
एमसीसी : परामर्शमै वर्षमा ४८ करोड खर्च
काठमाडौं : मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले अहिलेसम्म एमसीसी परियोजना निर्माणका लागि कुनै पनि कामको ठेक्का लगाउन सकेको छैन । प्रसारणलाइनको जग्गा प्राप्ति समेत अघि बढ्न नसकेको अवस्थामा एमसीए नेपालले विभिन्न शीर्षकमा अस्वभाविक रुपमा खर्च गरिरहेको देखिएको छ । प्रसारणलाइनको लागत अनुमानभन्दा ६६ प्रतिशत बढीको प्रस्ताव परेपछि गत २६ असोजमा रद्द भएको ठेक्का लगाउन पुनः बोलपत्र आह्वान भएको छैन । सडक स्तरोन्नतिका लागि प्रस्तावित परियोजनामा ठेक्का आह्वान गर्न बाँकी नै छ भने सबस्टेसन बनाउने परियोजनाको लागि ठेक्का भएर कम्पनी छनोट गर्न बोलपत्र मूल्यांकन नै भइसकेको छैन । तर, अहिलेसम्म नुवाकोटमा बन्ने रातमाटे सबस्स्टेसनका लागि मात्रै जग्गा अधिग्रहण गरेको आयोजनाको खर्च…