समाचार

प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

प्रचण्ड र ओलीहरु कम्युनिस्ट होइनन्, उनीहरु दलाल पुँजीवादका एजेन्ट बन्न पुगे : प्रवक्ता सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वली सुदर्शनले केपी ओली, प्रचण्ड र माधव नेपालहरु कम्युनिस्ट नभएको बताएका छन् । काठमाडौंमा आयोजित प्रगतिशील रुपान्तरण अभियानले आयोजना गरेको वामपन्थी पुर्नजागरण विषयक अन्तक्रियामा बोल्दैं नेता सुदर्शनले प्रचण्ड, ओली र माधवहरु दलाल पुँजीवादको एजेन्ट बनेर नवउदारवादलाई सेवा पुर्याएको आरोप लगाए । कार्यक्रममा नेता सुदर्शनले ओली, प्रचण्ड र माधवहरुले कम्युनिस्ट चरित्र छाडेर दलाल पुँजीवादको बाटोमा गएकोले अब उनीहरु कम्युनिस्ट नभएको भन्दैं हालैं सम्पन्न चुनावमा कम्युनिस्टहरुले पराजय भोगेको नभएर नक्कली कम्युनिस्टहरुले पराजय भोगेको उनको आरोप थियो । त्यसैगरी नेकपा बहुमतका प्रवक्ता उदय चलाउने दीपकले पनि अहिलेको चुनावमा वामपन्थी कम्युनिस्टहरुले भोगेको पराजय कुनैं कम्युनिस्टको नभएर नक्कली…
Read More
नतिजा प्रकाशनमा देखिएको त्रुटिको विरोधमा विद्यार्थीको संघर्षप्रति संयुक्त विद्यार्थीको ऐक्यबद्धता

नतिजा प्रकाशनमा देखिएको त्रुटिको विरोधमा विद्यार्थीको संघर्षप्रति संयुक्त विद्यार्थीको ऐक्यबद्धता

काठमाडाैँ : कक्षा १२को नतिजा प्रकाशनमा देखिएको त्रुटिको विरोधमा विद्यार्थीको संघर्षप्रति संयुक्त विद्यार्थी संघले प्रेस वक्तव्य जारी गर्दै ऐक्यबद्धता प्रकट गरेको छ । विद्यार्थी संघका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै २०८३ असार ११ गते वक्तव्यमार्फत सो ऐक्यबद्धता प्रकट गर्नु भएको हो । वक्तव्यमा परीक्षाको नतिजा प्रकाशनमा देखिएको कमजोरीले विद्यार्थीको भविष्य तथा समयको खेलवाड हुने जनाउँदै अबका दिनमा त्यस्ता कमजोरी नदो¥याउन माग गरिएको छ ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ – विद्यार्थीहरुको भविष्यसित जोडिएको शैक्षिक परीक्षा र नतिजाको ग्मभीरताप्रति सचेत छौं । हालै कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिहरु तथा केही समयअघि एसइइको नतिजामा व्याप्त कमजोरीहरु सार्वजनिक भएका छन् । परीक्षाफल समयमै…
Read More
४ कम्युनिस्ट पार्टीले आज दिउसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

४ कम्युनिस्ट पार्टीले आज दिउसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै

काठमाडौं : ४ कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा सुकुम्बासी विस्थापनको विरोधमा आज असार १२ गते दिउसो २ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । उक्त कार्यक्रममा संघर्ष समितिका नेताहरूले सम्बाेधन गर्ने आयोजकले जनाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियाे ।
Read More
४ कम्युनिस्ट पार्टीद्वारा होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन माग

४ कम्युनिस्ट पार्टीद्वारा होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिन माग

काठमाडौं : चार कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले सुकुम्बासीहरूलाई उचित व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिको असार १० गते बसेको बैठकले सुकुम्बासी विस्थापनको विषयलाई लिएर आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको हो । समितिद्वारा जारी प्रेस विज्ञप्ति अनुसार सरकारले असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न दिएको सूचना सुकुम्बासीहरूको उचित व्यवस्थापनविना गरिएको भन्दै त्यसको घोर भत्र्सना गरिएको छ । समितिले उक्त निर्णय तत्काल फिर्ता लिन…
Read More
लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष

लघुवित्त पीडितको सरकारसँग ७ बुँदे माग, सम्बोधन नभए असारदेखि सडक तताउने उद्घोष

काठमाडौं : लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालद्वारा ७ बुँदे माग सम्बोधन नगरे असार दोस्रो हप्ताबाट आन्दोलन गर्ने जनाएको छ । सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अबको संघर्ष राष्ट्र बैंक विरुद्ध केन्द्रीत हुनेसमेत जनाएको छ । आन्दोलनका अध्यक्ष रमेश सेन्चुरीले लामो समयसम्म लड्दा पनि सरकारले वित्तीय पीडितका मागहरु सम्बोधन नगरेकाले आफूहरुले नयाँ आन्दोलनका कार्यक्रम गर्न लागेको बताए । आफूहरुका मागहरु सम्बोधन हुँनै लाग्दा नेपाल राष्ट्र बैंकले अबरोध गरेको बताउँदै भने,“राष्ट्र बैंक लघुवित्त तथा वित्तीय माफियाहरुको मतियार बनेको छ, यस विषयमा सोच्ने बेला आएको छ ।” सेन्चुरीले लघुवित्त वित्तीय समस्या सम्बोधन गरी अन्यायपूर्ण ऋण मिनाहा गर्नु पर्ने, ग्रामीण…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जनसंगठन विस्तार अभियानमा

बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दिया जिल्ला संगठन समिति जनसंगठन विस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला संगठन समितिको मिति २०८३/२/२७ गते गुलरियामा सम्पन्न बैठकमा प्रमुख अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा ३नं ब्युरो सेक्रेटरी प्रकाशउर्जा हुनुहुन्थ्यो । अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिपीन क्षेत्री र पार्टी केन्द्रीय सदस्य तथा बाँके जिल्ला सेक्रेटरी पिटी रहनु भएको थियो । जिल्ला सेक्रेटरी बिनय रानाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।बैठकले गरेका निर्णय अनुसार निम्न अनुसार रहेको छ ।जनसम्पर्क र जनसंगठन विस्तार अभियान सन्चालन गर्ने । २०८३/२/२८ गते देखि भाद्र मसान्तसम्म यो अभियान…
Read More
फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More
“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

“सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तर्क्रिया कार्यक्रम हुँदै

काठमाडाैँ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आयोजनामा २०८३ जेठ २९ गते “सार्वभौमिकताको रक्षा र नेपाल भारत पारस्परीक कानुनी साहयता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रम हुँने भएको छ । कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठान घट्टेकुलोमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा राजनीतिक दलका नेतृत्वहरु, कानुनविदको मन्तव्य रहने छ । कार्यक्रममा उपस्थितिकोलागि मोर्चाले सबैमा अनुरोध गरेको छ ।
Read More
भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

काठमाडौं : यही जेठ ३० गते शनिबार दिउँसो १२:३० बजे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा गाेपीरमण उपाध्याय लिखित “भाैतिकवादी उपनिषद्हरु” पुस्तककाे परिचर्चा कार्यक्रम हुने भएको छ ।मार्क्सवादी दर्शनका अध्ययता गाेपीरमणले यस अघि पनि पूर्वीय दर्शनमा भएका भाैतिकवादी चिन्तन पद्धतिका बारेमा थुप्रै पुस्तक प्रकाशित गर्नुभएको छ । यस पटक उपनिषद्हरुका पङ्क्तिमा भाैतिकवादी उपनिषद्हरु नामक पुस्तक तयार पार्नुभएकाे छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको साे पुस्तकलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले परिचर्चा गर्न लागेको हाे । परिचर्चा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समितिका सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा. विनाेद मञ्जनले चर्चा गर्ने भएकाे छ ।उपत्यकामा रहनुभएका दर्शनमा रुचि राख्ने…
Read More
‘भारतीय सेना कालापानी छोड’ भन्दै अखिल (क्रान्तिकारी) भक्तपुरको मशाल जुलुस र कोणसभा

‘भारतीय सेना कालापानी छोड’ भन्दै अखिल (क्रान्तिकारी) भक्तपुरको मशाल जुलुस र कोणसभा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले भारतीय सेना कालापानी छोड भन्दै भक्तपुरको सानोठिमी क्याम्पस अगाडि मशाल जुलुस प्रदर्शन गरेका छन् । प्रहरी हस्तक्षेपका बाबजुद मशाल जुलुस प्रदर्शन र कोणसभा भव्य रुपमा सम्पन्न भएको संगठनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । मशाल जुलुस प्रदर्शनमा संगठनका अध्यक्ष श्रेष्ठ, महासचिव नवीन खड्का, सचिव दिनेश जोशी, भक्तपुर अध्यक्ष सागर कार्की लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) भक्तपुरको आयोजनामा गरिएको मशाल जुलुस र कोणसभालाई सम्बोधन संगठनका सचिव दिनेश जोशीले गर्नुभएको थियो । https://www.facebook.com/reel/2066391997638525 मशाल जुलुसको क्रममा भारतीय विस्तारवाद मूर्दावाद, राष्ट्रघाती बालेन्द्र साह राजिनामा दे, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, राष्ट्रघाती बालेन्द्र सरकार खारेज…
Read More