क्रान्तिकारी कम्युनिस्ट पार्टीका अर्घाखाँची इन्चार्ज हुकुम र सह-सयोजक पाण्डे गिरफ्तार, ५ न. प्रदेश संयाेजक अटलले दिए यस्ताे चेतावनी
अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पाटी नेपाल महाधिवेशन आयोजक समिती सदस्य तथा ५ न. प्रदेश सङ्गठन समितीका सचिवालय सदस्य तथा अर्घाखाँची जिल्ला सङ्गठन समिती इन्चार्ज होम बहादुर खड्का 'हुकुम' र ५ न. प्रदेश सङ्गठन समितिका सदस्य एबम अर्घाखाँची जिल्ला सङ्गठन समिति सह-सयोजक नरेश्वर पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेश सङ्गठन समितिका संयाेजक अटलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तार कमरेडहरुलाई बिना सर्त यथाशिघ्र रिहाईकाे जोडदार माग गरेका छन् । उनले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ, 'हाम्रो पार्टी राजनैतिक, आर्थिक, एबम सामाजिक बिकृती र बेथितिका विरुद्ध संघर्षरत रहदै आएको तथ्य जग जाहेर नै छ ।…