फाँसीवादी शैली भएको बताएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ चैत्र १६ गते वक्तव्य जारी गर्दै सो बताएका हुन् । वक्तव्यमा गौरी बहादुर कार्की आयोगले भाद्र २३ गतेको घटनालाई मात्र जोड दिई तयार पारिएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति पार्टीको…
Read More
डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

डोनाल्ड ट्रम्प र उनको प्रशासनकाविरुद्ध ३ हजार भन्दा बढी स्थानमा विशाल प्रदर्शन

काठमाडौं : अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीतिहरूविरुद्ध विशाल प्रदर्शनहरू भइरहेका छन्। किङ्ग्सनो किङ्ग्सकिङ्ग्स अर्थात् किङ्ग्सकुनै राजाहरू छैनन्किङ्ग्स नाम दिइएको यो राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो । यसअघि पनि लाखौं मानिसहरूले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए। शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना(ठूला र्‍यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन्। आयोजकहरूका अनुसार, यो लोकतन्त्रको रक्षा र निरंकुशताको विरोधमा गरिएको शान्तिपूर्ण नागरिक विद्रोह हो। किङ्ग्सट्रम्प हामीमाथि एक निरंकुश शासकको रूपमा शासन गर्न…
Read More
साम्राज्यवादी युद्ध विरुद्ध

साम्राज्यवादी युद्ध विरुद्ध

लेखक : मनु विक अमेरिकी सहयोगमा प्यालेष्टाइनमाथि अक्टोबर ७ ,२०२३ बाट इजरायलले आक्रमण गर्दा अहिलेसम्म ७२ हजार भन्दा बढीको मृत्यु हुन पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परि मारिनेहरुमा अधिकांश महिला, सुत्केरी, बालबच्चाहरु रहेका बताइन्छ । त्यहाँ लाखौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् र सम्पूर्ण भौतिक संरचनाहरु ध्वस्त भएका छन् । अहिले विश्वव्यापी रुपमा युद्ध चलिरहेको छ । यो युद्ध देशहरुको सार्वाभैमिकतालाई दबाउन र आफ्नो शासन स्थापित गर्नकोलागि गरिएको छ । अहिले अमेरिका – इजरायलको युद्ध गाजामा जारी छ । भन्दा यो युद्ध रोकिएको भनिए पनि युद्ध अमेरिकाको सहयोगमा चलेको प्यालेष्टाइन माथिको इजरायली आक्रमण अहिलेसम्म नरोकिएको र इजरायली…
Read More
‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

‘संविधान विपरित सुकुम्बासी बस्तीमा डोजर, अब संघर्ष हुन्छ’

काठमाडौं : हालै काठमाडौँको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ । राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेकोसमेत भएको बताएका छन् । खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्बासीमाथि…
Read More