बाढी तथा पहिरो प्रभावित ४०० परिवारलाई करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग
हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. र को संयुक्त पहलमा करिब रु. ११ लाख बराबरको राहतसामग्री सहयोग गरिएको छ। करिब ४०० प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्लाप्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको हो। उक्त राहत सामग्री नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ (पिपलटार), विदुर नगरपालिका वडा नं. १, त्रिशूली बजार र त्यस क्षेत्रमारहेका बेत्रावती तथा रसुवाका बाढी-पहिरो प्रभावित नागरिकहरूलाई वितरण गरिनेछ। विपद्को यस कठिन समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउँदै उहाँहरूको दैनिकी सहज बनाउन…