समाचार

तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

रोशन राउत,चन्द्रपुर, रौतहट : रौतहट जिल्लामा पछिल्लो समय काठ चोरी, कटानी र वन अतिक्रमणका घटना दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएका छन् । स्थानियवासी तथा संरक्षणकर्मीहरू काठ तस्करीको श्रृंखलाबद्ध घटनाबाट चिन्तित छन् । तर, यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ ।रौतहटका विभिन्न वन क्षेत्रहरू — जस्तै गैडाटार,गढीमाई, फतुवा बिजयपुर, गुजरा, चपुर, रंगपुर लगायतका स्थानहरूमा रातारात काठ चोरी हुने क्रम बढ्दो छ । स्थानीय स्रोतका अनुसार सुनियोजित रुपमा वन माफियाहरूले रातिको समयमा साईकल तथा ठेला गाडाबाट काठ निकासी गर्ने गरेका छन् । वन रक्षकहरू मूकदर्शक बनेका छन्…
Read More
उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी वेपत्ताहुनु भएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्य लाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्नन समेत माग गर्नुका साथै त्रिशुली नदी किनारआसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ । वक्तव्यको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…
Read More
रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौँ : रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएकाे समाचार प्राप्त भएकाे छ । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।  बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।
Read More
बनेपा–नाला–भक्तपुर सडक अवरुद्ध

बनेपा–नाला–भक्तपुर सडक अवरुद्ध

काभ्रेपलाञ्चोक : पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड वर्षाको कारण पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ । फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।
Read More
श्रीनाथ अधिकारी ‘श्याम’ को छैटौं बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न

श्रीनाथ अधिकारी ‘श्याम’ को छैटौं बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोले आफ्नो पार्टीका पूर्व नेता श्रीनाथ अधिकारी ‘श्याम’ को आइतबार छैटौँ बार्षिक स्मृति दिवस कार्यक्रम सम्पन्न गरेको छ । पोखरा सिर्जनाचोकस्थित पार्टीको ब्युरो कार्यालयमा सम्पन्न कार्यक्रमा नेता श्यामले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्‍याउनु भएको योगदानको विशेष चर्चा गरियो । विगत ६ वर्ष अगाडि आइतबारकै दिनमा ललितपुर हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरसँग लड्दालड्दै श्रीनाथ अधिकारीको निधन भएको थियो । उहाँले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी विचार र निष्ठाको राजनीति, त्याग र आदर्शलाई सबैले पछ्याउनुपर्ने कुरामा कार्यक्रममा बोल्ने सबै वक्ताहरूले जोडदिँदै श्रीनाथ अधिकारीप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी…
Read More
नेपाली एकता समाजको चेटपेट एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

नेपाली एकता समाजको चेटपेट एरिया समितिको प्रथम सम्मेलन सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समिति अन्तर्गतचेटपेट एरिया समितिको प्रथम सम्मेलन दिनांक ६ जुलाइ २०२५ का दिन सम्पन्न भएको छ। उक्त एरिया सम्मेलनको अध्यक्षता प्रेम बहादुर गौतमले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट धर्मराम बस्याल र संगित बाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजालले दिप प्रजोलन गरेर सम्मेलनको उदघाटन गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा क्षेत्रीय सदस्य बिरू नेपाली, भिम थापा, दिपा केसी दिल कुमार नेपाली नगर सदस्य सिता थापा, प्रेम गोतामे र…
Read More
सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो । प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ५ पार्टीकाे बैठक पेरिस डाँडामा सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालसहित पाँच कम्युनिस्ट पार्टीको वैठक पेरिस डाँडामा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा भएकोउक्त वैठक मा गत असार ११ गते आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रम र इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमणबिरुद्ध बिज्ञप्तिमार्फत गरिएको पहलको बिषयमा समिक्षा गरिएको बताइएको छ । यसैगरी , पाँच कम्युनिस्ट पार्टीको आजको वैठक मा प्यालेष्टाइन र इरानमाथिको अमेरिकी र इजराइली आक्रमणको बिरोध जनाउदै बृहत प्रदर्शन गर्ने र यसको तयारीको निम्ति प्रत्येक पार्टीवाट दुई दुई जना सदस्य बसेर छलफल गर्ने…
Read More
आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ । आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो । आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ । युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ । प्रस्तावमा नेटो…
Read More