साम्राज्यवाद विरुद्ध माइतीघर मण्डलामा संयुक्त विरोध कार्यक्रम
काठमाडौं : साम्राज्यवाद विरुद्ध संयुक्त विरोध कार्यक्रम सम्पन्न भएको छ । संयुक्त संघर्ष समिति, नेपालको आयोजनामा २०८२ कार्तिक ११ गते माइतीघर मण्डलामा सो कार्यक्रम सम्पन्न भएको हो । “साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता,सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले कम्युनिस्ट, बामपन्थी र देशभक्त शक्तिहरु एक जुट हुनपर्ने बताउनुभयो । साम्राज्यवादीहरु घर घरै आइपुगेको स्पष्ट गर्दै नेपालीले सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवाद र विस्तारवादको मिलेमतोमा बनेको सरकार हो भन्नुभयो । नेपाललाई विदेशीहरुले रणमैदान बनाउन खोजेको…