नकुल चौलागाइ को बिचार
मुलुक अहिले इतिहासकै अत्यन्तै गम्भीर चुनौती र संवेदनशील मोडमा उभिएको छ। नेपाल एक स्वतन्त्र, सार्वभौम र स्वाधीन मुलुक हुनुका साथै संयुक्त राष्ट्रसंघको सदस्य पनि हो। नेपालको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताका लागि हाम्रा वीर पुर्खाहरूले देशभक्तिपूर्ण लडाइँ लडेर मातृभूमिलाई जोगाएका हुन्। नेपालको माटो लुटिँदा वा लुछिँदा आफ्नो शरीरको मासु लुछिएको ठान्ने हामी देशभक्त नेपालीले सधैँ राष्ट्रियताको अनुभूति गर्दै आएका छौँ। हामी बरु खरानी हौँला, तर हाम्रो एक इन्च जमिन (माटो) मिच्न दिने छैनौँ। यो वीर गोर्खालीको नामले संसारलाई हल्लाएको परिचित मुलुक हो। नेपालको इतिहासलाई गहिरिएर हेर्दा बेलायती उपनिवेशकालदेखि हालको नरेन्द्र मोदी नेतृत्वको सरकारसम्म आइपुग्दा, नेपालका जुनसुकै कालखण्डका सरकारहरू आफ्नो राष्ट्रिय…