ताइवानमा शक्तिशाली भूकम्प : भूकम्पमा मर्नेको सङ्ख्या ९ पुग्यो, ८८२ जना घाइते
ताइपेई : ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानमा गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ । यीमध्ये ५० जना सिल्क्स प्लेस होटल तारोकोका कर्मचारीहरू भएको बताइएको छ । भूकम्प आएको समयमा यी कर्मचारीहरू चार मिनिबसमा यात्रा गरिरहेका थिए । मिनीबसमा सवार कसैको पनि फोनमा सम्पर्क हुन नसकेपछि कतै फसेको हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् । हुआलिएन काउन्टीमा एउटा सुरुङमा फसेका दुई जना जर्मन नागरिकहरुको उद्धार गरिएको एनएफएले…