जन बिहानी

1502 Posts
साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो ।…
Read More
क्रान्तिकारी खेलकुद महासंघ नेपालले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी खेलकुद महासंघ नेपालले दियाे यस्ताे चेतावनी

काठमाडाैँ : क्रान्तिकारी खेलकुद महासंघ नेपालले एएफसी वुमेन्स एसियन कप छनौट खेल सम्बन्धमा क्रान्तिकारी खेलकुद महासंघ नेपालको ध्यान आकर्षण भएको जनाएको छ । क्रान्तिकारी खेलकुद महासंघका संयोजक सूर्य भूजेलले २०८२ असार २६ गते एक प्रेस विज्ञप्ति जारी गरी सो कुरा बताउनु भएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ – खेलकुद जगतको प्यारो संगठन क्रान्तिकारी खेलकुद महासंघ नेपाल, नेपालको खेलकुद क्षेत्रको विकृति र विसङ्गतिको विरुद्दमा साथै उन्नयन र विकासको पक्षमा लड्दै आएको कुरा सर्बबिदितै छ। नेपालको खेलकुद क्षेत्रको जुन रफ्तारमा विकास हुनपर्ने हो, त्यसो हुन नसक्नुका धेरै कारणहरुमध्ये खेल क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप, भागवण्डा र खेलकुद क्षेत्रमा मौलाएको भ्रष्ट्राचार नै…
Read More
संघीय निजामती विधेयकमा कर्मचारी र नेतृत्वको साँठगाठ

संघीय निजामती विधेयकमा कर्मचारी र नेतृत्वको साँठगाठ

–प्रेम सुवेदीसामन्यतः धेरै मानिसहरु राज्यसत्ता भनेको सरकारलाई बुझ्दछन । तर, सत्य त्यो होइन, बरु सरकार राज्यसत्ताको प्रवक्ता मात्र हो । यो भ्रममा सामान्य जनता मात्र होइन, कैयौं राजनीतिक पार्टीहरु पनि छन । त्यसैको परिणाम पार्टीका नेता कार्यकर्ताहरुले मूलतः राज्यसत्ताको प्रश्नलाई भन्दा सरकारको बिषयलाई ज्यादा महत्व दिने गरेको पाइन्छ । सरसर्ती हेर्दा त्यो सही जस्तो देखिए पनि त्यसले दुरगामी रुपमा पार्ने नकारात्मक प्रभाव बारे त्यति ध्यान दिएको पाइदैन । निश्चय नै सरकार राज्यसत्ताको एक प्रमुख अंग हो तर स्वयंमा राज्यसत्ता होइन । राज्यसत्ता भनेको मुल रुपमा सेना, प्रहरी, कर्मचारीतन्त्र, न्यायपालिका, कार्यपालिका व्यवस्थापीका र जेल लगायतको समुच्च रुप हो । त्यसको एउटा…
Read More
भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान

-सीपी गजुरेलसामान्यतया भ्रष्टाचार भनेको व्यक्तिगत लाभका लागि सामाजिक मूल्य मान्यतालाई परित्याग गरी गरिने क्रियाकलाप हो । घुस लिने र दिने कुरालाई मात्र भ्रष्टाचार भन्ने मानिसहरुले बुझ्ने गर्दछन् । भ्रष्टाचारको अर्थ केवल घुसमा मात्र सीमित छैन । समग्र भ्रष्ट आचरण भ्रष्टाचार हो । प्रतिक्रियावादी संरचनामा कानुन् ,नीति ,नियम बनाउँदा भ्रष्टाचार गर्न मिल्ने ठाउँ राखिएको हुन्छ । त्यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।गत जेष्ठ ६ देखि ८ गते सम्म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक बसेको थियो ।त्यो बैठक र त्यसपछिको स्थायी समितिको समेत बैठकले भ्रष्टाचार विरुद्ध अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । पि.बि. र स्थायी समितिको बैठकको निर्णय अनुसार…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

प्रदिप अस्तानी बनेपा /काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले अगुवा कार्यकर्ताहरुको बिचमा बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ। काभ्रे जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थाइ समिति सदस्य राम सिङ श्रीसको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रुपमा कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको हो । प्रमुख अतिथि श्रीसले संगठन निर्माण र परिचालन सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको हो। प्रशिक्षणमा बोल्दै नेता श्रीसले अनुशाशीत कार्यकर्ताले मात्र संगठन राम्रो र बलियो हुने हुँदा त्यस तर्फ काम गर्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो। नेपालमा थुप्रै कम्युनिस्ट पार्टी भएको तर कुन असली कम्युनिस्ट हो भनेर चिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “राजनीतिक पार्टीहरूको विश्लेषण” खण्ड ) ५. राजनीतिक पार्टीहरूको विश्लेषणआज नेपालमा संसद तथा सरकारमा आबद्ध र संसद तथा सरकार बाहिर विभिन्न राजनीतिक पार्टीहरु तथा समूहहरू क्रियाशील रहिआएका छन् । तिनको सही मापदण्डका आधारमा विश्लेषण गर्न आवश्यक छ । वर्गीय, विचारधारात्मक तथा राजनीतिक मान्यता, तदनुरुप बनाइएका नीति, कार्यक्रम तथा कार्यदिशा र व्यावहारिक गतिविधिलाई मापदण्ड बनाई त्यसप्रकारका राजनीतिक पार्टीहरूको विश्लेषण गर्नुपर्दछ । यस प्रकारका मापदण्डहरूमा वर्गीय मापदण्डलाई प्रधानता दिनु पर्दछ । विभिन्न राजनीतिक दलहरूमा विभिन्न समयमा…
Read More
तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

रोशन राउत,चन्द्रपुर, रौतहट : रौतहट जिल्लामा पछिल्लो समय काठ चोरी, कटानी र वन अतिक्रमणका घटना दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएका छन् । स्थानियवासी तथा संरक्षणकर्मीहरू काठ तस्करीको श्रृंखलाबद्ध घटनाबाट चिन्तित छन् । तर, यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ ।रौतहटका विभिन्न वन क्षेत्रहरू — जस्तै गैडाटार,गढीमाई, फतुवा बिजयपुर, गुजरा, चपुर, रंगपुर लगायतका स्थानहरूमा रातारात काठ चोरी हुने क्रम बढ्दो छ । स्थानीय स्रोतका अनुसार सुनियोजित रुपमा वन माफियाहरूले रातिको समयमा साईकल तथा ठेला गाडाबाट काठ निकासी गर्ने गरेका छन् । वन रक्षकहरू मूकदर्शक बनेका छन्…
Read More
उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी वेपत्ताहुनु भएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्य लाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्नन समेत माग गर्नुका साथै त्रिशुली नदी किनारआसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ । वक्तव्यको…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित १२ दलकाे असार २७ गते विशाल प्रदर्शन हुने

काठमाडाैँ: देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमणको विरोध गर्न २०८२ असार २७ गते विरोध प्रदर्शन गर्ने भएका छन् । १४ पार्टी तथा समुहहरुको २०८२ असार २४ गते बसेको बैठकले सो निर्णय गरेको हो । असाढ २७ गते दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभा गरिने जाइएको छ । सो सभालाई १२ दल र दुइ अभियान समुहका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सो कुरा बैठकमा सहभागी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य दिनेश शर्माले हाँकलाई बताएका हुन् । उक्त सभा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ,नेपाल कम्युनिष्ट पार्टी…
Read More
रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौँ : रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएकाे समाचार प्राप्त भएकाे छ । यस्तै ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।  चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको भनाइ छ ।  बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाई पुल पूर्ण रूपमा क्षति भएको छ । यससँगै मानिस र सवारी साधनमा आगत जावत बन्द भएको प्रहरीको भनाइ छ ।
Read More