नेपाली कांग्रेस

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पहिलो पटक दृष्टिविहीन समलिङ्गी महिला निर्वाचित भएकी छन्। नेपाली कांग्रेस काठमाडौँ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र ‘क’ बाट दृष्टिविहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।महाधिवेशन प्रतिनिधिमा निर्वाचित चापागाईँले कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने तयारी गरेकी छन्। कांग्रेसको केन्द्रीय सदस्य बनेर पिछडिएका वर्गका मुद्दालाई उत्थान गर्ने उनले बताएकी छन्। “नेपाली जनता, देश विकासको लागि केही काम गर्न पाउँछु भन्ने भित्रैदेखि इच्छा छ,” उनले भनिन्। नेपाली कांग्रेसमा आबद्ध भएपछि पार्टीको समावेशी संरचना र विभिन्न समुदायका लागि छुट्याइएका समूहबारे आफूले बुझ्ने अवसर पाएको उनले बताइन्। खसआर्य, खुला, जनजाति,…
Read More
कांग्रेस प्रवेश गरे लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य

कांग्रेस प्रवेश गरे लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्य

महामन्त्री घिमिरेले गरे स्वागत काठमाडौँ - नेपाली कांग्रेसले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएको छ। कांग्रेस महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेस पार्टी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको साथमा रहेको बताएका हुन्। राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घमा आबद्ध मायाको पहिचान नेपालको पहलमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै महामन्त्री घिमिरेले भने, ‘अब तपाईँहरू पार्टी परिवारको सदस्य बन्नुभएको छ। हाम्रो पार्टीले तपाईँहरू जो प्रवेश गर्नुभयो, एउटा पहिचान पनि दिन्छ। र, पार्टीको पर्मामेन्ट मेम्बर पनि बनाउँछ।’ महामन्त्री घिमिरेले कांग्रेस पार्टीमा आफ्ना कुरा राख्ने, माग गर्ने, पार्टीका नेताहरूसँग, सदस्यहरूसँग काँधमा काँध मिलाएर हिँड्ने, आफूले सकेको योगदान गर्ने,…
Read More