समाचार

ग्यास आपूर्ती सहज गर्न माग गर्दै नेकपा (बहुमत)को प्रदर्शन

ग्यास आपूर्ती सहज गर्न माग गर्दै नेकपा (बहुमत)को प्रदर्शन

काठमाडौं : खाना पकाउने ग्यासको आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। दुई तिहाईको सरकारले खाना पकाउने ग्यासको आपूर्ति गर्न नसकेको भन्दै नेकपा (बहुमत)ले शनिबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले पछिल्लो समय महङ्गी समेत निकै बढेकाले महङ्गी नियन्त्रण गर्न समेत माग गरेका छन्। उनीहरुले भोको पेटले के भन्छ ? भरी ग्यास दे भन्छ, महङ्गीको मार ग्यासको हाहाकार कहाँ छ सरकार?, दुई तिहाईको सरकार जनतालाई ग्यास खोइ लगाएत लेखिएका प्ले कार्डसहित नारावाजी गरेका छन्। नेकपा बहुमतका प्रचार–प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बेच्ने…
Read More
राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार

काठमाडौं : राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयीक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा ५ः४५ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलिले गिरफ्तार गरेको हो । आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए । यसअघि जेठ १५ गते विवादास्पद अभिव्यक्ति दिएको भन्दै परिसर भद्रकालीले गिरफ्तार गरेको थियो । एकप्तापछि सर्बोच्च अदालतले तरेखमा छाड्न आदेश दिएपछि रिहा भएका…
Read More
सरकारले अरबौंको रहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पारेको आरोप

सरकारले अरबौंको रहत थुपारेर बाढी पीडितलाई मर्न बाध्य पारेको आरोप

काठमाडौं : बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको कार्यक्रममा उनिहरुले जनताले दिएको भोटलाई रास्वपा सरकारले भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग गरेकोसमेत आरोप लगाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भोटेकोशी क्षेत्रका बाढी पीडितहरुको राहत तथा उद्धार कार्यमा सरकारी उदाशिनता तथा गैरजिम्मेवारी कारण ठूलो संख्यामा मानवीय क्षेति भएको जनाएका छन् । त्रिपाठीले वर्तमान सरकारले दुई तिहाईको दम्भ प्राकृतिक विपत्तिमासमेत देखाएको आरोप लगाउँदै भने,“जनमातको दुरुपयोग कुशासन र भ्रष्टाचारमा मात्रै सीमित रहेन, त्यो बढी पीडित राहत तथा उद्धार कार्यमा एकद्वार प्रणालीमार्फत…
Read More
माणिक लामाकाे प्रथम स्मृतिमा ‘माणिक लामा जीवन यात्रा’  ग्रन्थ लोकापर्णण

माणिक लामाकाे प्रथम स्मृतिमा ‘माणिक लामा जीवन यात्रा’ ग्रन्थ लोकापर्णण

काठमाडौं : कम्युनिष्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्षबारे समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । शुक्रबार काठमाडौंकाे नयाँ बानेश्वर स्थित एभ्रेस्ट हाेटेलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसालसहित राजनीतिज्ञ तथा विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तिहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । २०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामा २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो । नेपालका कम्युनिष्ट आन्दोलनमा उनले पुर्‍याएको योगदान अविष्मरणीय र अनुकरणीय रहेको कार्यक्रमका…
Read More
संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको मुख्यालय घेराउ

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको मुख्यालय घेराउ

“घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” काठमाडौँ : संयुक्त विद्यार्थी सङ्गठनले खाना पकाउने ग्यासको अभाव भएपछि शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेकाे छ। विद्यार्थी नेताहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभए पछि आयल निगमको मुख्यालय अगाडी प्रदर्शन गरेका हुन्। उनीहरूले “घरमा हाम्रो बास छैन किनभने ग्यास छैन” लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए।
Read More
कुमार बेनलाई तत्काल पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टले राष्ट्रिय सुरक्षा निकायलाई समेत बोधार्थ पठायो

कुमार बेनलाई तत्काल पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टले राष्ट्रिय सुरक्षा निकायलाई समेत बोधार्थ पठायो

काठमाडौं :जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ। संगठनले आफ्नो प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको जनाएको छ। जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा बेनमाथि कल बाइपाससम्बन्धी गम्भीर आरोप तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्कको आरोप रहेको उल्लेख गर्दै तत्काल अनुसन्धानको माग गरिएको छ। संगठनले गम्भीर आरोपमा प्रश्न उठेका व्यक्तिलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारजस्तो संवेदनशील जिम्मेवारीमा राखिनु कानुनी शासन र राष्ट्रिय सुरक्षाको दृष्टिले गम्भीर विषय भएको जनाएको छ। पद र पहुँचका आधारमा अनुसन्धानबाट उन्मुक्ति दिन नहुने उसको भनाइ छ। वक्तव्यमा कुमार बेनलाई राज्यमन्त्रीस्तरको सुविधा दिइएको विषयमा समेत प्रश्न उठाइएको छ। उनको शैक्षिक योग्यता र प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्तिको आधारबारे सरकारले स्पष्ट पार्नुपर्ने जेनजी मुभमेन्टको माग छ। त्यसैगरी, सत्तारूढ दलकै सांसदले संसदमा सरकारको वास्तविक शक्ति–केन्द्र सिंहदरबार नभई ज्वागल बनेको अभिव्यक्ति दिएको प्रसंगसमेत वक्तव्यमा उल्लेख गरिएको छ। सोही समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारमाथि विदेशी जासुसी संयन्त्रसँग कथित भेटघाट र सम्पर्कको आरोप उठ्नु अत्यन्त संवेदनशील विषय भएको संगठनले जनाएको छ। प्रधानमन्त्रीले संसदमा नेपालको सीमा अतिक्रमण तथा राष्ट्रिय सार्वभौमिकताको विषय उठाइरहेको अवस्थामा उनका प्रमुख सल्लाहकारमाथि सम्बन्धित छिमेकी मुलुकका कथित जासुसी संयन्त्रसँग अपारदर्शी सम्पर्कको आरोप लाग्नुले सरकारको नियतमाथि समेत प्रश्न उठाउने जेनजी मुभमेन्टको दाबी छ। संगठनले कुमार बेनलाई तत्काल पक्राउ गरी कल बाइपाससम्बन्धी आरोपमा आपराधिक अनुसन्धान अघि बढाउन, विदेशी जासुसी संयन्त्रसँग भएको भनिएको भेटघाट तथा सम्पर्कबारे सुरक्षा र कानुनी निकायबाट गम्भीर अनुसन्धान गर्न माग गरेको छ। त्यस्तै, अनुसन्धान प्रभावित हुनसक्ने सम्भावना रोक्न उनलाई तत्काल सरकारी जिम्मेवारीबाट अलग गर्न र राष्ट्रिय सुरक्षा, सार्वभौमिकता वा संवेदनशील सरकारी सूचनामा बाह्य प्रभाव वा पहुँच प्रमाणित भए प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ। राष्ट्रिय सुरक्षा र संवैधानिक संस्थासँग सम्बन्धित विषय भन्दै जेनजी मुभमेन्ट नेपालले उक्त प्रेस वक्तव्य राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रपति कार्यालय शीतल निवास र नेपाली सेनाको मुख्यालय भद्रकालीलाई समेत बोधार्थ पठाएको हो। संगठनले राज्यका सम्बन्धित सुरक्षा तथा संवैधानिक निकायले पनि उठाइएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ। जेनजी मुभमेन्ट नेपालले सत्ताको आडमा कुनै पनि व्यक्तिलाई कानुनी अनुसन्धानबाट उन्मुक्ति दिने प्रयासको विरोध गर्दै “तत्काल पक्राउ गर, निष्पक्ष छानबिन गर, सत्य सार्वजनिक गर र दोषी भए कठोर कारबाही गर” भन्ने माग दोहोर्‍याएको छ। प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्य २०८३ भदौ २६ गते सार्वजनिक गरिएको हो।
Read More
नेपाल चलचित्र कलाकार संघले मनायाे आफ्नो ३८औँ स्थापना दिवस

नेपाल चलचित्र कलाकार संघले मनायाे आफ्नो ३८औँ स्थापना दिवस

काठमाडौं: नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा संघले भोटेकोशी बाढीपीडितको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो । चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए । त्यस्तै, बाढीपीडितका लागि करिब चार लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी दिनुभयो । हर्के हल्दार टिमबाट एक लाख ३३ हजार ३३३ र कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक…
Read More
पेशेवर गिरोहले ३२ लाखको चेकबाट ६ करोडको सम्पत्ति कब्जा गर्न खोजेको पीडितको आरोप

पेशेवर गिरोहले ३२ लाखको चेकबाट ६ करोडको सम्पत्ति कब्जा गर्न खोजेको पीडितको आरोप

काठमाडौं : काठमाडौंका २४ वर्षीय विशाल खनालले आफूलाई हुँदै नभएको लेनदेनको कागज र ३२ लाखको चेकबाट एक गिरोहले ६ करोड बराबरको सम्पत्ति हडप्न खोजेको आरोप लगाएका छन् । पीडित खनालले मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरीता केसी र रामकुमार केसी दाजू–बहिनी र सूर्यबहादुर विष्टसहितको गिरोहले अदालतका केही कर्मचारीसँग सेटिङ् गरी लिलाम प्रक्रिया अगाडि बढाएको आरोप लगाएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–८ निवासी खनालले आफूलाई निर्दोश सावित गर्ने प्रशस्त आधार तथा प्रमाण हुँदाहुँदै पनि आफ्नै पक्षमा लडेका वकील नै विपक्षसँग मिली काठमाडौं जिल्ला अदालत र उच्च अदालतबाट हार्नु परेको दाबी गरे । “वकिलले जानाजान बहस छाड्ने, प्रमाण पेश नगर्ने…
Read More
क्रान्तिकारी किसान महासंघको विस्तारित बैठक सम्पन्न

क्रान्तिकारी किसान महासंघको विस्तारित बैठक सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी किसान महासंघको विस्तारित बैठक मिति २०८३ भाद्र ६र ७ गते रुपन्देही जिल्लाको सैनामैनाको रानीबगियामा सम्पन्न भयो । महासंघका संयोजक सीताराम तामाङको अध्यक्षता र सहसंयोजक धनेश्वर पोख्रेलको संचालनमा सम्पन्न भई महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा देशका विभिन्न जिल्लाहरुबाट सिसिएमहरुको उपस्थिति रहेको थियो । बैठकले निम्न निर्णयहरु गरेको छः१) अन्तक्र्रिया कार्यक्रम गर्ने : देशका निम्ति लिखित स्थानहरुमा किसानका तत्कालीन, दीर्घकालीन समस्याका विषयमा सम्बन्धित पक्ष तथा किसानसँग सम्बन्धी कृषि विज्ञहरु समेतको वृहत अन्तक्र्रिया कार्यक्रम गर्ने । जसमा : व्यूरो नं. १ र२ को अत्तरियामा, व्यूरो नं. ३ र ४ को दाङ/नेपालगन्जमा, व्यूरो ५ को बुटवलमा, व्यूरो ६ को सिराहा,…
Read More
‘पक्राउ पुर्जी माग्नु नागरिकको अधिकार हो, अभद्र व्यवहार होइन’

‘पक्राउ पुर्जी माग्नु नागरिकको अधिकार हो, अभद्र व्यवहार होइन’

निर्वाचन बहिष्कारसँग जोडिएको अभद्र व्यवहार मुद्दामा रवि पाण्डेयलाई सफाइ नवलपरासी : २४ भदौ– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका युवा नेता एवं नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभद्र व्यवहारसम्बन्धी मुद्दामा सफाइ पाएका छन्। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको इजलासले पाण्डेयविरुद्ध लगाइएको अभद्र व्यवहारको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। फैसलाअनुसार २०८२ फागुन १८ गते साँझ बर्दघाट–४ स्थित पाण्डेयको पसलमा निर्वाचनविरोधी प्रचार सामग्री रहेको सूचनाका आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो । प्रहरीले खानतलासी पुर्जी दिँदा पाण्डेयले पक्राउ पुर्जी तथा आफूलाई पक्राउ गर्नुको कारण मागेका थिए। प्रहरीले त्यसलाई अभद्र व्यवहारको संज्ञा दिँदै मुलुकी…
Read More