कांग्रेस प्रवेश गरे लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य
महामन्त्री घिमिरेले गरे स्वागत काठमाडौँ - नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेस पार्टी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएका हुन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घमा आबद्ध मायाको पहिचान नेपालको पहलमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै महामन्त्री घिमिरेले भने, ‘अब तपाईँहरू पार्टी परिवारको सदस्य बन्नुभएको छ। हाम्रो पार्टीले तपाईँहरू जो प्रवेश गर्नुभयो, एउटा पहिचान पनि दिन्छ। र, पार्टीको पर्मामेन्ट मेम्बर पनि बनाउँछ।’ महामन्त्री घिमिरेले कांग्रेस पार्टीमा आफ्ना कुरा राख्ने, माग गर्ने, पार्टीका नेताहरूसँग, सदस्यहरूसँग काँधमा काँध मिलाएर हिँड्ने, आफूले सकेको योगदान गर्ने,…