क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक प्रेस वक्तव्य जारी गर्दै देशव्यापी सुकुम्बासीहरुको न्यायपूर्ण संघर्षमा भाग लिन पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा सुकुम्बासीहरुमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरुाट विना विकल्प बलपूर्वक निकाल्ने बालेन्द्र सरकारको सूचनाप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै समुचित वैकल्पिक व्यवस्था नगरिकन सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट हटाउने र सुकुम्बासी बस्तीहरुमा डोजर लगाउने कार्यले सरकार फासिस्ट साबित हुँदै गएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “कठपुतली बालेन्द्र सरकारले थप सुकुम्बासी बस्तीहरूमाथि डोजर लगाउने र आफैले राखेका होल्डिङ सेन्टरहरूबाट सुकुम्बासी परिवारलाई पुनः बलपूर्वक लखेट्ने सुचनाले हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण…