कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित भएकी छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ बाट दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय सदस्य बनेर पिछडिएका वर्गका मुद्दालाई उत्थान गर्ने उनले बताएकी छन्। “नेपाली जनता, देश विकासको लागि केही काम गर्न पाउँछु भन्ने भित्रैदेखि इच्छा छ,” उनले भनिन्। नेपाली कांग्रेसमा आबद्ध भएपछि पार्टीको समावेशी संरचना र विभिन्न समुदायका लागि छुट्याइएका समूहबारे आफूले बुझ्ने अवसर पाएको उनले बताइन्। खसआर्य, खुला, जनजाति,…