
लघुवित्त पीडितले संसद भवन भित्र मागे गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा
काठमाडौं : लघुवित्त पीडितहरुले संसद भवनभित्रै प्रवेश गरेर गृहमन्त्री र अर्थमन्त्रीकाे राजिनामा माग गरेका छन् । कडा सुरक्षा घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेका उनीहरुले परिसरभित्रै सरकारका विरुद्ध नाराबाजी गरेका हुन् । झण्डै ५० जनाको संख्यामा छिरेका उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागे ।हिजो अस्तिझैँ आज पनि उनीहरुले नेपाल राष्ट्र बैंक नजिकै प्रदर्शन गर्ने बताएका थिए । तर, एक्कासी नयाँ बानेश्वरस्थित संसद भवनमा छिरेर सरकारविरुद्ध नाराबाजी गरेका हुन् । लघुवित्त पीडितहरुले आफ्नो ऋण मिनाहा हुनुपर्ने र धितो लिलाम फुकुवा गर्नुपर्ने माग गर्दै आएका थिए । तर आज मन्त्रीहरुको राजीनामा मागेका छन् । सरकारले राजधानीका विभिन्न स्थानमा…