क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।” यस्तो छ वक्तव्यको पूर्णपाठ :“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा…