जन बिहानी

1502 Posts
पेरिस ओलम्पिक सक्याे

पेरिस ओलम्पिक सक्याे

एजेन्सी/पेरिस : ओलम्पिकको ३३ औँ संस्करण पेरिस २०२४ समापन भएको छ । समापन समारोहमा खेलकुद, चलचित्र र सङ्गीत क्षेत्रका स्टारहरू एकसाथ देखिए। मोटरसाइकलमा प्रस्थान गर्नु अघि अभिनेता टम क्रुज अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरिने ओलम्पिक झन्डा सङ्कलन गर्न स्टा डे फ्रान्सको छतबाट ओर्लिए, जहाँ सन् २०२८ मा अर्को संस्करण आयोजना हुनेछ। रेड हट चिली पेपर, बिली आइलिस, स्नुप डग र डा ड्रे लगायतले कार्यक्रममा प्रस्तुति दिए । आफ्नो समापन भाषणमा, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) अध्यक्ष थोमस बाचले यसपटकको ओलम्पिक ‘सनसनीपूर्ण’ रहेको बताए । २६ जुलाई मा सिने नदीको किनारमा उद्घाटन समारोहबाट सुरु भएको खेलहरूमा सहयोग गर्ने ४५ हजार स्वयंसेवकहरूको…
Read More
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य,…
Read More
‘तिम्रो हत्यापछि’ : उज्यालोको एउटा गीत

‘तिम्रो हत्यापछि’ : उज्यालोको एउटा गीत

समालोचना १.आरम्भसमकालीन नेपाली प्रगतिवादी कवितासिविरमा यज्ञबहादुर डाँगी एउटा स्थापित, प्रतिभासम्पन्न र प्रखर हस्ताक्षरको नाम हो । २०१० साल फागुन २७ गते बुबा इन्द्रबहादुर डाँगी र आमा टीकाकुमारी डाँगीको कोखमा जन्मिएका कवि डाँगीले औपचारिक रूपमा आइ.एड.सम्मको अध्ययन गरेका छन् । लामो समयदेखि शिक्षण पेसामा संलग्न डाँगीको औपचारिक साहित्यिक यात्रा २०३७ सालको ‘लालुपाते’ पत्रिकामा प्रकाशित कविताबाट आरम्भ भएको हो । कलम, वेदना, बगर, उत्साह, राप्तीदूत, अन्तध्र्वनि, पहल, नयाँ युगबोध, नयाँ जनउभार, कलाश्री आदि दर्जनौं पत्रपत्रिकाहरूमा आफ्ना कविताहरू प्रकाशित गरेका डाँगीको कवितासङ्ग्रह ‘तिम्रो हत्यापछि’ एक मात्र पुस्तकाकार कृति हो । दाङबाट प्रकाशित हुने पहल साहित्यिक त्रैमासिकको सम्पादक डाँगीले राप्ती साहित्य परिषद्, दाङद्वारा प्रदान…
Read More
वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यभार

वर्तमान राजनीतिक परिस्थितिमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यभार

नेपाल अहिले अर्ध सामन्ती,अर्ध औपनिवेशिक विशेषता सहितको नव औपनिवेशिक अवस्थामा छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विकराल समस्याहरु विद्यमान अर्धसामन्ती, अर्धऔपनेवेशिक तथा नवऔपनिवेशिक व्यवस्था अन्तर्गत हल हुन सक्दैनन् । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढेर नै देश र जनताका समस्याहरु हल हुने छन् । त्यसका निम्ति क्रियाशील हुनु नै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रमुख कार्यभार हो । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढ्नका लागि अहिले देखिएका राष्ट्रियता ,जनतन्त्र र जनजीविकाका समस्याहरुको उठान गरेर जनतालाई गोलबन्द गर्दै सशक्त संघर्षको गर्नु हाम्रो कार्यभार हो । एकातिर राष्ट्रिय स्वाधीनताको रक्षाकालागि साम्राज्यवाद, विस्तारवादका विरुद्ध संघर्ष गर्ने…
Read More
कञ्चन समुहले भन्ने गरेको समाजवाद सुधारवादी समाजवाद हो : संयोजक किरण

कञ्चन समुहले भन्ने गरेको समाजवाद सुधारवादी समाजवाद हो : संयोजक किरण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक काठमाडौंमा सुरु भएको छ । २९ श्रावणसम्म सञ्चालन हुने बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका संयोजक मोहन वैद्य किरणले कञ्चन समुहको प्रवृत्ति किटान गर्नु भएको छ । उहाँले कञ्चन समुहले भन्ने गरेको समाजवाद वैज्ञानिक समाजवाद नभएर ‘सुधारवादी समाजवाद’ भएको पनि ठहर गर्नुभयो । पूर्व नेकपा (बहुमत) सित सम्बद्ध उक्त समूहले अराजकतावादी व्यक्तिवाद अवलम्बन गरी पार्टी एकताको सैद्धान्तिक एवम् राजनीतिक सहमति तोडेको, पार्टी एकताको तीन बुँदे विधि तथा पद्धति तोडेको, रहस्यमय भेटघाट र षड्यन्त्रमूलक कार्यशैली अवलम्बन गर्दै आएको र एक पार्टी दुई कार्यनीति अवलम्बन गरी गुटवाद र फुटवादको प्रक्रिया अगाडि…
Read More
वैज्ञानिक समाजवादी कार्यदिशा वा क्रान्तिकारी पलायनको राजनीति ?

वैज्ञानिक समाजवादी कार्यदिशा वा क्रान्तिकारी पलायनको राजनीति ?

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भावी एकता महाधिवेशनमा छलफलका लागि प्रस्तुत वैज्ञानिक समाजवादी कार्यदिशा सम्बन्धि प्रस्तावमा प्रवेश गर्नुभन्दा पहिले कमरेड कञ्चनले गर्नुभएको मेहनतको प्रशंसा गर्न चाहन्छु र उहाँलाई धन्यवाद दिन चाहन्छु ।विषय प्रवेशप्रथमतः यो प्रस्तावित दस्तावेज महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज जस्तो नै भएन । एउटा पाठ्यसामाग्री जस्तो बनेर आयो । हामीले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा यति भद्दा दस्तावेजको प्रथमपल्ट अनुभव गर्दैछौं । विश्व कम्युनिष्ट आन्दोलनमा दस्तावेज पेश गर्दा जनता र कार्यकर्तालाई बुझाउन प्रयत्न गरिन्छ, दंग पार्न होइन । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा तत्कालीन सोभियत संघको बिसौं पार्टी महाधिवेशन, १९५६मा निकिता खु्रश्चेवले स्टालिनको विरुद्धमा एउटा भद्दा दस्तावेज पेश गरेका थिए । तर…
Read More
आफूँ मरेको अनुभूति गर्दा

आफूँ मरेको अनुभूति गर्दा

२०५५ साल भाद्र महिनाको पहिलो हप्ता हुनुपर्छ, शेखरजी, म, रेणु र बिनिता हामी चारजनाको टिम अत्यन्तै संबेदनशील अबस्थामा संगठनात्मक कामको सिलशिलामा ओखलढुंगाको ज्यामीरे पुगेका थियौं। लोकिल भञ्ज्याङको ठ्याक्कै मुलबाटोमा डक्टरसाबको घरमा राति अबेर तिर पुग्यौं।भोलिपल्ट दिनभरी खोकी आउँदापनि सिरकले मुख छोपेर खोक्दै, दिनभरीको घामको रापले जस्ता तातेर रनक्क भएको रापभित्र बूइगलमा बस्यौं। सदरमुकामबाट करिब २० मिनेटको दूरी भित्ररहेको दोहोरीलत्ता मानिसहरु सदरमुकाम ओहोर-दोहोर गर्ने अनि सेना प्रहरीपनि नियमित गस्ती गरिरहने, जिल्ला हेडक्वार्टरको सुरक्षा आर्क भित्रैको ब्यास्त मुल बाटोको जोखिमपूर्ण बसाइ हो हाम्रो त्यो बसाइ। खोक्न, बोल्न र नियमित निष्काशनको निम्ति पनि अत्यन्तै कष्टपूर्ण र डरमर्नु हुन्थ्यो त्यतिबेला।जसो–तसो भोलिपल्टको दिनपनि बितायौं।हुनत भोलेन्द्र…
Read More
साम्यवाद किन उत्पन्न भयो ?

साम्यवाद किन उत्पन्न भयो ?

संसारमा विनाकारण कुनै काम हुन सक्दैन । पुँजीवाद पनि तब उत्पन्न भएको थियो, जब त्यसलाई उत्पन्न गराउने चीज उत्पन्न भएको थियो– अर्थात् (१) थोरै मेहनत या विना मेहनत धनी हुने मानिसको स्वभाविक इच्छा, (२) मेशिनहरुको आविष्कारद्वारा थोरै मेहनतबाट धेरै चीजहरु तयार गरेर सस्तो मोलमा बेचेर त्यसबाट फाईदा उठाउने सुविधा (३)मेशिनद्वारा बनेका चीजहरुद्वारा बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण स्वतन्त्र कालीगढको प्रतियोगिता खत्तम हुनु, (४) बढी जानकारीको आवश्यक नभइकन असहाय व्यक्तिहरुले पनि मेसिनद्वारा राम्रा चीजहरु बनाउन सक्नु । यस्तै प्रकारले साम्यवाद जसबाट यहाँ हाम्रो मतलव वैज्ञानिक साम्यवादसँग छ ः तव प्रकट भयो, जब त्यसलाई उत्पन्न गर्नेचाहिं कारण मौजुद भए ।जुन वस्तुमा मानिसको…
Read More
असफल शान्ति संझौता र संक्रमणकालीन न्यायका कुरा

असफल शान्ति संझौता र संक्रमणकालीन न्यायका कुरा

नेपालमा बेलाबखत बिचित्रका राजनीतिक गतिबिधिहरु हुनेगरेका छन् । हालैमात्र नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा प्रमुख तीन संसदवादी राजनीतिक दलका बीचमा समझदारी भएको जुन प्रचार गरिएको छ, त्यो आफैमा सरासर गलत छ । यो संसदमा रहेका केही दलहरुको दिउँसै रातपार्ने कुरा मात्र हो । यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त कार्य दल बनाएको भनिएको थियो । कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्दकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायतका विषयमा सहमति भएको जुन भनिएको छ, खासमा त्यो एकतर्फी र जोर जबरजस्तीको कुरा मात्र हो । नेपालमा पछिल्लो समयमा हरक्षेत्रमा देशको आवश्यकता…
Read More
पुर्बी पहाडमा बन्दुकहरुसँग लुकामारी खेल्दा

पुर्बी पहाडमा बन्दुकहरुसँग लुकामारी खेल्दा

हिँडदा हिँडदा लखतरान भइसकेको जिन्दगिलाइ जबरजस्ती घिसार्दै त कँहि कतै ओरालोमा हुत्याउदै,जसो तसो तामाकोशीको नँयापुलसम्म झार्यौ । हुन त तौँथलिबाट कालिन्चोक आसपास कुरिदेउराली हुँदै लापिलाङ्ग तिरबाट लामिडाँडाहुदै सम्पर्कमा पुग्न छिटो र सुरक्षित पनि हुन्थ्यो । तर काटाकुटीमा महत्वपुर्ण भेटघाटको काम अनि कमरेड दिपक लाईपनि सँगै लिएर जानुपर्ने पनि भएकोले त्यतैको रुट तय गरियो । सिन्धुपाल्चोकको तौँथली देखि मुढे, दोलखाको लाँकुरि भन्ज्याङ्ग, काटाकुटी, चरङ्गे खोला हुदै नयाँपुल, नाम्दु हुदै क्षेत्रपा अनि जुगु सम्मकोलागी दिवा यात्रा यानेकी दिउसै डे मूभ थियो त्यो यात्रा । ओ हो ! हिँडेर आइपुग्न त्यो कोच्याङ्ग खाँद ! कत्ति धेरै बाटो छ भन्नेकुरा हिड्नेहरुलाइ मात्र थाहा हुन्छ…
Read More