जन बिहानी

1712 Posts
हुम्लाबाट नेपाली कला आकाशतर्फ उडान भरिरहेकी कलाकार – आरती बुढा

हुम्लाबाट नेपाली कला आकाशतर्फ उडान भरिरहेकी कलाकार – आरती बुढा

हिमालको काखमा बसेको हुम्ला। भौगोलिक दूरीले काठमाडौंसँग टाढा, तर सपना र सम्भावनाले कुनै सीमामा नबाँधिएको भूगोल। यही दुर्गम भूगोलबाट एउटा सपना बोकेर नेपाली कला क्षेत्रमा आफ्नो उडान भरिरहेकी छिन् कलाकार -आरती बुढा। मोडलिङ र अभिनयलाई आफ्नो मुख्य पेसाका रूपमा अघि बढाइरहेकी आरतीका लागि कलाकारिता केवल क्यामेराअगाडि उभिनु वा पर्दामा देखिनु मात्र होइन। यो उनको आत्मअभिव्यक्तिको माध्यम हो, आफ्नो पहिचान निर्माण गर्ने यात्रा हो र आफूले देखेको सपनालाई वास्तविकतामा बदल्ने निरन्तर प्रयास हो। हुम्लाजस्तो दुर्गम जिल्लाबाट आएर नेपाली कला क्षेत्रमा आफ्नो स्थान बनाउन खोज्नु आफैँमा सहज यात्रा होइन। अवसरको पहुँच, भौगोलिक दूरी र प्रतिस्पर्धात्मक वातावरणका बीच आरतीले भने आफ्नो यात्रालाई रोक्न…
Read More
ग्रे जोनको रिपोर्ट र फासिवाद

ग्रे जोनको रिपोर्ट र फासिवाद

लेखक : सन्तबहादुर नेपाली जेनजी “विद्रोह” बारे लामो अध्ययन गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निष्कर्ष निकाल्यो– जेनजी“विद्रोह” अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित “विद्रोह” थियो । धेरै पार्टीहरुमा यसबारे अलमल थियो र अहिलेसम्म कायमै छ। कतिपयले यसलाई पेरिस कम्युनसित तुलना गरे । कतिपयले भाद्र २३ गतेको “विद्रोह” स्वतःस्फूर्त थियो । २४ गते साम्राज्यवादका दलालहरुले त्यो “विद्रोह” लाई हाईज्याक गरेका थिए । शुरुमा क्रा।क।पा नेपालको पनि त्यही निष्कर्ष थियो । पछि थप अध्ययनपछि त्यो निष्कर्ष बदलियो। कतिपयले भाद्र २३ गते स्वतःस्फूर्त आन्दोलनमाथि केपी ओली नेतृत्वको सरकारले गोली चलाए र करिव २२ जना युवा विद्यार्थीहरुको हत्या गरेपछि भाद्र २४ गतेको विध्वंशात्मक स्थिति निम्तीएकोे हो ।…
Read More
क्रान्तिकारी वैध सँग दक्षिणपन्थी प्रचण्डको तुलना गर्न मिल्दैन : नेता सुमन पराजुली

क्रान्तिकारी वैध सँग दक्षिणपन्थी प्रचण्डको तुलना गर्न मिल्दैन : नेता सुमन पराजुली

काठमाडाैँ: लोकपाटी डटकम नाम गरेको एउटा अनलाइन पत्रीका रहेछ त्यसका बिश्लेषणहरु हेर्दा लाग्छ की यो पत्रीका प्रचण्डको भात खाएर प्रचण्ड लाई हिरो बनाउन हिडेको छ।यो पत्रीकाले केही दिन देखी जनयुद्धको पृष्ठभुमी भएका प्रचण्ड ईतरका खास गरेर बैध, बिप्लब, बाबुराम, धर्मेन्द्र हरुलाई जोडेर कथित बिश्लेषण गर्दै समाचार बनाएछ ती समाचारको शिर्षक तस्बिरमा छ।यी समाचार वा बिश्लेषण पढ्दा सोझै के बुझीन्छ। भने प्रचण्ड सोरैआना ठिक हुन बाकी खराबहुन र अहिले पनी प्रचण्डको ठुलो अस्तित्व छ प्रचण्ड हिरो हो उनले जेभन्यो जे चायो त्यही हुन्छ तर अरुभने स्वाहा भए,यती बेला यो कथित पत्रीकाले यस्तो समाचार किन बाहिर ल्याई रहेको छ ?के साच्चै प्रचण्ड…
Read More
पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न प्रवक्ता सुदर्शनकाे अपील

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न अपील गरेको छ । साथै २०८३ असोज ७ देखि ११ सम्म आएको अविरल वर्षाको कारण आएको बाढी पहिरो पीडितहरुको छिटोभन्दा छिटो उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असोज १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढी पहिरोजन्य प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरिएको छ ।“साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो,…
Read More
मित्रलाल पज्ञानीद्वारा रचित ‘साहित्य र राजनीति’पुस्तकको परिचर्चा सम्पन्न

मित्रलाल पज्ञानीद्वारा रचित ‘साहित्य र राजनीति’पुस्तकको परिचर्चा सम्पन्न

काठमाडाैँ : मित्रलाल पज्ञानीद्वारा रचित ‘साहित्य र राजनीति’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको चन्द्रागिरी कक्षमा सिर्जना र संवाद कार्यक्रमको १९औं श्रृङखला अन्तर्गत २०८३ असोज १० गते पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख परिचर्चाकार प्रा.डा.नन्दिस अधिकारी हुनुहुन्थ्यो भने परिचर्चाकारहरु समालोचक डा. छायाँदत्त न्यौपाने, अमृता शर्मा र प्राज्ञ लोक बहादुर थापा लगायत रहनु भएको थियो । भुँडी पुराण प्रकाशन गृहका केशव पराजुलीले समीक्षामूलक धारणा राख्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सिताराम तामाङले पुस्तकमाथि महत्वपूर्ण सुझाव दिनुहुँदै माक्र्सवादी आन्दोलन रुपान्तरणको लागि भएको धारणा राख्नु भयो । कार्यक्रममा परिचर्चाकारहरुले पुस्तक वैचारिक…
Read More
लोककल्याणकारी विज्ञापनको रकम कटौती-समाधान नभए देशव्यापी आन्दोलन थप कडा पार्ने चेतावनी

लोककल्याणकारी विज्ञापनको रकम कटौती-समाधान नभए देशव्यापी आन्दोलन थप कडा पार्ने चेतावनी

काठमाडौँ : निजी क्षेत्रका सञ्चार माध्यममाथि व्यवसायिक नाकाबन्दीको विवाद समाधान हुन नपाउँदै सरकारले छापा सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेपछि सरकार र सञ्चार क्षेत्रबीचको टकराव थप चर्किएको छ । नेपाल पत्रकार महासंघ, छापा माध्यमका प्रकाशक–सम्पादक तथा सञ्चारसम्बद्ध संघ–संस्थाहरूले सरकारको पछिल्लो निर्णय फिर्ता लिन माग गर्दै आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन् ।नयाँ सरकार गठन भएलगत्तै गत चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवस्तरीय निर्णयबाट निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी सूचना तथा विज्ञापन वितरणमा अंकुश लगाउने गरी गरिएको परिपत्रविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त निर्णय गैरकानूनी ठहर गर्दै सर्वोच्च अदालतले असार ३० गते फैसला गरे पनि…
Read More
जनताको अवस्था बदल्न व्यवस्था बदल्नु अनिवार्यः महासचिव दिपक

जनताको अवस्था बदल्न व्यवस्था बदल्नु अनिवार्यः महासचिव दिपक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का नवनिर्वाचित महासचिव उदय बहादुर चलाउने‘दिपक’ले नेपाली जनताको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा भएको पत्रकार भेटघाटमा चलाउनेले सरकारका जनविरोधी गतिविधिविरुद्ध निकट भविष्यमा संघर्षको प्रक्रियालाई अगाडि बढाउने उद्घोषसमेत गरे । हालै भएको प्रथम राष्ट्रिय सम्मेलनबाट महासचिवमा निर्वाचित चलाउनेले जनसंविधानका लागि जनपरिचालन गरि वर्तमान व्यवस्थालाई विस्थापन गर्ने संघर्ष अगाडि बढाउने उद्घोष गरे ।वर्तमान दलाल पुँजीवादी व्यवस्थाको बालेन सरकारले इतिहासमै राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउँदै लगेको, सुशासनका नाममा कुशासनलाई प्रसय दिएको र जनताको जनजीविकालाई थप कष्टकर बनाउँदै गएकाले त्यसको विकल्प खोज्नुपर्ने उनको कथन छ । “सुरुमै सुकुम्बासी बस्तिमा डोजर चलाएर यो सरकार…
Read More
‘अब कुरा होइन, परिणाम चाहिन्छ’

‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। “विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,” हमालले भनेका छन्। उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।…
Read More
राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नुपर्छ : नेता परी थापा

धनगढी: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नु पर्ने आबश्यकतामा जोड दिनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम(व्युरो १ र २) को आयोजनामा २०८३ असोज ७ गते धनगढीको होटल शुभममा “देशको अवस्था र राष्टिय स्वाधीनताको प्रश्न” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै थापाले उक्त आबश्यकतामा जोड दिनुभएको हो । थापाले देशको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेकाले मोर्चा जरुरी भएको स्पष्ट गर्नु भयो । कार्यक्रममा स्थायी समिति सदस्य परि थापाले प्रस्तुत गरेको अवधारणापत्र पिविएम लालवहादुर जाग्रीले वाचन गर्नु भएको थियो । । अवधारणपत्र माथि प्रगतिशील लेखक संघका लक्षिराम आचार्य, नेपाल वार एशोसियसनका निवर्ततमान…
Read More
सुस्ताका १५० बढी घरपरिवार उच्च जोखिममा

सुस्ताका १५० बढी घरपरिवार उच्च जोखिममा

काठमाडाैँ : पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । सुस्ता गाउँपालिका –५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका १६५ घरमा पसेको छ ।थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउसोँ नै सारिएको र गए राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिए । पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरुलाई नारायणी नदी वारि सुरक्षित स्थानमा सार्ने तयारी रहेको उनले बताए । कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको…
Read More