अगस्ट ब्लाङ्की

Web Developer
116 Posts
रानाथारु समुदायमा सिकलसेल एनिमिया रोगको जोखिम

रानाथारु समुदायमा सिकलसेल एनिमिया रोगको जोखिम

कञ्चनपुर : पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो । त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये एक सय ९९ मा बाहक (ट्रेट) देखा परेको थियो । ‘बाहक (ट्रेट) देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ’, भट्टले भने,…
Read More
सहकारी संकट :ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकको अस्वीकार

सहकारी संकट :ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकको अस्वीकार

काठमाडौं : नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ । सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न अस्वीकार गर्दै आवश्यक परे विज्ञ जनशक्ति उपलब्ध गराउने सकिने सझावसहितको जवाफ सहकारी मन्त्रालयलाई पठाएको छ । गत साता मन्त्रालयको अनुरोधपत्रको जवाफ दिँदै राष्ट्र बैंकले सहकारी विभागमा अनुगमन निरीक्षण टिम बनाउन र त्यसमा आवश्यक विज्ञका रूपमा सहयोग गर्ने बताएको हो । ‘राष्ट्र बैंकलाई कारबाही गर्ने…
Read More
गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

डा. कीर्तिपाल सुवेदीप्रसूति तथा स्त्रीरोग विशेषज्ञ गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ । गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य मानिन्छ । कतिपगर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?य अवस्थामा यसलाई गर्भधारणको पहिलो लक्षणको रुपमा पनि बुझ्ने गरिन्छ । गर्भावस्थामा वाकवाकी लाग्नुको कारण हर्मोनमा हुने परिवर्तन हो । त्यसबेला गर्भाशयमा भ्रुण विकास गर्न एक किसिमको हर्मोन जरुरी हुन्छ, जसलाई ह्युमन कोरियोनिक गोनाडोट्रोफिन (एचसीजी) भनिन्छ । गर्भावस्थामा यो हर्मोनको स्तर अचानक बढ्न थाल्छ । यो हर्मोनले महिलाको पेट र आन्द्रामा सोझो प्रभाव पार्छ, जसले…
Read More
अन्तरिक्षमा नक्कली सूर्यग्रहण लगाउँदै

अन्तरिक्षमा नक्कली सूर्यग्रहण लगाउँदै

काठमाडौं : युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को प्रोबा ३ मिसन आगामी सेप्टेम्बर महिनामा भारतको पिएसएलबी रकेट मार्फत् प्रक्षेपण गर्नका लागि तयार छ । उक्त नयाँ मिसनमा दुईवटा ससाना स्याटेलाइट, एउटा कोरोनाग्राफ र एउटा अकुल्टर रहेका छन् जसले करीब १५० मिटरको दूरीमा उडान भर्नेछ । एजेन्सीका अनुसार यो मिसन एउटा कृत्रिम सूर्यग्रहणको सिर्जना गर्नका लागि दुईवटा उपग्रहको बीचमा उडान भर्नेछ । यसबाट सूर्यको धमिलो कोरोनाको नयाँ दृश्य सार्वजनिक हुनेछ । कृत्रिम सूर्यग्रहणका अतिरिक्त यो मिसनको उद्देश्य सौर्य कोरोना तथा सौर्य हावाको गतिशीलताको अध्ययन गर्नुपनि हो, जुन अन्तरीक्ष मौसमका घटनाहरुमा महत्वपूर्ण हुनेछ । प्रोबा थ्री मिसनमा दुईवटा साना परिष्कृत स्याटेलाइट छन् जसलाई…
Read More
कांग्रेसबाट निरन्तर धोका भयो : माओवादी

कांग्रेसबाट निरन्तर धोका भयो : माओवादी

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेशले गठबन्धनमा नेपाली कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको छ । राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि बसेको प्रदेश कमिटी बैठकले कांग्रेसबाट निरन्तर धोका भएको निष्कर्ष निकालेको हो । बैठकले कांग्रेससँग सहकार्यका विषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने निर्णय गरेको छ । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विजयी हुँदा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन् । शुक्रबार बसेको पार्टीको छैटौं पूर्ण बैठकले कांग्रेसबाट धोका भएको निष्कर्ष निकाल्दै सहकार्यका लागि गम्भीर समिक्षा गर्नु पर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश…
Read More
यू-१९ विश्वकपको सुपर सिक्समा पुग्याे नेपाल

यू-१९ विश्वकपको सुपर सिक्समा पुग्याे नेपाल

काठमाडौं : तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो । खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, ५ नं. प्रदेश  सचिवालयको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, ५ नं. प्रदेश सचिवालयको बैठक सम्पन्न

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रदेश पाँचको बैठक संर्घषका कार्यक्रम तय गर्दै सकिएको छ ।सो पार्टीको प्रदेश सचिवालयको बैठक माघ १६ देखि चैत्र २४ सम्मको संघर्षको खाका बनाउदै दाङको लमहीनगरपालिकास्थित टिकुलीगढमा भएको थियो ।माघ ९ र १० गते सम्पन्न बैठकमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रबक्ता धर्मेन्द्र बास्तोला कंचन , केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी र केन्द्रीय कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङले प्रशिक्षण दिनुभएको प्रदेश संयोजक श्याम बहादुर बोहोराले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकमा प्रदेश अन्तरगतमा जिल्लाहरुका ईन्चार्ज एंव संयोजकहरुले रिर्पाेट राखेका थिए ।बैठकले पार्टी केन्द्रीय कार्यालय तथा माघ ३ गते बसेको पार्टीको…
Read More
मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् । यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी…
Read More
कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ । बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो ।…
Read More
नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

काठमाडौँ: पाल्पाका नौ महिने बालकमा विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्क्युलर एट्रोपी’ रोग देखिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका नौ महिने छोरा सृजम बिष्ट उक्त रोगबाट ग्रस्त भएका छन । बालक सृजम चार महिनाको हुँदासम्म कुनै समस्या नरहेको र त्यसपछि बिस्तारै समस्या देखिन थालेपछि परीक्षणको क्रममा धेरै अस्पतालहरुमा लगिएको र दिल्लीस्थित बिएलके म्याक्स अस्पतालमा परीक्षणको क्रममा उक्त रोग लागेको पत्ता लागेको परिवारिकले जनाएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि अमेरिका लैजानुपर्ने र खोपकै लागि नेपाली २८ करोड रुपैयाँ खर्च हुने बुवा महेन्द्र विष्टले बताए । उनको रोग पहिचानकै लागि बिभिन्न…
Read More